नुवाकोट । नौ दलीय अग्रगामी मोर्चाको अग्रगामी युवा मोर्चाले बाढी प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारलाई राहत सामाग्री वितरण गरेको छ ।
भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण नुवाकोट, रसुवा, धादिङ लगायतका जिल्लामा ठुलो जनधनको क्षति भएपछि अग्रगामी युवा मोर्चाले विभिन्न राहत सामाग्रीहरु लिएर आज नुवाकोटमा वितरण गरेको हो ।
नुवाकोटको विदुर–५ पिपलटार स्थित चन्द्रज्योति माविको होल्डिङ सेन्टरमा राहत सामाग्री वितरण गर्नुका साथै विदुर–४ स्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको राहत संकलन केन्द्रलाई समेत विभिन्न राहत सामाग्रीहरु बुझाइएको आम जनता पार्टी (आजपा)का प्रवक्ता सुभाष साहले जनाएका छन् ।
अतिआवश्यक औषधि, कपडा, दालचामल, फलफुल, पानीजुश लगायतका विभिन्न सामाग्रीहरु वितरण गरिएको छ । काठमाडौंबाट दुई गाडी विभिन्न समानहरु लिएर अग्रगामी युवा मोर्चाका युवा नेताहरु नुवाकोट पुगेका हुन् ।
आजपाका आइटी आर्मी इन्चार्ज त्रिभुवन साह अमर, विद्यार्थी इन्चार्ज उमेश कुशवाहा, जनता समाजवादी पार्टी नेपाल (जसपा)का युवा नेता मुकेश यादव, जनमत पार्टीका युवा नेता पोषण यादव, नेपाल संघीय समाजवादी पार्टीका युवा नेता जनक कार्की लगायतका युवा नेताहरु राहतका विभिन्न सामाग्रीहरु लिएर विदुर गएका थिए ।
‘लताकपड़ा, चामलदाल, फलफूल, आलूप्याज, विभिन्न औषधि, पानीजुस लगायतका दुई गाड़ी सामग्रीहरू नुवाकोट जिल्लाको विदुर–५, पिपलटारस्थित चन्द्रज्योति माविको होल्डिङ सेन्टरमा वितरण गर्नुको साथै विदुर–४ स्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको संकलन केन्द्रलाई जिम्मा लगाएका छौं । लाखौ लागत पर्ने यो सामग्रीहरूले प्रभावित परिवारहरूलाई सानो भए पनि मल्हम लगाउने काम गर्ने छ,’ त्रिभुवन साहले भने ।
गत १० भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठुलो रुपमा जनधनको क्षति भएको छ । नौ दलीय अग्रगामी मोर्चा निकटको अग्रगामी युवा मोर्चाले यस्तो सहयोग जारी राख्ने जसपा निकटको युवाका केन्द्रीय अध्यक्ष मनिष यादवले जनाएका छन् ।
सम्बन्धित समाचार
गरिमा हत्या प्रकरण: मध्यरातमा ५ बुँदे सहमतिपछि रोकियो आन्दोलन
ब्रहमकुमारीद्वारा रक्तदानको आयोजना
चोरीको मोटरसाइकल शाखा अधिकृतको घरबाट बरामद
जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको दुर्घटनामा मृत्यु
रसुवा बाढीः उदयपुरका २१ मध्ये ३ जना सम्पर्कमा
भोटेकोशी बाढीः सप्तरीका एकै परिवारका ३ दाजुभाइसहित ३५ जना सम्पर्कबिहिन
अशक्त र ज्येष्ठ नागरिकलाई घरैमा परिचयपत्र नविकरण
जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा ४ जनाको मृत्यु






