मन्त्रिपरिषद् विस्तार एक साता पछि मात्रै

 

काठमाडौं । अझै एक साता मन्त्रिपरिषद् विस्तार नहुने भएको छ । सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा (एकीकृत समाजावादी) का अध्यक्ष माधवकुमार नेपालले २३ भदौसम्म मन्त्रिपरिषद् विस्तारका विषयमा कुरा नउठ्ने बताएका हुन् ।

मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा गठबन्धनभित्र छलफल भइरहेको भनिएका बेला अध्यक्ष नेपालले २३ भदौसम्म कसैले पनि मन्त्रिपरिषद् विस्तार’bout चुइँक्कसमेत नगर्ने बताएका हुन् ।

सत्तारुढ गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालले मन्त्रिपरिषद् विस्तार तत्काल नहुने संकेत गरेका हुन् । मन्त्रिपरिषद् विस्तार कहिले हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष नेपालले भने, ‘२३ गतेसम्म त कसैले पनि चुइँक्क गर्दैनन् ।’

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीसँग भेटेका प्रचण्डलाई अध्यक्ष नेपालले भेट गरेपछि उक्त प्रतिक्रिया दिएका हुन् ।

मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय भागबन्डामा कुरा मिल्न नसकेको भनिएका बेला गठबन्धनका नेताहरु निरन्तर छलफलमा जुटिरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 312 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन घेराको सुरक्षा