शिक्षकको कुटपिटपछि छात्राले गरिन् आत्महत्या


सिन्धुली । सुनकोशी गाउँपालिकामा रहेको एक सरकारी विद्यालयका शिक्षकले विद्यार्थीलाई कुटपिट गरेपछि बालिकाले आत्महत्या गरेकी छिन ।

ग्रामकाली मावि सुनकोशी ६ अमारेकी कक्षा ७ मा अध्ययनरत छात्रालाई सामाजिक शिक्षक मिलन दाहालले गृहकार्य नगरेको भन्दै कुटपिट गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

शिक्षक दाहालले पाँचौ घण्टीमा कक्षा ७ मा अध्ययनरत १३ वर्षिय छात्रा गोमा वि.क सहित ५ जना विद्यार्थीलाई कुटपिट गरेको खुलेको छ । मृतक छात्राले घरमा आएर झुण्डिएर आत्महत्या गरेकी छिन । उनले सोमबार बेलुकी साढे चार बजे घरमै झुण्डिएको अवस्थामा फेला परेकी थिईन ।

सामाजिक शिक्षकले गृहकार्य नगरेको भन्दै सतिवेरको लठ्ठीले मृतक बालिका सहित ८ जना छात्रछात्रालाई कुटेका थिए ।


मृतक छात्राको हात, नाडी र ढाडमा शिक्षकले कुटेको निलडाम छ । मृतक छात्रा गोमा सहित ६ जना छात्रा र २ जना छात्रालाई शिक्षकले कुटपिट गरेको स्थानीयले बताएका छन । बालबालिकालाई सतिवेरको लौरोले कुटेको विद्यार्थीहरुले बताएको स्थानीयले जानकारी दिएका छन । कुटपिट गर्ने शिक्षक अहिले फरार रहेका छन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार प्रहरीले घटनास्थलको मचुल्का गरिसकेको छ । मुचुल्कामा समेत प्रहरीले हातमा निलडाम रहेको उल्लेख गरेको स्थानीयले बताएका छन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी हरिकृष्ण केसीका अनुसार प्रारम्भिक अनुसन्धानमा शिक्षकले विद्यालयमा कुटेको र घरमा आईसकेपछि आत्महत्या गरेको बुझिएको छ । बालिकाको हातमा निलडाम देखिएको पनि उनले पुष्टि गरेका छन । ‘निलडाम देखिएको छ, तर निलडाम कसरी भयो, पोष्टमार्टम रिपोर्टमा आउला,’ के.सीले भने ।

पोष्टमार्टम रिपोर्टपछि अनुसन्धान अगाडी बढ्ने समेत उनले बताएका छन । उनले पीडक भनेका शिक्षक र विद्यार्थीहरुसँग पनि सोधपुछ गर्ने जनाएका छन ।

पोष्र्टमार्टमका लागि शवलाई सिन्धुली अस्पताल ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कुटपिटमा संलग्न शिक्षक प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुली क्षेत्र नं. २ का गठबन्धन तर्फका उमेदवार लेखनाथ दाहाल (राजन) का भाई हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 954 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
‘डिजिटल’ प्रचारप्रसारको प्रतिस्पर्धामा उम्मेदवार