एअर एसियाको बैंकक-भैरहवा उडान सुरु

रुपन्देही । लामो समयको प्रतिक्षापछि थाइ एयर एसियाको बैंकक-भैरहवा-बैंकक उडान आजबाट सुरु भएको छ । नागरीक उड्यन प्राधिकरण गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका अनुसार बिहान ७ बजे थाइ एयर एसियाको एअर बस अवतरण गरेको हो ।

प्राधिकरण भैरहवा कार्यालयका निमिक्त महाप्रबन्धक दीपकबाबु बज्राचार्यका अनुसार पहिलो उडानमा बिमानका चालकदलका ७ सदस्यहरु मात्रै आएका थिए । उनले यो तालिका अनुसारकै फ्लाईट भएको बताएका छन ।

अर्को उडान अब कार्तिक २३ गते शुक्रवार हुने र त्यसपछि हप्ताको दुई उडान गर्ने बिमानस्थलले जनाएको छ । २३ गते बिहान ७ बजे आउने र त्यसपछि २५ गते बिहीबारदेखि हप्ताको दुई दिन सोमबार र बिहीबार दिउँसो सवा १२ बजे आउने निमिक्त महाप्रबन्धक बज्राचार्यले जानकारी दिए ।

भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ रहेको जनाईएको छ । एअर एसियाको यो बिमान बिहान ७ बजेर ४० मिनेट जाँदा बैंकक प्रस्थान गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी उम्मेदवार, जसलाई आफूबाहेक कसैले पनि पत्याएनन्