कप्तान पुजा महतोलाई ईश्वरपुरमा सम्मानको ओइरो

सर्लाही । यु–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई अहिले सम्मान तथा पुरस्कार ग्रहण गर्न भ्याइनभ्याइ भएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिकामा पनि कप्तान पुजा महतोलाई सम्मान गर्नेको ओइरो लागेको छ । कप्तान महतोलाई भव्य स्वागत गर्नुको साथै नेता, शिक्षक, क्रिकेट खेलाडी तथा विद्यार्थीहरुले सम्मान समेत गरेको छ ।

ईश्वरपुर नगरपालिकाले कप्तान महतोलाई सम्मान गरेको छ । आज एक कार्यक्रम गरि कप्तान महतोलाई ईश्वरपुर नगर प्रमुख मनोजकुमार आचार्यले सम्मान गरेका हुन् । ईश्वरपुर नगरपालिकाको आयोजनामा नारायण माध्यमिक विधालय केशंरगंजको प्रांगणमा कप्तान महतोलाई ३१ हजार नगद सहित नगर प्रमुख आचार्यले सम्मान गरेका छन् । नेपाललाई पहिलो पटक आइसीसी महिला यू १९ विश्वकपमा पुर्याउन विशेष भुमिका निर्वाह गरेको भन्दै नेपाली टोलीकी कप्तान महतोलाई नगदसहित सम्मान गरेको नारायण माध्यमिक विधालयका शिक्षक नाथुराम चौधरीले् जानकारी दिए ।

यसैगरी नारायण माध्यमिक विधालयका प्रधानाध्यापक फणीराज बरालले कप्तान महतोलाई कप दिएर सम्मान गरे ।

त्यसैगरी पुर्व प्रतिनिधि सभा सदस्य प्रमोद साह, नारायण माविका शिक्षकहरु तथा विद्यार्थीहरुले पनि कप्तान महतोलाई भव्य सम्मान गरेका छन् । राजनैतिककर्मीहरुले दोसल्ला तथा फुलको माला लगाएर सम्मान गरेका छन भने विद्यार्थीहरुले फुलको गुच्छा लगाएर सम्मान गरेका हुन । यसैगरी क्रिकेटका खेलाडीहरु पनि कप्तान महतोलाई सम्मान गरेको छ । कप्तान महतोलाई सम्मान गर्न हजारौको संख्यामा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

मन्तवय दिनु हुदैँ कप्तान पुजा महतोलाई कडा मेहनत, परिश्रमले जुन सुकै कार्यको गर्न सफल हुने भएको हुदाँ मेहनत साथ पढन र खेल खेलन विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ ।

त्यस्तै ईश्वरपुर नगर प्रमुख आचार्यले राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद हाम्रा लागि पनि खेलकुद मुल मन्त्र अँगालेर आफुले खेललाई प्राथमिकता दिने गरेको बताउनुभयो । मन्तव्य दिनु हुदैँ उहाले राष्ट्रको नाम अन्तराष्ट्रय स्तरमा चिनाउने मधेशकी चेली पुजा महतोलाई मनोबल बढाउन सम्मान गरिएको बताउनुभयो । यसअघि पनि क्रिकेटर गुल्शन झालाई ईश्वरपुर नगरपालिकाले नगद सहित सम्मान गरेको थियो ।

कार्यक्रममा पुर्व प्रतिनिधि सभा सदस्य प्रमोद साह, वडा नं ५ का वडा अध्यक्ष पंची महतो, वडा नं ६ का वडा अध्यक्ष रहमत अंसारी, वडा नं ७ का वडा अध्यक्ष नाथुराम चौधरी, युवा व्यवसायी संतोष झा, दिपेन्द्र साह, समाजसेवी रामचन्द्र महतो, बेचु तिमलसिना, विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 151 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुपा गाउँपालिकामा एमाले विजयी