ऊनको स्वीटर बैशाखमा

काठमाडौं । गत दशैं अघिबाट छायाँकन सुरु भएको चलचित्र ‘ऊनको स्वीटर’को छायाँकन सकिएको छ । यो चलचित्रको अहिले पोष्ट प्रोडक्सनको काम सुरु भएको छ । यसै क्रममा निर्माण पक्षले ऊनको स्वीटरको फस्ट लुक्स सार्वजनिक गर्दै रिलिज मिति पनि तोकेको छ । यो चलचित्रलाई आगामी २६ वैशाखबाट नेपालमा रिलिज गरिने यसका निर्देशक नविन चौहानले बताएका छन् ।

आगामी बैशाखको दोश्रो सातासम्म अरु नेपाली चलचित्रको रिलिज मिति तय भएकाले आफुहरुले २६ बैशाख रोजेको पनि नविनले बताएका छन् । यस अघि घुमी घुमी,देखेर तिमीलाई तीनपाते, फूलथुङ्गे रानी, चन्द्रमा जस्ता थुप्रै गीति कथाको भिडियो निर्देशन गरेपछि आफुले ऊनीको स्वीटरको निर्देशन गरेको पनि नविनले बताएका छन् ।

सोमबार सार्वजनिक गरिएको यो चलचित्रको फस्ट लुक्समा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरलाई समेटिएको छ । चलचित्रमा विपिन र मिरुनासँगै सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको पनि नविनले बताए ।

यो चलचित्रलाई निर्देशक चौहानले नै लेखेका हुन् भने लेखन सहकार्यमा सुरज कटुवाल रहेका छन् । चलचित्रको छायाँकन पाँचथर र नेपाल भारत सिमाना फालेलुङमा गरिएको हो । यो चलचित्र यसअघि नै ओएसटी गीत ‘फूल…’ सार्वजनिक गरिएको थियो । त्यो गीतलाई हालसम्म १ करोड ४० लाख भन्दा बढी पटक युट्युबमा हेरिएको छ । यो चलचित्रमा सुजन चापागाई र झुमा लिम्बुको संगीत रहेको छ । चलचित्रमा चिन्तन राजभण्डारीको छायाँकन र कृष्ण भण्डारीको सम्पादन छ ।

चलचित्रको एशोसियट निर्माता केन्द्र मोशन पिक्चर्स हो भने सह–निर्माताहरूमा साहाङ्ग चेम्जोङ, आशिष रिजाल, राजकुमार राई, प्रकाश बस्नेत र सन्तोष न्यौपाने छन् । कार्यकारी निर्मातामा सागर बुढाथोकी र मिलन खत्री हुन् । ऊनको स्वीटरलाई काफिया फिल्म्स प्रालि र कुबेर सिने डिस्ट्रीब्युसनले वितरण गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरणको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तिलोत्तमामा गठबन्धनको प्रतिबद्धतापत्र : भ्यू टावर नबनाउने