रविलाई सरकारले जिल्ला-जिल्ला घुमाएको होइन, कुनै पूर्वाग्रह पनि छैन: कांग्रेस प्रवक्ता डा. महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले रास्वपा सभापति रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध नराखेको दाबी गरेका छन्। नेपाल प्रेस युनियन पर्सा शाखाले विरगंजमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै सरकारको नभई अदालतको आदेशले अहिले जिल्ला जिल्लामा घुमाइरहेको बताए।

उनले भने, ‘उहाँलाई कतिदिन थुन्ने के गर्ने भन्ने निर्णय सरकारले गरेको होइन। त्यो अदालतले गरेको निर्णय हो। अदालतले नै थुनामा राखेर छानबिन गर्ने आदेश दिएको छ। जुन ठाउँको अदालतले आदेश दियो त्यहाँ त उम्याउँनै पर्छ। सरकारले चाहेर घुमाएको होइन। यसमा कुनै पूर्वाग्रह छैन।

माओवादीद्वन्द्वको क्रममा आफ्नो पार्टीको कयौँ मानिसको ज्यान जाँदा त अहिले कुनै पूर्वाग्रह नरहेको उदाहरण दिँदै रास्वपासँग पूर्वाग्रह राख्नुपर्ने कुनै कारण नभएको बताए। कानूनी शासनमा आरोप लागिसकेपछि त्यसको छिनोफानो अदालतले नै गर्ने सुनाए।

उनले पार्टीका वरिष्ठ नेताहरुले कानूनी प्रक्रियामा पर्दा आफूहरूले सडकमा जुलुस ढुंगामुढा केही नगरेको बताए। उनले अदालतमा गइसकेको विषयलाई ढुंगामुढा गरेर छोड भने रास्वपाको प्रवृत्ति गलत भएको बताए। उनले चितवनमा शान्ति सुरक्षालाई ख्याल गरेर रविलाई राति नै चितवनबाट पोखरा लगिएको भन्दै अरु कुनै नियत नभएको प्रष्ट्याए।

‘आयोजनाको प्रभावकारिता र प्रथामिकताको आधारमा मात्रै ऋण लिएर प्रतिफल आउने क्षेत्रमा लगानी गर्नुपर्छ । त्यसो गर्न नसकिएको खण्डमा मुलुकमा ऋणको व्ययभार बढ्नेतर्फ सचेत रहन जरुरी छ’, प्रवक्ता महतले भने ।

पूर्वअर्थमन्त्री महतले छिमेकी मुलुक चीन र भारतबाट अनावश्यक ऋण लिन नहुने धारणा राखे । “विश्व बैंक, एसियन विकास बैंक (एडिबी) लगायत सस्तो ब्याजदरको ऋण सदुप्रयोग गरी प्रतिफल केन्द्रित योजनामा लगानी गर्नुपर्छ”, उनले भने, “विभिन्न सर्त र प्रावधान राखेर लिने ऋण मुलुकको हितका लागि हुन्छन् वा हुँदैनन् त्यसतर्फ सचेत हुनु जरुरी छ ।”

तपाइको प्रतिक्रिया
(Visited 116 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रबि लामिछानेमाथिकाे अनुसन्धान प्रतिबेदन बुझाइयाे

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको मुसहरनियाको अध्यक्षमा जसपाका जयकुमार यादव निर्वाचित