सुदूरपश्चिम र जनकपुरले पहिलो क्वालिफायर खेल्ने

काठमाडौँ । सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायर खेल्ने भएको छ । लिगको अन्तिम खेलमा सोमबार सुदूरले कर्णाली याक्सलाई हराएपछि प्लेअफको समिकरण तय भएको हो ।

यस्तै चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्ने भएका छन् । लिग चरणको खेलपछि सुदूरपश्चिम ७ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा रह्यो । समान खेलबाट १० अंक जोडेर जनकपुर दोस्रो भयो । सुदूरसँग पराजित भएपनि कर्णाली चौथो हुँदै प्लेअफ पुगेको हो । चितवनले यसअघि नै ७ खेलबाट ८ अंक जोडेर प्लेअफ पुगिसकेको छ ।

कर्णाली याक्सविरुद्ध ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम रोयाल्सले शीर्ष स्थानमा पुगेको छ । जितससँगै सुदूरपश्चिमले सात खेलमा १२ अंकका साथ शिर्ष स्थानमा रहेको छ ।

उता, पराजित भए पनि कर्णाली याक्सले प्लेअफमा स्थान सुरक्षित गरेको छ । सोमबार त्रिभुवन बिश्वबिधालय ,कीर्तिपुरस्थित क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको थियो ।

जसमा जसमा सुदुरपश्चिमका लागि इशान पाण्डेले ३८, कप्तान दीपेन्द्रसिंह ऐरीले ३८ र सेफ जैबले ११ रन बनाएका थिए भने कर्णालीका लागि कप्तान सोमपाल कामी, विपिन प्रसालद शर्मा र नन्दन यादवले समान एक विकेट लिए ।

अब सुदुरपश्चिमले बुधवार ८ अंकसहित यसअघि नै प्ले अफमा पुगेकाे जनकपुर बाेल्टसँग प्रतिस्पर्धा गर्नेछ । 

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

मुगुमा चिसो छल्न न्यानो कपडा सहयोग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर मेयरमा रेनु दाहाल २३३८ मतले अगाडि