इलाम । राष्ट्रिय जागृति फुटबल क्लब इटहरीका गोल किपर नीरज चौधरी बाधक बन्दा जिटिए दार्जिलिङ फुटबल क्लबको सेमिफाइनल यात्रा अधुरै बनेको छ । झापाको डोमलाल रङ्ग शालामा भएको खेलमा जिटिए दार्जिलिङलाई जागृति फुटबल क्लब इटहरीले ट्राईब्रेकरमा ४–२ गोल अन्तरले पाखा लगाएको हो ।
खेल समय भरी एक एक गोलको बराबरी भएपछि खेलको नतिजा ट्राईब्रेकरबाट लिइएको हो । दार्जिलिङका भाईचुङ राई र अङ्ग थापाको प्रहार नीरज चौधरीले रोकका थिए । जागृतिका निसान लिम्बुको प्रहार पोस्ट बारमा लागेर फर्किएको थियो । खेलको १६ मिनेटमा जागृतिका प्रवेश बस्नेतले गोल गर्दे टिमलाई अग्रता दिलाए ।
२० मिनेटमा पेनाल्टी पाएको जागृतिका मिलन राईको प्रहार गोलमा परिणत हुन नसके पछि टिमलाई दोब्बर गर्ने अवसर चुक्न पुग्यो । खेलको २३ मिनेटमा जिटिए दार्जिलिङका देवशिस राईले गोल गर्दे टिमलाई बराबरी बनाउन सफल भए ।
खेलको पाँच मिनेटमा जागृति फुटबल क्लबका खेलाडीको प्रहार निगम सिंहले सेभ गरे भने १२ मिनेटमा पाएको अवसर सदुपयोग गर्न सकेनन् । २० मिनेटमा पेनाल्टी सुट चुकेका मिलन राईले ३३ मिनेटमा पाएको अवसरलाई पनि सदुपयोग गर्न सकेनन् । ३८ मिनेटमा खमिर गिल्सनको फितलो प्रहार बन्न पुग्यो ।
४४ मिनेटमा उमेशको क्रस पासमा निसान चुक्न पुग्दा मध्यान्तर अघि १ गोलमै चित्त बुझाउन प¥यो । ५१ मिनेटमा निसान लिम्बुको सुनौलो अवसर सदुपयोग गर्न सकेनन् । ६९ मिनेटमा मिनेटमा गोल किपर निगम सिंहलाई सिधै फल्ड गरेपछि जागृतिका मिलन राईले रातो कार्ड पाएपछि एक खेलाडी गुमाएको थियो । एक खेलाडी कम भएपछि दबाबमा राखेको जिटिए दार्जिलिङले गोल गर्न नसकेपछि खुल ट्राईब्रेकरबाट नतिजा लिइएको हो ।
यता जिटिए दार्जिलिङले खेलको पहिलो छ मिनेटमा पाएको अवसर डिफेन्डरले बाहिर फालिदिए । खेलको १६ मिनेटमा देवशिस राईको अवसर सदुपयोग हुन सकेन । २० मिनेटमा देवशिसकै अवसर पोल पोस्टको दिशा लिन सकेन । २३ मिनेटमा गोल गर्दे टिमलाई बराबरी बनाएका देवशिस राईले २६ मिनेटमा पाएको अवसर सदुपयोग गर्न नसक्दा टिमलाई अग्रता दिलाउने अवसरबाट चुके ।
२८ मिनेटमा नयन प्रधानको प्रहार आकासिन पुग्यो । ३८ मिनेटमा आशिष् देवानको फितलो प्रहार किपरले सहजै नियन्त्रणमा लिए । मध्यान्तर पछि गोल गर्दे टिमलाई अग्रता दिलाउने रणनीतिका साथ उत्रेको जिटिएले गोल गर्न सकेन । खेलको ७६ मिनेटमा आशिष् देवानको क्रस पासमा देवशिस चुक्न पुगे । ६९ मिनेटमा प्रितम राईको अवसर सदुपयोग हुन सकेन । ८३ मिनेटमा देवशिसको फितलो प्रहार बनेपछि गोल गर्ने अवसरबाट चुक्न पुगे ।
खेलको म्यान अफ द म्याज जागृतिका गोल किपर नीरज चौधरी घोषित भए । बुधवार चर्च व्वाइज काठमाडौँ र गोर्खा व्वाईज रुपन्देही बिच हुने आयोजकले जनाएको छ ।
पुस ८ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका महासचिव गणेश पोखरेलले जानकारी दिए । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् ।
प्रतियोगिताको उच्च गोलकर्ता एक जना तथा उत्कृष्ट गोलकिपर एक जनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट एक जना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद एक लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।