सर्जक श्रीधर खनालको निधन

काठमाडौँ । उपन्यासकार तथा पत्रकार श्रीधर खनालको ९४ वर्षको उमेरमा बिहीबार बिहान आफ्नै निवासमा निधन भएको छ । उनी केही समय यताबाट अस्वस्थ थिए । दिवंगत खनालको बिहीबार दिउँसो पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको उनको परिवारले जनाएको छ । दिवंगत खनालको परिवारमा छोरा ब्रजेश खनाल र ६ जना छोरीहरू रहेका छन् । ब्रजेस चलचित्र लेखक तथा निर्देशक हुन् ।

लेखक श्रीधर खनालले दीर्घबाहु उपनामबाट उपन्यास लेख्ने गर्थे । उनी नेपाली जासुसी उपन्यासका सशक्त सर्जक थिए । श्रीधरले लेखेका उपन्यासहरू ६ औँले मान्छे, बाह्र बजेको घण्टी, मुर्कुट्टा लास, मेजरको सर्प, बिखालु इच्छा पत्र, पानको गुलाम, नाङ्गिएकी सुन्दरी पाठकले मन पराएका कृति हुन् । उनका अरू पनि केही लोकप्रिय उपन्यास छन् । जसमध्ये शब्दभेदी लडाई उनको सबैभन्दा लोकप्रिय जासुसी उपन्यास हो ।

उनी हास्यव्यंग्य कृति सृजनामा पनि त्यत्तिकै प्रखर थिए । श्रीधरले लेखेका हास्यव्यंग्य कृतिहरूमा नमरी संसार देखिन्न, उल्लीबिल्ली, चट्याङचुटुङ आदि चर्चित छन् ।

उनी पत्रकारितामा पनि त्यत्तिकै सशक्त थिए । एक दशक अघिसम्म उनले सक्रिय पत्रकारिता गरेका थिए । रमेशनाथ पाण्डेद्वारा २०३० सालतिर सम्पादित तथा प्रकाशित नयाँ सन्देश दैनिक पत्रिकाको अन्तिम पृष्ठमा विश्वामित्र नामबाट श्रीधरले यौन सम्बन्धी कोलम चलाउँने गरेका थिए । उनले यो कोलम लामो समयसम्म चलाए । उनी नेपाली जासुसी उपन्यासका लेखकसँगै प्रवर्धक र साहसी पत्रकारका रूपमा परिचित थिए ।

तपाइको प्रतिक्रिया
(Visited 37 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
७७ जिल्लामै पुग्यो मतपत्र, ७८ हजार मतपेटिका तयार