प्रभु साहको प्रश्न, ‘लघुवित पीडितहरुले न्याय कहिले पाउने सरकार ?’

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले लघुवित पीडितहरु निरन्तर सडकमा रहेको र न्याय माग्दा समेत सरकारले व्यवस्ता किन गरेको भन्दै प्रश्न उठाएका छन् । पीडितहरुलाई सरकारले न्याय नदिएको र उनीहरुको माग सुनुवाई नगरेपछि उनले ‘यो सरकार विचौलिया र लुटेराको हो की आम नेपाली जनताको हो ?’ भन्दै प्रश्न समेत गरेका छन् ।

प्रतिनिधिसभाको आज (सोमबार) बसेको बैठकमा आजपा अध्यक्ष साहले लघुवित पीडितसंग सरकारले गरेको सहमती किन कार्यान्वयन नगरिएको भन्दै उनले अर्को प्रश्न उठाए । न्यायको माग गर्दै बर्षौदेखी आन्दोलनरत लघुवित पीडितहरुले न्याय कहिले पाउँने भन्ने प्रश्न उनले प्रधानमन्त्री केपी शर्मा ओलीसंग गरेका छन् ।

‘सम्मानिय सभामुख महोदय, लघुवित पीडितहरु आज निरन्तर सडकमा छन् । म सरकारसंग सोध्न चाहन्छु, लघुवित पीडितसंग गरिएको सम्झौता किन कार्यान्वयन गर्नुभएन ? आज भन्दा झण्डै एक बर्ष अगाडी सरकारले लघुवित पीडितसंग सम्झौता गरेको थियो,’ आजपा अध्यक्ष साहले भने, ‘सरकारले वास्तविक पीडितलाई पहिचान गर्न कार्यदल गठन गरेको थियो । डेपुटी गभर्नरको नेतृत्वमा गठन गरिएको कार्यदलले गत असारमै प्रतिवेदन दियो । त्यो प्रतिवेदन किन सार्वजनिक गरिएन भन्ने म सरकारसंग सोध्न चाहन्छु ।’

उक्त प्रतिवेदन कार्यान्वयन नगरेकै कारण लाखौ पीडितहरुले अहिले विभिन्न सेवाबाट बञ्चित हुनुपरेको उनले बताए । कालोसूचीमा परेका बृद्धबृद्धाले सामाजिक सुरक्षा भत्ता, बिधुवाहरुले भत्ता पाउन नसकेको, अपाङले भत्ता पाउन नसकेको लगायतका समस्याहरु भएको भए पनि सरकार यसरी मौन हुनु भनेको गैरजिम्मेवार काम भएको उनले बताए । सरकारको गैरजिम्मेवार कार्यका कारण लाखौं लघुवित पीडितहरु सडकमा आउँनुपरेको साहले बताए ।

‘हामी हेर्छौं शासकहरुलाई केही भयो भने छिटै सुनुवाई हुन्छ । एउटा सिंगल मान्छे प्लेकार्ड लिएर उभ्यो भने मिडियाको व्यानर न्यूज बन्छ । संसद तातछ, सरकारले तुरुन्तै सम्बोधन गर्छ तर आज लाखौं लघुवित पीडितहरु आफ्नो घरबेघर भएर सडकमा हुँदा, महिनौदेखी काठमाडौंको सडकमा भौतारिदा यो सरकार संवेदनहीन बन्न मिल्छ की मिल्दैन ?’ आजपा अध्यक्ष साहले भने, ‘म सोध्न चाहन्छु यो सरकार विचौलिया र लुटेराको हो की आम नेपाली जनताको हो ? यदी आम नेपाली जनताको हो भने यो लाखौं लघुवित पीडितहरु सडकमा छन्, जसलाई पीडित बनाइएको छ, जो लुटिएका छन त्यसको माग सुनुवाई किन हुदैन ?’

यदी न्याय सबैलाई चाहिन्छ भने लघुवित पीडितलाई पनि सरकारले न्याय किन नदिएको भन्दै उनले आक्रोश पोखेका छन् । लघुवितहरुले कानून भन्दा बढी व्याज लिएर लुटेको बताउदै उनले लघुवित पीडितलाई यथासिघ्र न्याय दिनुपर्ने ’boutमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

लघुविपत पिच्छे विभिन्न शुल्कको नाममा गरिब र श्रमजिवि वर्गलाई लुटने काम भएको बताउदै उनले कानून उल्लंघन गर्नेलाई कारवाही हुनुपर्ने माग समेत गरे । तर सरकारको गैरजिम्मेवार कार्यका कारण मानवता हराएको उनले बताए । लुटेराहरु खुलेयाम घुमिरहेको र जो पीडित हो उ मुद्धा खेप्नु परेको अवस्थाको ’boutमा समेत उनले चित्रण गर्दै उनीहरुलाई न्याय दिनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मन्त्रिपरिषद् बैठक स्थगित, गभर्नर नियुक्ति अनिश्चित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
झापामा मतगणना सकिएका ११ वडामध्ये कांग्रेस ६ र एमाले पाँच वडामा विजयी