सुदूरपश्चिममा एकै दिन थपिए ३४६ जना कोरोना संक्रमित

धनगढी । सुदुरपश्चिममा बिहीबार थप ३४६ जनामा कोरोना संक्रमण देखिएको छ । यो प्रदेशमा अहिलेसम्मकै एकैदिन सवैभन्दा बढी जनामा कोरोना संक्रमण देखिएको हो ।

काठमाण्डौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा ३२० जना र धनगढीस्थित सेती प्रादेशिक प्रयोगशालामा गरेको परीक्षणमा २६ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै सुदूरपश्चिममा कोरोनाबाट संक्रमित हुनेको संख्या तीन हजार १२१ जना पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ४० महिला र एक सय २५ पुरुष गरी एक सय ६५ जना, अछामका ५ महिला र २६ पुरुष गरी ३१ जना, बझाङका ११ महिला र २४ पुरुष गरी ३५ जना, डोटीका १० महिला र ४८ पुरुष गरी ५८ जना तथा कञ्चनपुरका ६ महिला र २५ पुरुष गरी ३१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

यस्तै धनगढीमा भएको परीक्षणमा ८ महिला र १८ पुरुष गरी २६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । उनका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका दुई जना र भजनी नगरपालिकाका दुई जनामा कोरोना संक्रमण देखिएको छ ।

कञ्चनपुरको लालझाडी गाउँपालिकाका दुई जना र भीमदत्त नगरपालिकाका एक जना तथा अछामको साँफेवगर नगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको श्रेष्ठले जानकारी दिए । सुदूरपश्चिममा अलिहेसम्म तीन हजार बढिमा कोरोना पुष्टि भइसकेको छ भने कोरोना पुष्टि भएका मध्ये सात जनाको मृत्यु भएको छ । चार सय ९५ जना कोरोना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अख्तियार प्रमुख राई आफैंले गरेको निर्णय देखेनन्

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनकुटामा सत्ता गठबन्धनमा ‘भाँडभैलो’, वडादेखि पालिका प्रमुखसम्मै दोहोरो उम्मेद्वारी