नेकपा स्थायी कमिटी बैठक : नेतृत्वको चर्को आलोचना

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा पार्टी र सरकार सञ्चालन सम्बन्धमा असन्तुष्टि व्यक्त गर्दै नेताहरूले नेतृत्वको आलोचना गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको बैठकमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावप्रति धारणा राख्दै नेताहरूले पार्टी र सरकार सञ्चालन सम्बन्धमा असन्तुष्टि व्यक्त गर्दै नेतृत्वको आलोचना गरेका हुन् ।

नेकपा स्थायी कमिटीका सदस्य भीमबहादुर रावलले पार्टी र सरकार सञ्चालन ठीक ढंगले नभएको भन्दै नेतृत्वको आलोचना गरे । पार्टीको बैठक नियमित किन गर्न नसकिएको भन्दै उनले बैठकमा नेतृत्वसँग प्रश्न गरे ।

‘कम्युनिस्ट विरोधीलाई पार्टीले किन बोक्नुप¥यो ?’ रावलले प्रश्न गर्दै बैठकमा भने, ‘कम्युनिस्ट विरोधी हृदयेश त्रिपाठीलाई पार्टीले मन्त्री बनाउनुको कारण के हो ? प्रस्ट पार्नुप¥यो, के समस्या भयो कि हामीले कम्युनिस्ट विरोधीलाई बोक्नैपर्ने भयो ?’

नेकपा स्थायी कमिटीका सदस्य वामदेव गौतमले पार्टी र सरकारको काम प्रभावकारी बनाउँदै लानुपर्ने बताए । उनले नीति कार्यक्रम’bout अझै छलफल गर्नुपर्ने धारणा राखे । विधान संशोधन’bout धारणा राख्दै गौतमले समाजवाद लागू भइसक्यो भनेर प्रतिवेदनमा राख्नुपर्ने माग गरे ।

‘पार्टी र सरकारको काम प्रभावकारी बनाउँदै अगाडि बढ्नुपर्ने आवश्यकता छ,’ गौतमले भने, ‘समाजवाद लागू भइसक्यो भनेर त्यसलाई प्रतिवेदनमै राख्नुपर्छ ।’
नेकपा स्थायी कमिटीका सदस्य युवराज ज्ञवालीले समेत पार्टी र सरकार सञ्चालनको सम्बन्धमा बोल्दै नेतृत्वको आलोचना गरे । विधानअनुसार पार्टी बैठक नबस्ने र सरकारको काम प्रभावकारी नभएको भन्दै उनले बैठकमा नेतृत्वसमक्ष प्रश्न तेस्र्याए ।

‘विधानअनुसार पार्टीको बैठक किन बस्न नसकेको हो ?’ ज्ञवालीले प्रश्न सोधे, ‘बैठक नियमित गर्न नसक्ने, सचिवालयको बैठक बसेर पार्टी कसरी चल्छ ? दुई तिहाइ समर्थनमा बनेको सरकारको काम प्रभावकारी किन हुन सकिरहेको छैन ?’

अर्का स्थायी कमिटीका सदस्य देव गुरुङले समेत सरकार र पार्टी सञ्चालनप्रति आक्रोश व्यक्त गर्दै पार्टी र सरकार सञ्चालन मनलाग्दी हुन थालेको बताए ।
‘पार्टी र सरकार सञ्चालन विधि र विधानविपरीत चल्न थालेको सुनिन्छ,’ गुरुङले भने, ‘मनलाग्दी ढंगले चलेपछि हामी कहाँ पुग्छौं ? नेतृत्वले ख्याल गर्नुप-यो ।’
पार्टीभित्र गुट झांगिँदै गएर अनुशासन कमजोर भएको प्रसंगमा बोल्दै उनीहरूले गुट नियन्त्रण नभए पार्टी नै समाप्त भएर जाने चेतावनी दिए ।

अध्यक्षको प्रतिवेदनमा गुट झांगिएको भनेर चिन्ता गरिएको छ । नेतृत्वले त्यस्तो चिन्ता गर्नु स्वाभाविक भएको बताउँदै गुरुङले गुट नियन्त्रण भएन भने पार्टी नै समाप्त भएर जाने बताए ।

नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले सरकारले धेरै ठूलो कुरा गरे पनि जनताको जनजीविकाका कुरा बिर्सिरहेको आरोप लगाए । पार्टी र जनतामा निराशा बढ्दै गएको बताउँदै उनले सरकार र पार्टी सञ्चालन प्रभावकारी बनाउनुपर्ने सुझाव दिए ।

‘पार्टीको नियमित बैठक बस्न नसक्दा कति क्षति पुगिरहेको छ, त्यसको मूल्यांकन नेतृत्वले गर्ने कि नगर्ने ?’ साहले भने, ‘मुलुक र जनताको विकासमा अगाडि बढ्दै गर्दा हामीले पार्टी र सरकारबीच एउटा संयन्त्र निर्माण गर्न आवश्यक छ ।’

बैठकमा बोल्ने स्थायी कमिटीका सदस्यले पार्टीको बैठक लामो समयसम्म नबोलाएकामा नेतृत्वको आलोचना गर्दै सरकारको कामसमेत प्रभावकारी नभएको बताए । पार्टी विधि र विधानभन्दा पनि केही नेताको निर्देशनमा चल्न थालेको भन्दै उनीहरूले विधानअनुसार पार्टी अगाडि बढ्नुपर्ने सुझाव नेतृत्वलाई दिए ।

यस्तै, नेताहरूले आगामी २०७७ सालभित्र पार्टीको महाधिवेशन गर्ने भनेर आएको प्रस्तावलाई सकारात्मक रूपमा लिएका छन् । तर, नेता रावल र गुरुङले अमेरिकाले नेपाललाई दिने भनेको एमसीसी फन्डको चर्को विरोध गरेका थिए ।

उनीहरूले नेपालले अमेरिकाले अघि सारेको इन्डोप्यासिफिक रणनीतिमा सामेल नहुने भनिरहेको बेला एमसीसी फन्ड स्वीकार गर्ने विषय कसरी आयो भन्दै सरकारले यस’bout प्रस्ट पार्नुपर्ने बताएका छन् ।

बैठकमा एमसीसी’bout स्थायी कमिटी सदस्य एवं मन्त्री योगेश भट्टराईले सरकारले एमसीसीसम्बन्धी प्रस्ताव संसद्बाट अनुमोदन गर्ने तयारी गरेको बताए ।
बैठकमा स्थायी कमिटीका सदस्यद्वय अष्टलक्ष्मी शाक्य र पम्पा भुसालले पार्टी सचिवालयमा महिला सदस्य थप्नुपर्ने माग गरेका छन् । पार्टी सचिवालयमा पुरुष मात्रै भएको बताउँदै उनीहरूले समावेशी बनाउन महिलालाई समेत समावेश गर्नुपर्ने सुझाव पार्टी नेतृत्वलाई दिए ।

सोमबारको बैठकमा स्थायी कमिटीका १२ जना सदस्यले आफ्नो धारणा राखेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । स्थायी कमिटीका १२ जना सदस्यले प्रस्तुत प्रतिवेदन र संशोधन प्रस्तावमाथि निर्धारित २० मिनेटमा रहेर धारणा राखेको र बैठक मंगलबार पुनः बस्ने उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आंशिक स्वस्तिक छाप बदर गर्ने सहमतिपछि भरतपुरमा मतगणना पुनः सुरू