३५१७ नयाँ संक्रमित थपिए, ४०९६ संक्रमणमुक्त

काठमाडौं । विगत २४ घन्टामा ३ हजार ५ सय १७ नयाँ कोरोना संक्रमित थपिएका छन् । १४ हजार ९ सय ८९ जनाको पीसीआर टेस्ट गर्दा १ हजार ३ सय ६१ महिला र २ हजार १ सय ५६ जना संक्रमित थपिएका हुन् । शुक्रबार ४ हजार ९६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

उपत्यकामा १ हजार ८ सय ८८ जना नयाँ संक्रमित थपिएका छन् । त्यसमध्ये ७८१ महिला र ११ सय ७ जना पुरुष रहेका छन् । सबैभन्दा धेरै बागमति प्रदेशमा संक्रमित थपिएका छन् । बागमति प्रदेशमा २ हजार २ सय ६६, प्रदेश १ मा ५ सय ६८, प्रदेश २ मा १ सय ९ जना, गण्डकी प्रदेशमा २ सय २४ जना, लुम्बिनी प्रदेशमा २६५, कर्णाली प्रदेशमा ३४ जना र सुदूरपश्चिम प्रदेशमा ५१ जना संक्रमित थपिएका छन् ।

उपत्यकामा काठमाडौंमा १ हजार ५ सय ८ जना नयाँ संक्रमित थपिएका छन् भने ललितपुरमा २ सय ४९ र भक्तपुरमा १ सय ३१ जना संक्रमित थपिएका छन् । उपत्यका बाहिर सबैभन्दा धेरै मोरङ २५५, झापा १३४, चितवन १२३, कास्की ११२ र रुपन्देहीमा १२० जना नयाँ संक्रमित थपिएका छन् ।

शुक्रबार १६ संक्रमितको निधन भएको छ । नेपालमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
संसद विघटन गर्ने ओलीलाई किन भोट दिने : देउवा