Wednesday, April 14, 2021
Home Editor-Picks एनआरएनएद्वारा १ लाख ७० हजारभन्दा बढीलाई राहत वितरण

एनआरएनएद्वारा १ लाख ७० हजारभन्दा बढीलाई राहत वितरण

राजधानी संवाददाता,

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सन् २०१९ को डिसेम्बरबाट विश्वभर फैलिरहेको कोभिड–१९को महामारीपछि भएका उद्धार र राहतको विवरण सार्वजनिक गरेको छ । संघले हिजो शनिवार साँझ भर्चुअल पत्रकार सम्मेलनको आयोजना गर्दै ५० देशका कम्तीमा पनि ३ सय भन्दा बढी शहरहरु र राज्यहरुमा रहेका करिब १ लाख ७० हजार भन्दा बढी नेपालीहरुलाई राहत दिएको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष कुमार पन्तले संघले नेपाल सरकारसँग मिलेर महामारीको बेला संघले खाना तथा बासको व्यवस्था, घर फिर्ती कार्यका लागि आंशिक हवाई टिकट तथा पीसीआर सेवा, मानसिक स्वास्थ्य परामर्श सेवा तथा स्वास्थ्य समस्यामा परेका नेपालीहरुलाई सहयोग गरेको बताए ।

संघले समस्यामा परेका नेपालीश्रमिकहरु मध्ये घर फिर्तीको लागि ३२४ जनालाई पीसीआर तथा २१७ जनालाई आंशिक हवाईजहाज टिकटको समेत व्यवस्था गरिएको जनाएको छ । सम्मेलनमा गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले नेपालीहरुको मानसिक स्वास्थ्यलाई विशेष ध्यानमा राखेर संघले विश्वभर दुई सय भन्दा बढी नेपाली डाक्टरहरु परिचालन गरेको जानकारी दिए । संघले कार्यका लागि अमेरिका, बेलायत, यूरोपियन क्षेत्र, मध्यपूर्वी क्षेत्र, अफ्रिकन क्षेत्र र एसिया प्रशान्त क्षेत्रहरुमा अनुभवी स्वास्थ्यकर्मी र डाक्टरहरुलाई परिचालन गरिएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष डा. बद्री केसीले अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सहयोगबाट रोजगारी गुमाएका, समान्य गल्तीका कारणले स्वदेश फर्कन बाध्य बनाइएका, महिला, अपाङ्गता भएका व्यक्ति, बिरामी जस्ता विशेष आवश्यकता भएका व्यक्तिका लागि खर्चिएको जानकारी दिए । संघले अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सहयोग धेरै श्रमिक नेपालीहरु भएको देश मलेसिया, कतार, यूएई र साउदी अरब , बहराईन, कुवेत तथा ओमान लगायतका मुलुकमा राहत र उद्धारको विशेष अभियान चलाएको थियो ।

संघका प्रवक्ता डिबी क्षेत्रीले संचालन गरेको पत्रकार सम्मलेनमा संघका अन्य पदाधिकारीहरुको समेत उपस्थिती थियो ।

(Visited 55 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘हेर्देउन मायाले’

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको 'हेर्देउन मायाले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको...

विकास खर्च कमजोर

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ९ महिने अवधिमा कुल विनियोजित बजेटको २९.२२ प्रतिशतमात्र पुँजीगत (विकास) खर्च गरेको छ । सरकारको विकास कार्य तीव्र गतिमा...

राष्ट्रपति रनिङ शिल्डको उपाधि सेतीदेवीलाई (फोटो फिचर)

सुनकोशी गाउँपालिकाको आयोजना र सुनकोशी खेलकुद विकास समितिको समन्वयमा आयोजीत तेस्रो सुनकोशी गाउँपालिका स्तरी राष्ट्रपति रनिङ शिल्डको उपाधि यो वर्षपनि सेतीदेवी शारदा माध्यमिक विद्यालयले...

‘जलेर खरानी’

काठमाडौँ । राज लिम्बु र बिष्णु कट्टेल फिचर्ड 'जलेर खरानी'बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। हृदयस्पर्शी यस गीतमा स्वर, शब्द र संगीत...

साताका लोकप्रिय समाचार

विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमण थप बढ्न सक्ने देखिएकाले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ। केही महिनादेखि विद्यार्थी...

नेपाल पत्रकार महासंघमा पोख्रेलको प्यानल विजयी

काठमाडौं । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनामा अध्यक्षका प्रत्यासी निर्मला शर्मालाई हराउँदै पोख्रेल निर्वाचित भएका हुन्...

राजधानीकर्मी पोखरेल सम्मानित

गुल्मी । राजधानी राष्ट्रिय दैनिकका गुल्मी जिल्ला संवाददाता हुमाकान्त पोखरेल सम्मानित भएका छन् । नयाँ बर्षको अवसरमा बुधबार पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको पद...

जीप दुर्घटनामा प्रशासकीय अधिकृतसहित पाँचको मृत्यु

दाङ । प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ । बुधवार बिहान भएको...

कोरियामा नेपाली मजदूरको भिसा अवधि थप

सिउल । इपिएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको...

ट्रेन्डिङ

नेकपाका दुवै समूह आक्रामक रणनीतिमा

काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुवै समूह आआफ्नै रणनीतिअनुसार आक्रामक रूपमा अघि बढिरहेका छन् । प्रधानमन्त्रीसमेत रहेका...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स्ले दोस्रो पटक महाभियोग प्रस्ताव पारित गरेको छ । अमेरिकी इतिहासमा दुई...

दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको मृत्यु

जुबा । दक्षिण सुडानको जोङ्गलाई राज्यमा मङ्गलबार विमान दुर्घटना हुँदा चालक दलका सदस्य दुई सहित दश जनाको घटनास्थलमै मृत्यु भएको छ । राज्यका गभर्नर डेनाई...

श्रमिक भिसामा नेपालीलाई जापान पठाउने सम्झौता अलपत्र

काठमाडौं । यसअघि सरकार र जापानबीच कामदार भिसामा नेपालीलाई जापान पठाउने दुई पक्षीय सम्झौता अलपत्र परेको छ । विगत तीन वर्षअघि जापानकालागि कामदार भिसामा...

डा. डीआर उपाध्यायको गिनिज अफ वल्डमा नयाँ कीर्तिमानी

काठमाडौं । गीति विधाबाट नेपालको नाममा फेरि एउटा गिनिज अफ वल्र्ड रेकर्ड थपिएको छ । गीत लेखनबाट पहिलोपटक गिनिज अफ वल्र्ड रेकर्ड थपिएको हो...

अब पहुँचवाला विरामीले मात्रै भर्ना हुन पाउने

काठमाडौं । कोरोना भाईरस संक्रमण पुष्टि भएका जटिल प्रकृतिका विरामीहरुलाई समेत भर्ना गर्न अफ्ठेरो हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारीस र...

विद्यालय पुनः सञ्चालन गर्न सकिन्छ !

आजको युगमा हिजोसम्म विश्व जगत्लाई एक दिन पनि रोक्न सकिन्न होलाजस्तो लागिरहेका बेला कोभिड–१९ का अगाडि विश्व समुदाय निरीह बन्न बाध्य भयो । सामाजिक,...

इटहरी खानेपानीमा थोरै कर्मचारीबाटै गुणात्मक काम

विवेक विवश रेग्मी, इटहरी । इटहरी ९ का बीजेन्द्र पौडेलले इटहरी खानेपानीबाट पानी पिउँन थालेको दश वर्ष बित्यो । त्यसअघि उनको परिवारले कलको पानी...

२२ वर्ष अघी ५२ सिट जितेको कांग्रेस सून्यमा

एजेन्सी । दिल्ली विधानसभा निर्वाचन परिणामा केही वेरमा घोषणा हुँदैछ । चुनावी परिणामा अनुसार आम आद्मी पार्टीले स्पष्ट बहुमत पाएको छ । सम्भव...

प्रधानमन्त्री रोजगार कार्यक्रम : २ अर्ब ३० करोड स्थानीय तहमा पुग्यो

काठमाडौं । चालू आर्थिक वर्षमा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेटमध्ये २ अर्ब ३० करोड ३२ लाख रुपैयाँ स्थानीय तहमा पठाइएको छ...

सेती अस्पतालले २५ सयमा पीसीआर परीक्षण गर्ने

धनगढी । धनगढीस्थित सेती प्रादेशीक अस्पतालले २ हजार पाँचसय रुपैयाँमा पीसीआर परीक्षण गर्ने भएको छ । सेती अस्पतालले स्वैच्छाले कोरोना संक्रमण भए नभएको थाहा...

पोखरा महानगरको बजेट ६ अर्ब १९ करोड

पोखरा । पोखरा महानगरपालिकाले आगामी आव २०७७/०७८ को लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैयाँ अनुमानित बजेट प्रस्तुत गरेको छ । साताैं...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)