बेइजिङ ओलम्पिक बहिस्कार गर्ने अमेरिकाको चेतावनी

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२२ मा बेइजिङमा आयोजना हुने हिउँदे ओलम्पिक बहिस्कार गर्ने चेतावनी दिएका छन् । ‘बेइजिङमा हुन लागिरहेको हिउँदे ओलम्पिक कूटनीतिक ढंगले बहिस्कार गर्ने ’boutमा हामीले सोचिरहेका छौं,’ राष्ट्रपति बाइडेनले भने ।

कूटनीतिक बहिस्कारको अर्थ कुनै पनि अमेरिकी अधिकारी खेलसँग सम्बन्धित गतिविधिमा संलग्न हुने छैनन् । अमेरिका र चीनबीचको सम्बन्ध बिग्रिरहेका बेला अमेरिकाको पछिल्लो धारणा आएको हो ।

सोमबार बाइडेन र चीनका राष्ट्रपतिबीच भर्चुअल बैठक सम्पन्न भएको थियो । करिव चार घन्टा लामो सो बैठकमा दुवै नेताहरुले ओलम्पिक खेल’bout छलफल नगरेको ह्वाईटहाउका महिला प्रवक्ता जेन पेसाकीले बताइन् । कूटनीतिक बहिस्कारले खेललाई असर नगर्ने उनले बताइन् ।

चीनमा भइरहेका मानव अधिकार दुर्वयवहारका घटनाको विरोधमा अमेरिकाले कूटनीतिक तरिकाले बेइजिङ ओलम्पिक बहिस्कार गर्नुपर्ने डेमोक्रयाटिक र रिपब्लिक नेताहरुले बताउँदै आएका छन् ।

बेइजिङ ओलम्पिक आगामी ४ फेब्रुवरीदेखि सुरु हुँदैछ । चीनले सिन्जियाङमा त्यहाँका अल्पसंख्यक मुसलमानको दमन गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ । हङकङको राजनीतिक स्वतन्त्रततामा दमन गरेको भन्दै अमेरिकाले चीनको विरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 299 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार ज्ञानेन्द्रपथमा : मिडियाविरुद्ध प्रतिशोधात्मक कारबाही

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा गठबन्धनका उम्मेदवार जीत नजिक