आधा दर्जन रिमेक फिल्ममा आउँदै बलिउड स्टार

मुम्बई । बलिउड सधैं विश्व सिनेमाबाट प्रेरित छ । पछिल्लो समय बलिउडमा रिमेक फिल्मको बाढी नै आएको छ । दक्षिण भारतीय फिल्म उधोगका थुप्रै फिल्महरु बलिउडले रिमेक गरिरहेको छ । यसै क्रममा बलिउडले हलिउडका केही चर्चित फिल्मको पनि रिमेक गरेको छ ।

यसै क्रममा यो वर्ष पनि बिश्वका थुप्रै चलचित्रको रिमेक गरेर बलिउडमा ती फिल्मलाई हिन्दीमा निर्माण गरिएको छ । फलस्वरुप यो वर्ष विभिन्न रिमेक फिल्म रिलिज हुने भएका छन् । अहिलेका बलिउड स्टारहरु विभिन्न रिमेक फिल्मबाट यो वर्ष सिनेमा हलमा आउँदैछन् । प्रदर्शनीको तयारीमा रहेका तथा उनीहरुले अभिनय गरेका रिमेक फिल्मको यहाँ चर्चा गरिएको छ ।

हलिउडको चर्चित फिल्म फरेस्ट गम्पलाई हिन्दी रिमेक गरिएको छ । यो फिल्मको नाम लाल सिंह चड्डा राखिएको छ । यो फिल्मको मुख्य भूमिकामा आमिर खान छ । टम ह्यान्क्सको १९९४ को ब्लकबस्टर, ’फरेस्ट गम्प’ आधिकारिक रूपमा हिन्दीमा रिमेक गरिएको आमिरले बताएका छन् । यो फिल्ममा आमिर खान, करीना कपूर र मोना सिंहलगायतको मुख्य भूमिका छ ।

यस्तै अर्को अँग्रेजी फिल्म ‘मोडर्न लभ’ लाई पनि ‘मोडर्न लभ : मुम्बई’को नाममा निर्माण गरिएको छ । प्रतिभाशाली अभिनेता एनी ह्याथवे अभिनीत मोडर्न लाभ निकै सफल फिल्म हो । यो फिल्म रोचक प्रेमकथामा केन्द्रित छ ।

बलिउडले रिमेक गरेको यो फिल्ममा अभिनेत्री वामिका गब्बीसँगै प्रतीक गान्धी, फातिमा सना शेखलगायतको मुख्य भूमिका छ । यो फिल्म पनि अहिले प्रदर्शनीको तयारीमा फिल्मको अहिले निकै चर्चा चलेको छ ।

यस अघि द इन्टर्न फिल्मको बलिउड रिमेक ‘छपाक’मा अभिनेत्री दीपिका पादुकोणले सफलता हाँसिल गरिन् । अहिले फेरी अभिनेत्री दीपिका अर्को रिमेक फिल्ममा व्यस्त छिन् । रोबर्ट डी निरो र एनी ह्याथव अभिनित हलिउडको अर्को हिट फिल्म ‘द इन्टर’ को हिन्दी रिमेकमा पनि अभिनेत्री दीपिका छिन् ।

यो फिल्म पनि यसै वर्ष रिलिज हुने बताईएको छ । जसमा दीपिकासँगै अमिताभ बच्चनलगायतको मुख्य भूमिका रहेको छ । हलिउडको यो सफल फिल्म अब हिन्दी भाषामा रिमेक भएर आउँदैछ । आजको सामाजिक र सांस्कृतिक परिवेशसँग यो फिल्मको कथा केन्द्रित छ ।

यस्तै हाल निर्माण भईरहेको फिल्म ‘ब्लर’ पनि हलिउड फिल्मको रिमेक हो । यो फिल्म ‘जुलियस आइज’ रिमेक हो । जसमा तापसी पन्नुको मुख्य भूमिका छ । स्पेनिश मनोवैज्ञानिक थ्रिलर जुलियस आइजको हिन्दी रिमेकमा गुलशन देवैयाको पनि मुख्य भूमिका छ ।

फिल्मले आफ्ना जुम्ल्याहा दिदीबहिनीको मृत्युको अनुसन्धान गर्ने क्रममा बिस्तारै दृष्टि गुमाउने महिलाको कथा बताउँछ । दर्शकका लागि सन २०२२ मा आउने यो रिमेक फिल्म पनि प्रतिक्षारत फिल्म बनेको छ ।

यस्तै अर्का बलिउड अभिनेता टाइगर श्राफ पनि यसै वर्ष अर्को रिमेक फिल्ममार्फत दर्शकमाझ आउँदै छन् । हलिउडको एक समयको हिट फिल्म ‘रेम्बो’ को हिन्दी रिमेकमा टाइगर श्राफलाई क्लासिक एक्सन भूमिकामा देख्न पाईने भएको छ ।

हलिउड फिल्म रेन्बोमा अभिनेता सिल्वेस्टर स्टेलोनको भूमिका थियो । यो फिल्मकै लागि टाईगर श्राफले आफुलाई शारीरिक रुपमै सिल्वेस्टर जस्तै बनाएका छन् । यो फिल्मबाट टाईगर पनि निकै आशाबादी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 269 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनको निर्णयबिनै माओवादी र एकीकृत समाजवादीबाट उम्मेदवार सिफारिस