एमालेबाट टिकट नपाएपछि चन्द्रभुषण साहको स्वतन्त्र उम्मेदवारी

सर्लाही । नेकपा (एमाले) बाट टिकट नपाएपछि युवा नेता चन्द्रभुषण साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा सर्लाही निर्वाचन क्षेत्र नं. १ (१) बाट प्रदेश सभा सदस्यमा उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । आईतवार दिउँसो लालबन्दी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

लोकप्रिय युवा नेता सीबी साहको सचिवालय अहिले चुनाव केन्द्रित तीव्र तयारीमा जुटेका छन् । यसअघि पनि स्थानीय निर्वाचनमा मेयर पदमा लड्ने चौतर्फी चर्चाका बाबजूद पनि साह पछि गएर पार्टीका समकक्षी र सिनियर नेताहरुको सल्लाह एवं दबावमा सांसदको चुनाव लड्न पछि हटेका थिए ।

सर्लाही जिल्लाको ईश्वरपुर-२ निवासी युवा नेता चन्द्र भुषण साह स्थानीय जनताका बीच लोकप्रिय नेताका रुपमा चिनिन्छन् । उनको बौद्धिक क्षमता र कार्य कुशलताबाट प्रभावित भएर आफ्नो पार्टी संगसगैं अन्य पार्टीका सीनियर नेताहरुले समेत उनको खुलेरै प्रशंसा गर्ने गरेको पाईन्छ । सक्रिय युवा विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका साहको लगभग डेढ़ दशक लामो अनवरत राजनीतिक यात्रा भने निकै नै अभाव-दबाव, हनडर-ठक्कर र उताड चढावका बाबजूद पनि रोचक र सफल नै रहेको मान्न सकिन्छ ।

यसअघि सीबी साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीत्व कार्यकालमा तत्कालीन सहरी विकास मन्त्री प्रभु साहको राजनीतिक सल्लाहकारको रुपमा काम गरिसकेका छन् । आईटी आर्मीका राष्ट्रिय संयोजक समेत रहेका सीबी साह मुख्यतः मधेश प्रदेश संगसगैं राष्ट्रिय राजनीतिमा पनि आफ्नो एउटा अलग र राम्रो छवि बनाउन सफल भएका छन् ।

नेपालमा नयाँ सोच र युवा जोशका साथ पारदर्शिता, सुशासन, बदलाव, विकास र समृद्धिका लागी महत्वपूर्ण लडाई लड्ने आफु देशको एक जिम्मेवार सिपाही रहेको बताउने साहले विगत लामोसमयदेखि अनवरत रुपमा युवा-विद्यार्थी, महिला, मजदूर, किसान, दलित लगायतका सिमान्तकृत, बञ्चित एवं पीडित – उत्पीड़ित वर्ग तथा समुदायको हक अधिकारका लागी शशक्त रुपमा आवाज बुलन्द गर्दै आईरहेको कारणले गर्दा आमजनतामा साहको एउटा अलग किसिमको प्रभाव एवं लोभलाग्दो क्रेज रहेको छ ।

मधेश प्रदेशको स्थायी राजधानी एवं प्रशासनिक केन्द्र सर्लाहीमा बनाउनुपर्ने अभियानका संयोजक समेत रहेका साह मुख्यतः आफ्नो विशेष पहलकदमीमा सहरी विकास मन्त्रालयबाट आफ्नो जन्मधर्ती ईश्वरपुरलाई नयाँ सहरको रुपमा अगाडी बढाउनुको साथसाथै त्यस आशपासका विभिन्न गाउँ – ठाँउहरुमा शिक्षा, स्वास्थ्य, सडक, सिंचाई, तटबन्ध र खानेपानि लगायतका क्षेत्रहरुमा केहि महत्वपूर्ण कार्यहरु गराउदै जनतामाझ लोकप्रियता कमाएका हुन् । त्यसैले, युवा नेता साहलाई सर्लाहीमा बदलाव, विकास र समृद्धिका एक शशक्त अभियानिको रुपमा समेत चिन्ने गरिन्छ ।

साहको सचिवालय भन्छन्, ‘अहिलेको समयमा सक्षम, कुशल एवं दुरदर्र्शी युवा नेताको देशव्यापी रुपमा चौतर्फी डिमाण्ड छ । त्यस कारण पनि उहाँ लगायत हाम्रो पुरा टीमको नयाँ सोच, शैली र सामर्थ्यलाई सही एवं सार्थक रुपमा सदुपयोग गर्दै यस क्षेत्र र क्षेत्रवासी जनताको सेवा गर्ने विशेष अवसर आमजनताले हामीलाई दिन्छ, भन्ने कुराको विश्वास लिएका छौं ।’

“सुशासन एवं समुन्नतिको मुल आधार !
पारदर्शी एवं जन उत्तरदायी सरकार !!”
तथा
“बदलाव र विकासको मुल आधार!

कुशल नेतृत्व एवं मजबूत सरकार !!” जस्ता महत्वपूर्ण नारा मार्फत सुन्दर, समृद्ध एवं सम्मानित सर्लाही निर्माण गर्नुपर्ने आजको हाम्रो प्रमुख अभिभारा एवं दायित्व हो । हाम्रो यस साझा सपना एवं संकल्पलाई व्यवहारतः आम जनताले देख्न, बुझ्न र महशूस गर्न सक्ने ढंगबाट लागू गरी “समृद्ध सर्लाही र सुखी सर्लाहीवासी” निर्माण मार्फत सर्लाही पहिलो (Sarlahi First) को मजबूत आधार तयार गर्ने अर्जुन दृष्टि एवं दृढसंकल्पका साथ आफु चुनावी मैदानमा आएकोले आफ्नो कोहिसंग सत्रुता वा टक्करको प्रतिस्पर्धा नै नरहेको युवा नेता साहको दाबी छ । उनलाई प्राप्त जनसमर्थनबाट नै हौसिएर अब जनताको सेवा गर्नका लागि प्रत्यक्ष रुपमा चुनावबाट जितेर त्यहाँका जनताको हरेक समस्या समाधान गर्न लागिपर्ने साह बताउँछन् । साह भन्छन्, ‘मेरा क्षेत्रवासी सार्वभौम आमजनताले यसपालि विधिवत रुपमा मलाई सेवा गर्ने मौका अवश्य दिन्छ र म भने कुनैपनि सर्तमा कसैलाई पनि किमार्थ निराश हुनदिने छैन ।”

तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नुवाकोटको बेलकोटगढी नगरपालिका –११ मा कांग्रेसको प्यानल नै बिजयी