जसपा संसदीय दलको नेतामा यादव, अशोक राई असन्तुष्ट

काठमाडौं । जनता समाजवादी पार्टीको अध्यक्षमा रामसहायप्रसाद यादव चयन भएका छन् । दलको नेता चयनका लागि बुधबार निर्वाचन गर्ने जसपाको तयारी थियो । तर, पार्टी अध्यक्ष उपेन्द्र यादवले रामसहायलाई दलको नेता बनाउने निर्णय गरेका हुन् ।

जसपा दलको नेताका लागि अशोक राई र राजकिशोर यादव आकांक्षी थिए । तर, अध्यक्ष यादवले आफ्ना विश्वासपात्र यादवलाई संसदीय दलको नेता बनाएका हुन्। जसपासँग १२ सांसद छन्। तीमध्ये राईको पक्षमा पाँच र सातजना उपेन्द्र यादव पक्षका थिए। राई दलको नेता बनेर सरकारमा पार्टीको नेतृत्व गर्न चाहन्थे । तर अध्यक्ष यादवले उनको चाहना पूरा हुन दिएनन् ।

यादवको निर्णयपछि अशोक राई असन्तुष्ट बनेका छन् । यो घटनाले जसपामा विवाद देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 433 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनले भत्कायो एमालेको गढ, खैरहनीको मेयरमा कांग्रेसका खनिया निर्वाचित