शुभ रहोस् नयाँ वर्ष

प्रचलनमा रहेको पात्रोको पाना फेरिएको छ । वर्ष २०७९ साललाई बिदा गर्दै नयाँ वर्ष सुरु भएपछि एकखालको उमंग छाएको छ । हरेक नयाँ वर्ष शुभ होस् भनेर कामना गर्ने आमप्रचलनजस्तै यस वर्ष पनि विश्वभरका नेपालीले विभिन्न माध्यममार्फत शुभकामना व्यक्त गरिरहेका छन् । सरकारले सार्वजनिक बिदासमेत दिएकाले नयाँ वर्षलाई उत्सवकै रूपमा मनाउने चलन छ । इष्टमित्र भेटघाट, नयाँ ठाउँ घुमघामका साथै शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाउँदै छन्, आमनेपाली नागरिक ।

अंग्रेजी नयाँ वर्ष प्रारम्भ भएको चार महिनापछि सुरु हुने नेपाली नयाँ वर्षको आफ्नै किसिमको महत्व छ । नयाँ वर्षमा केही नयाँ काम गरौं मात्रै होइन, विगतमा गरिएका खराब प्रवृत्तिलाई नदोहो¥याउने प्रण गर्ने प्रचलन पनि छ । ‘विगतमा गरिएका कमजोरी अब दोहो¥याउँदिनँ’ भन्ने प्रण गरेर त्यसलाई कार्यान्वय गर्नु आफैंमा एउटा सुन्दर योजनाको प्रारम्भ हो । जब सुन्दर योजनाहरू प्रारम्भ गरेर कार्यान्वयनमा जान्छन्, तब मात्रै सभ्य समाज निर्माण सम्भव हुन्छ । दुःखको कुरा, हाम्रोमा शब्दमा सुन्दर ढंगले शुभकामनाका शब्दहरू व्यक्त गरे पनि व्यवहारमा कार्यान्वयन नगर्ने खराब प्रवृत्ति कायमै छ । नयाँ वर्षका सन्दर्भमा व्यक्त गरिएका सुन्दर शब्दहरूजस्तै व्यवहारमा पनि सुन्दर काम गर्ने हो भने साँच्चै मुलुक पनि सुन्दर बनाउन कतिबेर पनि लाग्ने थिएन । लामालामा विज्ञप्तिमार्फत एकबिहानै शुभकामना सन्देश दिनेहरूले यस वर्षलाई साँच्चै ऐतिहासिक बनाउँछु भनेर लाग्ने हो भने यो कुरा असम्भव पनि छैन । प्रस्ट भन्ने हो भने नयाँ वर्षलाई वास्तवमै सम्झनलायक बनाउन उत्पात गर्नैपर्दैन । जसले जे जिम्मेवारी पाएको हो, त्यसलाई पूरा मात्रै गरे पनि हुन्छ ।

आशा गरौं, यसपालिको नयाँ वर्ष केबल नारा अनि प्रतीज्ञामा मात्रै सीमित हुनेछैन । फोहोर उठाउने विषयमा जुहारी खेल्दै आएका संघीय सरकार र स्थानीय सरकारको सम्बन्ध हिजोको जस्तो खराब हुनेछैन । शब्दमा भन्दै आएको फोहोरलाई मोहोर बनाउने कुरा यस वर्ष व्यवहारमा कार्यान्वयनमा आउँनेछ । महिला, बालबालिका, अल्पसंख्यक, पिछडावर्गलगायत आम भुइँमान्छेले न्याय नपाएको आवाज कहीँ कतै सुनिनेछैन । दलीय नेतृत्वको आड र कर्मचारीको निकम्मापनको प्रभावमा हुँदै गरेका भ्रष्टाचारजन्य गतिविधिमा यसै वर्ष कमी आउँनेछ । राहदानीको व्यापारसँगै रेमिट्यान्सबाट आम्दानी भएको देख्ने आँखाहरूले मुलुकभित्र उद्यमशीलताका सम्भावना देख्नेछन् । यदि, त्यसो भयो भने विक्रम संवत् २०८० सालको पात्रोको अन्तिम पाना पल्टाउने बेलामा आमनेपालीले शुभकामनामा आफूले व्यक्त गरेका शब्दहरूले सार्थकता पाएको अनुभूति गर्नेछन् । नयाँ वर्षको सबैमा शुभकामना !

तपाइको प्रतिक्रिया
(Visited 272 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुमानसिंह अर्याल : जनपक्षिय उम्मेदवारदेखि मेयरसम्म