वार्साह । पोल्याण्डकी इगा सिवाटेकले फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छिन् । पेरिसस्थित रोलाँ ग्यारोमा शनिबार राति भएको फाइनल खेलमा चेक रिपब्लीककी क्यारोलिना मुचोभालाई हराउँदै सिवाटेकले तेस्रो पटक फ्रेन्च ओपन जितेकी हुन् ।
मुचोभाविरुद्धको फाइनल खेल सिवाटेकले ६–२, ५–७ र ६–४ को सेटमा पराजित गर्दैै उनले उपाधी जीत हासिल गरेकी हुन । यस जितसँगै २२ वर्षीय पोलीस खेलाडी सिवाटकेले विश्व वरियतामा आफ्नो अग्रतालाई निरन्तरतासमेत दिएकी छिन् ।
तपाइको प्रतिक्रिया
(Visited 147 times, 1 visits today)