प्रतिनिधि सभाका तीन समितिको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतका तीन समितिहरूको बैठक आज (बिहीबार) बस्दै छन् । संसद सचिवालय सिंहदरवारमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ : ३० बजे समितिको सभा हलमा बस्ने छ । बैठकमा भूमि व्यवस्था सम्बन्धी वर्तमान समस्या तथा समाधानका विषयमा छलफल हुनेछ ।

त्यस्तै, पूर्वाधार विकास समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठक पूर्वाधार समितिको सभाहलमा बस्ने छ । आजै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक युवा तथा खेलकुद मन्त्रालयको वर्तमान अवस्थाका विषयमा छलफल हुने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जन्तेढुङगा गाँउपालिका अध्यक्षमा नेकपा माओबादी केन्द्रका राई निर्वाचित