सरकार र संघर्ष समितिका बीचमा सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं । नेपाल सरकार र गौरहत्याकाण्ड पीडित संघर्ष समितिका बीचमा आज पाँच बुँदे सहमती भएको छ । सो सहमतीसंगै पीडितले जारी राखेको आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ ।

गृह मन्त्रालयमा भएको वार्तामा घटनाको छानबिन गरेर दोषीलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने, घटनामा मृत्यु भएकाहरुको स्मृतिमा रौतहटमा शहीद स्मारक स्तम्भ बनाउने सहमती भएको छ ।

यसैगरी सो घटनामा परेर घाईते भएका उपचाररत व्यक्तिको उपचारको उचित प्रवन्ध गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने र आर्थिक सहायता उपलब्ध गराउँने सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई अनुरोध गर्ने सहमती पत्रमा उल्लेख गरिएको छ ।

यस्तै सो घटना परी शहिद घोषणा गरिएका व्यक्तिको विवरण राजपत्रमा प्रकाशित गर्ने र उक्त घटनामा मृत्यु भएका तर शहीद घोषणा हुन छुट भएका मृत्यकहरुका हकमा शहीद घोषणाको प्रक्रिया अगाडी बढाउँने सहमती भएको छ ।

सहमती पत्रमा नेपाल सरकार गृह मन्त्रालयका तर्फबाट सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई र संघर्ष समितिको तर्फबाट समितिका संयोजक रुपसागर देवी उपाध्यायले हस्ताक्षर गरेका छन् ।

यसैगरी रोहवरमा गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारी, उपसचिव (कानून) श्रीकृष्ण पौडेल, प्रहरी उपरिक्षक सुवासचन्द्र बोहरा र पीडिततर्फबाट रोहबरमा रौतहट माधवनारायण नगरपालिका –५ का उपेन्द्र साह र परोहा नगरपालिकाका रोकैया खातुनले हस्ताक्षर गरेका छन् ।

२८ जनाको मृत्यु र सयौं व्यक्ति घाईते हुने गरी ७ चैत २०६३ मा रौतहटको गौरमा भएको घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गर्दै संघर्ष समितिले चरणबद्ध आन्दोलन गर्दै आएको थियो । १ साउनदेखी आन्दोलनका बिभिन्न कार्यक्रम जारी रहेको थियो । रौतहटको चन्द्रपुरमा विगत ११ दिन देखी जारी धर्ना कार्यक्रम आजैको मितिदेखी स्थगित भएको आम जनता पार्टी (आजपा) का नेता बालकृष्ण सापकोटाले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह परिणामः दलका हैसियत अदलबदल हुँदै