पृथ्वीनारायण शाहको प्रतिमा हटाएकोमा पोखरा महानगर मेयरको पुत्ला दहन

पोखरा । राप्रपा कार्यकर्ताहरुले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पुत्ला दहन गरेका छन् ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको प्रतिमा पृथ्वीचोकबाट हटाएकोमा शनिबार राति राप्रपा कार्यकर्ताहरुले त्यसको विरोध गर्दै मेयर आचार्यको पुत्ला जलाएका हुन् । ठूलो संख्यामा सहभागी कार्यकर्ताहरुले राँको जुलुस लिएर विभिन्न नाराबाजी गरेका थिए ।

२९ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको दिन एक समूहले सहिद लखन थापाको सालिकसँगै राखिएको प्रतिमा हटाएपछि विवाद सुरु भएको हो । तर शुक्रबारमात्र पोखरा महानगरको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा पोखराका सडकमा रहेका सबै सालिक एक महिनाभित्र पोखरा १८, विभूति पार्कमा स्थानान्तरण गरिने सहमति भएको थियो । तर राप्रपा कार्यकर्ताले पुनः पृथ्वीचोकमै पृथ्वीनारायण शाहको प्रतिमा राखेका थिए ।

मेयर आचार्यले त्यहाँको प्रतिमा प्रतिमा हटाउने जानकारी पाएपछि राप्रपा गण्डकी प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्य पञ्चराम गुरुङसहित कास्कीका राप्रपाका नेता कार्यकर्ता धर्ना बसेकोमा उनीहरु फर्केपछि मध्यराति महानगरले प्रतिमा हटाएको उनीहरुको आरोप छ ।

राप्रपा गण्डकी अध्यक्ष एवं प्रदेश सांसद पञ्चराम गुरुङले मेयर आचार्यले देश एकीकरण गर्ने राष्ट्रनिर्माताको अपमान गरेको भन्दै कडा शब्दमा निन्दा गरे । उनले सोही स्थानमा पृथ्वीनारायण शाहको प्रतिमा राख्नुपर्नेमा जोड दिए ।

तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
आचारसंहिता पालना गर्ने लुम्बिनीका दलहरुको प्रतिवद्धता