यादव खरेल पुरस्कृत

काठमाडौं । यो वर्षको राष्ट्रकवि माधव प्रसाद घिमिरे गीत पुरस्कारबाट अग्रज गीतकार तथा चलचित्र निर्देशक यादव खरेल पुरस्कृत भएका छन् । शनिबार काठमाडौंमा आयोजित अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपालको अधिवशेनमा गीतकार खरेललाई ५० हजार रुपैयाँ सहित यो पुरस्कारबाट पुरस्कृत गरियो ।

अग्रज साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बासुदेव त्रिपाठीले खरेललाई सो पुरस्कार प्रदान गर्दै आफ्ना कालजायी गीतबाट नेपाली संगीत क्षेत्रलाई धनी बनाउन गीतकार खरेलको ठुलो योगदान रहेको बताए ।

सो पुरस्कारकी संस्थापक, गीतकार एवम् प्राज्ञ उन्नती बोहरा ‘शीला’ले माधव प्रसाद घिमिरे जिवित रहँदै उहाँको योगदानको कदर स्वरुप यो पुरस्कार स्थापना गरेको बताए । यस अघि गायक प्रेमध्वज प्रधानलाई पुरस्कृत गरिएको यो पुरस्कार यसपटक समितिको निर्णय अनुसार खरेललाई प्रदान गरिएको पनि उनले कार्यक्रम प्रकाश पारिन् ।

आफुलाई सबैभन्दा मनपर्ने गीतकार तथा राष्ट्रकवि माधव प्रसाद घिमिरेका नाममा स्थापित पुरस्कारबाट पुरस्कृत हुँदा झनै हौसला बढेको पनि उनले बताए । घिमिरेको योगदानको स्मरण गर्दै उनै अग्रज श्रष्टाहरुको प्रेरणाले पनि आफुलाई गीत लेखनमा अघि बढ्न मद्धत पुगेको पनि उनले बताए ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपालकी अध्यक्ष सन्ध्या पहारीले पुरस्कृत गीतकार खरेलको नेपाली गीत लेखनमा योगदान’bout कार्यक्रममा चर्चा गरिन् ।

तपाइको प्रतिक्रिया
(Visited 77 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनका शीर्षनेता पोखरामा : नयाँ युगको सुरुआत अहिलेको गठबन्धनबाटै