छिन्नमस्ता मन्दिरमा दाताको नामअंकित मुकुट

राजविराज । मुलुककै प्रसिद्ध शक्तिपीठमध्येको एक सप्तरीको छिन्नमस्ता भगवती मन्दिरमा रहेको देवीको मूर्तिमा पुरानो मुकुट झिकेर दाता परिवारसमेतको नाम लेखिएको नयाँ मुकुट जडान गरिएपछि त्यसको व्यापक विरोध भएको छ ।

एककिलो ५० ग्राम तौल भएको पुरानो मुकुट झिकेर बिहीबार छिन्नमस्ता भगवती मन्दिर समितिले दाता परिवारसमेतको नाम लेखिएको नयाँ मुकुट जडान गरेपछि विरोध भएको हो ।

दाता परिवारका कृष्णमुरारी प्याकुरेल, गोपीराज प्याकुरेल, राधा प्याकुरेल र शंकर प्याकुले गरी चार जनाको नाम कुँदेर भगवतीको मूर्तिमा नयाँ मुकुट जडान गरिएको छ । नयाँ मुकुटको तौल एक किलो २ सय ५० ग्राम रहेको छ ।

दाता परिवारको लहडमा मन्दिर समितिले मूर्तिका स्वरूप परिवर्तन गरी करोडौं श्रद्धालुको आस्थासँग खेलबाड गरेको भन्दै स्थानीयले चर्को विरोध गरेका छन् ।

छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले आफूलाई समेत जानकारी नदिई एकतर्फी ढंगले समितिले मुकुट हेरफेर गरेको भन्दै आक्रोश पोखे । उनले सो त्रुटि तत्काल सच्याउन समितिलाई कडा निर्देशन दिइएको बताए । ‘आफू खुसी माताको मुकुट परिवर्तन गरी समितिले करोडौं श्रद्धालु भक्तजनको आस्थामाथि चोट पु-याउने काम गरेको छ,’ उनले भने, ‘सलाई तत्काल सच्याउन मन्दिर नै पुगेर समितिलाई कडा निर्देशन दिएको छ ।’

उनले गाउँपालिकाकै पहलमा पुरानो मुकुटलाई सुन्दरता प्रदान गरी शुक्रबार साँझ ५ बजेभित्र मन्दिरमा पुर्नस्थापित गरिने तयारी गरिएको समेत जानकारी दिए ।

मन्दिरका पिठाधिश महाकान्त ठाकुरले पुराना मुकुटमा चिरा परेका कारण दाता पक्षकै अनुरोधमा नयाँ मुकुट जडान गरिएको बताए । यद्यपि, यसको व्यापक विरोध भएकाले शुक्रबार क्षमा पूजासहित पुरानै मुकुट लगाउने निष्कर्षमा समिति पुगेको उनले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 156 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरीबन्धु टि–इस्टेट प्रकरणः हदबन्दी बढीको जग्गा तत्काल सरकारको नाममा ल्याउनु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
विजयनगर गाउपालिका बन्यो एमालेको लालकिल्ला