एप डाउनलोड गर्दा होसियार !

मानिस प्रविधिको संसारमा बाँचिरहेको छ । प्रविधिमोह मात्र होइन, अब त जीवनशैली बनिसकेको छ । सर्वसाधारण पनि यसको लतमा फसिसकेका छन् । यसबाट उम्कने होइन, सही र समुचित प्रयोग गर्ने कला र शैली मानिसमा विकास हुनु जरुरी छ । प्रविधि मानिसको सहयोगी हो । तर, मानिस प्रविधिको हली गोठालो बस्न थालिसकेको छ । यसले सिर्जनात्मकभन्दा पनि यान्त्रिक सोच, यन्त्रवत् दिमाग र यान्त्रिक तौरतरिकाको विकास गरिरहेको छ ।

मानिसका विशिष्ट सोच र काम गराइमा यान्त्रिक एकता र समानता आउन थालेका छन् । एलन मस्कको दिमागी चिप्सले मानिसलाई यन्त्रमा परिणत गरिदिने खतरा बढेर गएको छ । तथापि, दिमागी चिप्सको मानिसले संसारभर खुलेर प्रशंसा गर्न थालिसकेका छन् । सेवा र सुविधाभोगी मानिस प्रविधिको संसारमा रमाउन थालिसकेको छ । अब मानिसले जोड, घटाउ र गुणन बिर्सन थालिसकेको छ ।

तीव्र रूपमा परिवर्तन भइरहेको विज्ञान तथा प्रविधिले मानिसको काम निकै सजिलो बनाइदिए पनि मानिसमा आलस्य र बुद्धुपनको विकास गरिरहेको छ । जे कामका लागि पनि मोबाइल तथा कम्प्युटरमा एप डाउनलोड गर्ने र काम चलाउने चलन स्वीकार्य भइसकेको छ । नयाँ प्रविधिबाट मानिसले छोटो समयमा धेरै काम र कठिन काम गर्नसके पनि यसको दीर्घकालीन प्रभाव’bout भने अनभिज्ञ रहेको देखिन्छ । प्रविधिका विभिन्न टुलको प्रयोग व्यापक बन्दै गइरहेको छ । त्यसमा पनि टुल्स वा एपको प्रयोग कसरी गर्ने भन्ने जानकारी मानिसलाई कमै मात्र थाह छ । लाग्छ, काम चले र चलाए भइगयो नि †

आजको समय प्राविधिक टुलहरूको समय हो, अझ त्यसमा नयाँ प्रविधियुक्त उत्पादनहरू दैनिकजसो फेरिने र हेरिने गरिन्छन् । मानिस केही पनि नसोचेर ती एप वा टुल्स डाउनलोड र उपयोग गरिहाल्छन् । कतिपय त बिनापैसामा सिकारुका लागि दिने गरिएको देखिन्छ । मानिस दायाँबायाँ नहेरेर नयाँ देखिने अनावश्यक टेक टुल वा डिभाइस डाउनलोड गरिहाल्छन्, त्यो पनि सौखका साथ ।

धेरै मानिस प्रविधि संसारसँग अनविज्ञ छन् । टेक टुल’bout जानकारी कम मात्र छ । मानिसले समय र पैसाको प्रवाह गरिरहेको छैन । खतरनाक वा आफूलाई काम नलाग्ने प्रविधि टुल पहिचान गर्न सर्वसाधारणसहित जो कोहीलाई पनि गाह्रो छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले तीव्रतामा प्रभाव पार्दै लगिरहेका बेलामा मानिसका दैनिक कामहरू यसका वरिपरि घुम्न थालिसकेका छन् ।

अहिले स्मार्टफोन सबैको हातमा छ । दैनिक नयाँ एप ‘इन्स्टल’ भइरहेका छन् । ती ‘डाउनलोड’ पनि गरिइरहेका छन् । फोनमा एप ‘इन्स्टल’ गर्दा अनधिकृत उपाय अपनाइएका पनि छन् । विश्वासिलो स्रोत वा एप्लिकेसन स्टोर कुन हो भन्ने थाहा पाउनै मुस्किल छ । नचिनेको लिंक र फर्जी वेबसाइटले मोबाइल वा कम्प्युटरका लागि सुरक्षा खतरा बढाउँछ । डिभाइसको क्षमता ह्रास हुन र ब्याट्री लाइफ सकिनमा यसले भूमिका निर्वाह गर्नसक्छ ।

तपाइको प्रतिक्रिया
(Visited 90 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कपिलवस्तुका २० मतदानस्थल अतिसंवेदनशील सूचीमा