‘डर्बस्स्यो पाचास, डर्बस्स्यो !’

कुरो आजभन्दा साढे पाँच दशक वा त्यसभन्दा पहिलाको हो । दसैं आउनलाग्दा अर्कैखाले रौनक देखिन्थ्यो । त्यस्तै एक रमाइलो कुराको उल्लेख गर्दै छु । म धुलिखेल, बनेपा, साँगा, भक्तपुर र काठमाडौंको खुला चौरतिर एक या दुई दिन देखिने दृश्यका ’boutमा कुरो गर्दै छु । ती निश्चित खुला मैदानमा ठूलो स्वरमा आवाज सुनिन्थ्यो ‘डर्बस्स्यो पाचास, डर्बस्स्यो !’

दसैं सुरु हुनैलाग्दा चीनको स्वशासित क्षेत्र तिब्बतबाट भेडा–च्यांग्रा भित्रिन्थ्यो । हजारौं भेडा–च्यांगाको त्यो बथान धुलिखेल, बनेपा र साँगा हुँदै भक्तपुर भएर राजधानी काठमाडौं आउँथ्यो । ती भेडा–च्यांग्राका लागि नेपालले पैसा तिर्दैनथ्यो । बार्टर प्रणालीअन्तर्गत नेपालले तिब्बतमा खुर्सानी र चिनी पठाउँथ्यो र बदलामा भेडा–च्यांग्रा आउँथ्यो । यो व्यवस्था धेरै पछिसम्म कायम थियो । अहिले त आफैका लागि चिनीको यो हाहाकार छ, खोइ के भन्नु ? जे होस्, हजारौंको संख्यामा भिœयाइएका भेडा–च्यांग्राका ती बथान मुख्य सहर बजारमा बास बस्दै एक दिनजस्तो रोक्दै राजधानी काठमाडौं पुग्थ्यो । त्यसरी रोकिएका बेला ती सहर बजारको खुला चौरबाट सुनिने आवाज हो ‘डर्बस्स्यो पाचास, डर्बस्स्यो’ ।

बाटामा पर्ने सहर बजारका बासिन्दालाई भेडा–च्यांग्राको बथान आफ्नो नजिकको मैदानमा कहिले आइपुग्छ भन्ने अन्दाज हुन्थ्यो । गाउँ, टोल र छरछिमेकका व्यक्तिहरू समूह बनाएर त्यो खुला मैदानमा पुग्थे, भेडा–च्यांग्रा किन्न । समूह बनाएर जानुको कारणचाहिँ भेडा–च्यांग्रालाई एक्लै घिस्याएर लाउन मुश्किल पर्छ भनेर । समूहमा ५–१० वटा ल्याइयो भने लुरुलुरू आउँछन् । त्यो ‘डर्बस्स्यो’ भन्ने आवाज खरिद बिक्रीका बेला त्यस मुकाममा सुनिने आवाज हो ।

त्यसबेला तिब्बतबाट ल्याइएका भेडा–च्यांग्रा तौलेर किलो वा धार्नीका हिसाबले दर तोकेर खरिद बिक्री हुँदैनथ्यो, बिशुद्ध माग आपूर्तिको सिद्धान्तअनुरूप निश्चित मुकामको निश्चित समयमा भेडाको यति र च्यांग्राको यति भन्ने दर तोकिन्थ्यो । तर, दरभाउ माग आपूर्तिनुसार घटबढ भइरहन्थ्यो । त्यस तोकिएको दरमा उपभोक्ताले बथानमा छिरेर भेडा वा च्यांग्रा छान्न पाउँथे । स्वाभाविक रूपमा सुरुसुरुमा मूल्य माथि हुन्थ्यो भने मोटामोटा भेडा–च्यांग्रा घट्दै गएपछि मूल्य पनि घट्थ्यो । धेरै क्रेता भएको ठूला बजारमा मूल्य अलि बढ्थ्यो भने सानो बजारमा घट्थ्यो पनि । साँच्चै भन्ने हो भने भेडा–च्यांग्राको त्यो बिक्री वितरण प्रणाली आजको स्वचालित माग आपूर्तिअनुरूप चल्ने खुला बजारसँग ठ्याक्कै मिल्थ्यो ।

उदाहरणका लागि बनेपाबाट साँगा आइपुग्दा मूल्य थोरै घट्थ्यो ’cause बनेपाको तुलनामा साँगामा मोटा भेडा–च्यांग्रा घटिसकेका हुन्थे र सांगा बजार पनि सानो थियो । तर, भक्तपुर आइपुग्दा फेरि बढ्थ्यो । बडो चलाखीपूर्वक योजना बनाएर ग्राहक भेडा–च्यांग्रा किन्न जान्थे । भक्तपुरका ग्राहक एक दिनअघि नै साँगा पुगेरसमेत खरिद गर्थे । तर, त्यस ठाउँमा सोचेभन्दा बढी ग्राहक भयो भने दर बढ्न पनि थाल्थ्यो । सस्तोमा मोटा पशु किन्ने ग्राहकको टोल छिमेकमा फूर्ति नै अर्कै हुन्थ्यो । सायद ती ग्राहकका लागि प्रशंसा र ईष्र्या मिश्रित छरछिमेकका टिप्पणी भेडा–च्यांग्राको मासुभन्दा बढी नै स्वादिलो हुन्थ्यो क्या र ! मैले माथि उल्लेख गरेको ‘डर्बस्स्यो पाचास’ भनेको त्यही तत्काल कायम भेडा वा च्यांग्राको दर हो । ‘डर्बस्स्यो पाचास’ भनेको भेडा–च्यांग्रा हाँक्ने भोटेले ‘दर बस्यो पचास’ भनेर गरेको घोषणा हो । बुबा काकाहरूसँग पछि लाग्दै रातको ९ बजे गएर अजंगको भेडा ५० रुपैयाँमा घरतर्फ घिस्याउँदै ल्याएको अझै मलाई याद छ । सँगै गएका टोलेहरूले फर्किने क्रममा त्यही ५० तिरेर आफूले ठूलो मोटो भेडा छान्न नसकेकामा अँध्यारो अनुहार लगाएको र मेरा काकाचाहिँ गर्वका साथ हाँस्नुभएको मलाई अझै झझल्को आउँछ । ५० तिरेर सानो भेडा किनेका टोले काकाले आफ्नो भेडालाई ‘कस्सिलो र कलिलो छ, मासु स्वादिलो हुन्छ’ भन्दै जित्न खोजेको पनि सम्झना छ ।

त्यसपछि त्यो भेडा पर्साउन मुश्किल परेको, खुइल्याउने क्रममा बृहत् परिवारको संलग्नता र हजुरआमाको सुकुटी मासुका लागि जोहो इत्यादि आफ्नै ठाउँमा छ । चंगाका कारण राताराता आँखा र माझा हालेको धागोका कारण हत्केला छियाछिया पर्ने व्यथासमेत दसैंको अंग नै थियो । छरछिमेकका काकाहरू जम्मा भएर तासको जमघट र त्यसका कारण खाना खान ढिला भएकामा भएभरका बूढापाकाको क्रोधाग्नि पनि दसैंको रमाइलो नै थियो । आज दसैंको परिदृश्य फेरिएको छ । भेडा–च्यांग्रा र खसीबोका खरिद बिक्री प्रक्रिया पूरै फेरिएको छ । आकाशमा चंगा देखिँदैन । रमाइलो र मनोरञ्जनका लागि खेलिने तास जुवा सायद अब पेसेवर वा व्यावसायिक भइसकेको छ ।

फर्कौं ‘डर्बस्स्यो’तर्फ नै । आज पनि खुलाबजारको यो आह्वान छ त ? निश्चित रूपमा छ । तर, खरिद बिक्रीको मालवस्तुले भने अर्कै रूप लिएको छ । आवधिक निर्वाचनका बेला यो ‘डर्बस्स्यो’ आह्वान चर्काे रूपमा सुनिन्छ । अरूबेला पनि निरन्तर यो आवाज सुनिने गर्छ । त्यसबेला भट्याउने व्यक्ति भोटे नै हुथे अनि खरिद बिक्री भेडा–च्यांग्राकै हुन्थ्यो । क्रेताले मासु खान्थे र विक्रेताले पैसा कमाउँथे । अहिले भट्याउने व्यक्ति चिनियाँ, रुसी, अमेरिकी र भारतीय हुन्छन् । खरिद बिक्रीचाहिँ विदेशी परिधानमा सज्जिएका नेपाली नेतारूपी भेडा–च्यांग्राको हुन्छ । मासुचाहिँ क्रेता अर्थात् जनताले पाउँदैन । उसले त खर्च मात्र गर्छ र पछि हरदम ठगिएको अनुभव गर्छ । जम्मै रकम मालवस्तुले कुम्ल्याउँछ । मासुचाहिँ ती चिनियाँ वा भारतीय आदि इत्यादिले खान्छन् ।

२०६४ सालमा ‘डर्बस्स्या’ आह्वानमा जनताले चर्काे मोल तिरेर एउटा नौलो क्रान्तिकारी वस्तु किने । त्यसरी किनिएको मालवस्तु त आफै ठग उपभोक्ता भएको थाहा पछि २०७१ सालमा आएर पुरानै मार्कको सामानलाई राम्रै मूल्य तिरेर खरिद गरे । तर, त्यही पुरानैमध्येको एक ‘राष्ट्रवाद’को नयाँ आवरणमा चिच्याउँदै आयो ‘डर्बस्स्यो’ ! २०७४ सालसम्म आइपुग्दा जनताले त्यो नयाँ सिसीमा भरिएको पुरानै मार्कको पेयपदार्थलाई अत्यन्तै चर्काे मोल तिरेर किने । आखिर माल त पुरानै न थियो ! तीन वर्ष पुग्दानपुग्दै नराम्ररी मूल्य गि¥यो । २०७९ सालसम्म आइपुग्दा जनताले ‘डर्बस्स्यो’को आवाज त सुनिरहेका थिए तर मालको गुणस्तरका ’boutमा खुट्याउन सकिरहेका थिएनन् । छ्यासमिसे ‘क्वाँटी’ किन्ने निर्णय भयो । क्वाँटीमा केही नितान्त नौला गेडागुडी पनि छानियो, परीक्षणका रूपमा । तर, यो के अचम्म ! ती नौला गेडागुडी त सिन्थेटिक र प्लास्टिकको भएका पो अनुभव गरिँदै छ त ! धेरै क्रेता त नौलो बजारको खोजीमा मरुभूमितर्फ समेत लाग्नथालेका छन् । ‘डर्बस्स्यो’ त सुनिँदै छ, तर मूल्य अत्यन्तै महँगो छ अनि सामानमा ग्यारेन्टी वारेन्टी केही छैन । बजार कहिले संग्लिएला ? कसैलाई थाहा छैन !

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रिन्टिङ मेसिन थन्किदा अन्तःशुल्क स्टिकर छपाइमा बिचौलियाको बोलवाला

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भजनीमा गठबन्धनलाई हराउँदै रेशम चाैधरीका उम्मेदवार विजयी