‘बाफ्टा अवार्ड’ मा छानियो नेपाली चलचित्र गोर्खा वारियर

काठमाडौं । अन्तराष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’ बेलायतका प्रसिद्ध अवार्ड ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्’ (बाफ्टा) अवार्डको लागि चयन भएको छ । यो अवार्डको लागि हलिउड, युरोपियन, बेलायती फिल्मसँगै नेपाली चलचित्र गोर्खा वारियर छानिएको हो ।

बेलायतले आयोजना गर्दै आएको यो अवार्ड ओष्कार अवार्ड पछिको संसारकै प्रतिष्ठित अवार्ड मानिन्छ । यो अवार्डमा नेपाली चलचित्र चयन हुनुलाई नेपाली चलचित्रको इतिहासमै एउटा ठुलो सफलता मानिएको यसका निर्देशक मिलन चाम्सले मँगलबार सञ्चारकर्मीहरुलाई जानकारी गराएका छन् ।

मंगलबार सञ्चारकर्मीसँग निर्देशक चाम्सले यो अवार्ड’bout भने,‘गोर्खा सैनिकलाई बेलायती नागरिकहरुले उच्च सम्मान दिँदै आएको अबस्थामा नेपाली चलचित्र गोर्खा वारियार बेलायतकै प्रतिष्ठित अवार्ड वाफ्टामा चयन हुनु नेपाली चलचित्र उधोगकै लागि गौरवको बिषय हो ।’

चाम्सका अनुसार बाफ्टाले सुरुमा अवार्डको लागि फिल्म चयन गर्छ । त्यसपछि सो फिल्मबाट विभिन्न विधाको मनोनयन सार्वजनिक गरिन्छ । यसै क्रममा हालसम्म प्रदर्शनी गरिएका चलचित्रहरुको सूची वाफ्टाले गोर्खा वारियरको नाम पनि अवार्डको लागि सार्वजनिक गरेको छ । यो अवार्डमा हलिउड सहित विभिन्न युरोपियन फिल्महरु पनि चयन भएका छन् । जसमा नेपाली चलचित्र गोर्खा वारियर पहिलो पटक बाफ्टाको लागि चयन भएको नेपाली फिल्म हो । यो अवार्डका लागि बेस्ट फिल्म, डिरेक्टर, एक्टर, फिल्म (अंग्रेजी बाहेक) र बेस्ट ब्रिटिश फिल्म विधामा चलचित्र गोर्खा वारियरले प्रतिस्पर्धा गर्ने पनि निर्देशक चाम्सले जानकारी गराएका छन् ।

अवार्ड’bout चाम्सले भने,‘अब यो अवार्डको लागि यी विधाहरुको लागि उत्कृष्ट पाँचको मनोनयन सूची अगाामी १८ जनवारीमा सार्वजनिक गरिने भएको छ । त्यसपछि मनोनयनमा परेका फिल्मका विभिन्न विधाबीच आउँदो १८ फेब्रुअरी २०२४ मा साउथ बैंक सेन्टर लन्डनमा यो अवार्ड आयोजना हुने भएको छ ।’

बाफ्टाको कार्यक्रमपछि अन्य केही मुलुकमा चलचित्र गोर्खा वारियरको केही प्रिमियर गरेर बल्ल नेपालमा रिलिज गर्ने पनि निर्देशक चाम्सले बताएका छन् । यो फिल्मलाई आगामी चैतमा रिलिज गर्ने लक्ष्य रहेको पनि निर्देशक चाम्सले बताएका छन् । फिल्मको विश्वव्यापी रिलिज मिति पनि चाँडै घोषणा गरिने भएको छ । गोर्खा वारियार नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन हुने भएको छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा मिलन चाम्स, सुमन राई, सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । यो सिनेमाको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ । यो चलचित्रमा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिँदाको मार्मिक कथा पनि समेटिएको छ ।

गोर्खा वारियरमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रँग सँयोजन रहेको छ ।

यो चलचित्रमा रितेश चाम्सले अभिनेताको रुपमा डेब्यु गरेका छन् । उनीसँगै यसमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धरानको भविष्य अब स्वतन्त्रको हातमा