को हुन् त्रिविमा उपकुलपति नियुक्त बराल ?

पोखरा । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा केशरजंग बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिबाट सिफारिस भएका तीनै जना उम्मेदवारको ‘मेरिटोक्रेसी’का विषयमा प्रधानमन्त्री प्रचण्डले अध्ययन गरेका थिए । सिफारिस समितिले विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री प्रचण्डसमक्ष बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलालाई सिफारिस गरेको थियो ।

बराललाई नियुक्ति गर्नुअघि प्रधानमन्त्रीले शिक्षामन्त्री एवं शिक्षा सचिवसँग उनको ‘करिअर’का विषयमा जानकारीसमेत लिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उपकुलपति पदका लागि दरखास्त दिएका ४३ जनामध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताका आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा बरालाई नियुक्ति गरिएको जनाइएको छ ।

आजभन्दा ६७ वर्षअघि पाल्पाको पीपलडाँडा (हाल रम्भा गाउँपालिका)मा जन्मिएका केशरजंग बरालले प्रारम्भिक शिक्षा पाल्पामै हासिल गरेका हुन् । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा स्नातकपछि उनले सन् १९८२ मा त्रिवि कीर्तिपुरबाट स्नातकोत्तर गरे । भारतको दिल्ली विश्वविद्यालयबाट सन् १९९७ मा पीएचडी गरेका उनको विशेषज्ञता क्षेत्र वित्त हो । उनले वित्तसम्बन्धी धेरै अनुसन्धान लेखहरू लेखेका छन् भने सहलेखकका रूपमा वित्त’bout थुप्रै पुस्तक पनि लेखेका छन् ।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट सन् १९८२ देखि उनी प्राध्यापन पेसामा लागेका हुन् । त्यहाँ उनी ३ वर्षसम्म सहायक प्राध्यापकका रूपमा कार्यरत रहेपछि पृथ्वीनारायण क्याम्पस पोखरा सरुवा भएका थिए । उनी पोखरामा रहेकै बखत सन् २००७ देखि २०११ सम्म पोखरा विश्वविद्यालयको उपकुलपति नियुक्त भएका थिए । माओवादी कोटाबाट उपकुलपति नियुक्त उनी ४ वर्षसम्म सो पदमा रहँदा विश्वविद्यालयको उल्लेख्य सुधार गरे । उनले शैक्षिक, भौतिक एवं संस्थागत सुधारका थुप्रै काम गरे ।

विश्वविद्यालयलाई पोखरा सहरको केन्द्रमा रहेको भाडाको भवनबाट तत्कालीन लेखनाथ नगरपालिकामा रहेको आफ्नै शैक्षिक कम्प्लेक्समा सारे । गरिब वर्गका योग्य विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रमलाई संस्थागत गर्नुका साथै नेपाल सरकारको नीतिअनुरूप विश्वविद्यालयको रणनीतिक योजना परिमार्जन गरी गन्तव्य तय गरेका थिए ।

प्राडा बरालले निश्चित सहरका २३ वटा सम्बन्धनप्राप्त कलेजलाई बढाएर ५४ मा पु¥याए । उनले नर्सिङ, स्नातक तहको इलेक्ट्रिकल, इलेक्ट्रोनिक इन्जियिरिङजस्ता शैक्षिक कार्यक्रम सुरु गराए । पोखरा विश्वविद्यालयको राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका उनले शैक्षिक कार्यक्रमहरू विस्तार गर्नुका साथै विश्वविद्यालयको भौतिक, शैक्षिक र पूर्वाधारको विकास गरे ।

महेन्द्र विद्याभूषण पदक ‘क’बाट विभूषित उनले २० वर्षअघि राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेका थिए । अमेरिकी वित्त संघका सदस्य भई काम गरेका प्राडा बरालसँग एसियाली विकास बैंकको व्यक्तिगत परामर्शदाता, पाठ्यक्रम विकास उपसमितिको संयोजक र नेपाल खुला विश्वविद्यालयको रणनीति योजना तर्जुमा उपसमितिको सदस्य र अमेरिकन एकेडेमी अफ फाइनान्सियल म्यानेजमेन्टको मानार्थ ग्लोबल एड्भाइजर बोर्डमा रहेर काम गरेको अनुभव छ ।

आफ्नो प्रदर्शनमा विश्वास गर्ने उनी त्रिविमा समेत उपकुलपति नियुक्तिसँगै उल्लेख्य सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्छन् । राजनीतिक खिचातानीले नेपालका विश्वविद्यालय जर्जर हुँदै गएको बताउने उनी भन्छन्, ‘भीसी (उपकुलपति) दह्रिलो भयो भने मात्र सम्भव छ ।’ चार दशकदेखि नेपालको शिक्षा क्षेत्रमा निरन्तर सक्रिय उनले पछिल्लो समय त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयका व्यवस्थापन पीएचडीका विद्यार्थीलाई सहजीकरण गर्दै आएका छन् । साथै, विश्वविद्यालय अनुदान आयोगको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद् विशेषज्ञका रूपमा काम गर्दै आएका छन् ।

शैक्षिक क्यालेन्डर कार्यान्वयन पहिलो प्राथमिकता : उपकुलपति प्राडा बराल
त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले बिहीबार नै पदबहाली गरेका छन् । बिहीबार साँझ कीर्तिपुरस्थित विश्वविद्यालय कार्यालयमा पुगेर उनले कार्यभार सम्हालेका हुन् ।

पदबहालीपछि कुराकानी गर्दै उपकुलपति प्राडा बरालले आफ्नो पहिलो प्राथमिकता विश्वविद्यालयको वार्षिक शैक्षिक ‘क्यालेन्डर’ कार्यान्वयन गर्नु रहेको बताए ।

‘त्रिभुवन विश्वविद्यालय मुलुकको ठूलो संरचनायुक्त संस्था हो, यहाँ धेरै काम गर्नुपर्नेछ,’ उनले भने ।

शैक्षिक क्यालेन्डर कार्यान्वयन तथा समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनलाई प्राथमिकता दिइने उपकुलपति प्राडा बरालले बताए । विश्वविद्यालयको पाठ्यक्रम अद्यावधिक गर्ने आफ्नो योजना रहेको उनको भनाइ थियो ।

तपाइको प्रतिक्रिया
(Visited 242 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदानका दिन सवारीसाधन नचल्ने, उम्मेदवार र प्रतिनिधिले पास लिनुपर्ने