राजनीति दलका नेताहरु पदको पछाडि लाग्नु हुँदैनः पुर्वप्रधानमन्त्री नेपाल

काठमाडौ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधब कुमार नेपालले राजनीति दलका नेताहरु पदलोप्त हुन नहुने बताएका छन । हिजो बिहीबार बिजुलीबजारस्थित रौतहट टाइम्स साप्ताहिक पत्रिकाको २६ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै पुर्व प्रधानमन्त्री नेपालले यस्तो बताएका हुन । देशमा स्थीर सरकारको आवश्यकता रहिरहेको अबस्थामा दलका नेताहरुले अहिले पदको पछि लाग्न नहुने अध्यक्ष नेपालले बताए ।

अहिले सबै मिलेर देशको आर्थिक अबस्था सुधारको लागि पर्नुपर्ने अध्यक्ष नेपालको भनाइ रहेको थियो । अध्यक्ष नेपालले रौतहट टाईम्स पत्रिकाले रौतहट जिल्लाको गरिमा बढाउने काम गरेको समेत बताए । संचार क्षेत्रमा यश पत्रिकाले लामो समय देखि काम गरिरहेकाले देश बिकाशमा अहम भुमिका रहेको अध्यक्ष नेपालले स्मरण गरेका छन ।

यसैगरी सोहि कार्यक्रममा संघिय संसदको शिक्षा ,स्वास्थ तथा सुचना प्रबिधि समितिका सभापति अमर बहादुर थापा,प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत ,नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल,पुर्व मन्त्री डाक्टर बंशीधर मिश्र लगायतले शुभकामना ब्यक्त गरेका थिए । रौतहट टाईम्स साप्ताहिकका प्रकाशक तथा सम्पादक गोबिन्दप्रसाद चौलागाइको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे ।

उक्त बार्षिकत्सव कार्यक्रममा राजधानी दैनिकका रौतहट प्रतिनिधि रमेश तिमल्सिना पत्रकार संजय मिश्र र कृष्ण तिवारीलाई सम्मान गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रिन्टिङ मेसिन थन्किदा अन्तःशुल्क स्टिकर छपाइमा बिचौलियाको बोलवाला

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर मेयरमा रेनु दाहाल २३३८ मतले अगाडि