भोजपुरा र मिथिलामा चैती छठ बिशेष रुपले मनाइयो

वीरगन्ज । भोजपुरा तथा मिथिला क्षेत्रमा मनाइने पर्वहरु मध्ये चैती छठ पनि विशेष रुपले मनाइएको छ । छुट्टै महत्वसाथ मनाइने यो पर्व कार्तिक र चैतमा गरी बर्षमा दुईपटक मनाउने गरिएको छ । चैतमा पर्ने ‘चैती छठ’ पर्व मधेशका भोजपुरा क्षेत्र पर्सा, बारा, रौतहट र मिथिला क्षेत्र धनुषा, सप्तरी लगायत मधेश प्रदेशका सबै जिल्लाहरुमा आईतबार धुमधाम साथ मनाइएको हो ।

चार दिनसम्म निष्ठाका साथ मनाइने चैती छठको मूलविधि आईतबार साँझ अस्ताउँदो सूर्यलाई सन्ध्या अघ्र्य दिई मनाइएको छ । सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि भने यो पटकको चैती छठ विधिपूर्वक समापन हुने ब्रतालु तथा भक्तजनले बताए । चैतको छठ पनि पछिल्लो समय मनाउनेक्रम निकै बढेको उनीहरुको भनाइ छ ।

खास गरी स्थानीय नदी तलाउ र पोखरीहरु सिंगारी ब्रतालु त्यही पुगी अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर मनाउने भएको कारण स्थानीय नदी तलाउ र पोखरीहरुमा यो पर्वमा मानिसको चहलपहल निकै हुने गरेको स्थानीयको भनाइ छ । सो क्रममा पर्साको घडीअर्वा, नगवा, मुर्लि लगायतका पोखरी र नदीहरुमा पुगी ब्रतालुहरुले अघ्र्य दिएका छन् । यता बारा र रौतहटका नदी तलाउ तथा पोखरीहरुमा पनि ब्रतालुहरु पुगी पर्वलाई बिशेष बनाएको त्यहाँका स्थानीयको भनाइ छ ।

उता जनकपुरधामको गंगासागर, धनुषसागर, अर्गजासर लगायतका तलाउ र दूधमती, रजौल पोखरी जस्ता अन्य शहरी एवं ग्रामीण क्षेत्रमाका पोखरी तथा नदीमा समेत यो पर्व धुमधामको साथ मनाइएको छ । योपटक चैती छठका लागि गंगासागर र अर्गजासर दुल्ही झैँ सजाइएको जनकपुरका स्थानीय बुद्धिजिबीहरुले पनि जानकारी दिए । यो पर्व मनाउँदा हरेक मनोकांक्षा पूरा हुने तथा छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास रहेको उनीहरुको भनाइ छ । कार्तिकमा मनाइने छठ पर्व जतिको भव्य नभए पनि चैती छठ मनाउने मानिस हरेक बर्ष बढ्दै गएको सर्वसाधारणको तर्क छ ।

अत्यन्त निष्ठासाथ चार दिनसम्म मनाइने चैती छठको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सक्खरमा पकाइएको खीरमात्र खाएर ‘खरना’, तेस्रो दिन अर्थात् षष्ठी तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा पुगेर अघ्र्य दिने गरिएको छ । यसलाई स्थानीय भाषामा सँझीया घाट अथार्त ‘सझुका अरख’ पनि भन्ने गरिएको पर्सा निवासी पण्डित डा.पुरुषोत्तम दुवेले बताए । सूर्य अस्ताउनु एक घण्टा पूर्वदेखि व्रतालुहरू जलाशयमा प्रवेश गरी षष्ठीमाताको ध्यान गर्दै सूर्यलाई अघ्र्य दिने चलन छ । अघ्र्यमा ठकुवा, भुसुवा, मूला, उखु, केरा, नरिवल लगायतका स्थानीय किसानले उत्पादन गरेका घरेलु उत्पादन नै प्रसादका रूपमा प्रयोग गर्ने चलन पनि रही आएको पण्डित डा दुवेले बताए । व्रतालुहरू जागरण बसी भोलिपल्ट चैत्र शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चुनाव स्वच्छ र निष्पक्ष बनाउने दलको प्रतिबद्धता