प्रहरीले बस्नेतलाई किन पक्राउ गर्न सक्दैन ?

काठमाडौं । पक्राउ पूर्जी जारी भएको १५ दिन बितिसक्दा पनि जोरपाटीका सरोज बस्नेतलाई प्रहरीले पक्राउ गर्न नसक्नुको कारण यतिबेला व्यापक खोजी भइरहेको छ । नेपाली कांग्रेसका युवा नेता राजु सुनारको चरित्र हत्या अभियोगमा उनीलाई प्रहरीले पक्राउ पूर्जी जारी गरेको हो । चरित्र हत्या र जातीय भेदभाव गरेको भन्दै बस्नेतविरुद्ध सुनारले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए । अदालतले बस्नेतलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो ।

अदालतको आदेशअनुसार महानगरीय प्रहरी परिस टेकुले बस्नेतलाई पक्राउ गरी दाखिला गर्न अनुसन्धान अधिकृत बिक्रम कुँवरले महानगरीय प्रहरी वृत्त बौद्धमा फागुन २२ गते पत्राचार गरेको थियो । त्यसको भोलिपल्ट अर्थात् फागुन २३ गते महानगरी प्रहरी वृत्त बौद्धले महानगरीय प्रहरी प्रभाग गोकर्णमा पत्राचार ग-यो । तर महानगरीय प्रहरी प्रभाग गोकर्णले अहिलेसम्म बस्नेतलाई पक्राउ गरेर दाखिला गर्न सकेको छैन ।

बस्नेत तिनै व्यक्ति हुन् जो कहिले पत्रकार, कहिले राजनीतिक कार्यकर्ता त कहिले व्यवसायीका रुपमा परिचय दिँदै हिड्छन् । उनको उदण्ड स्वभावले गोकर्णवासीसमेत आजीत भएको बताइएको छ ।

गोकर्ण नयाँ पाटी बस्ने बस्नेत महानगरीय प्रहरी प्रभाग गोकर्ण ’round खुलेआम हिडिरहेका हुन्छन् । गोकर्ण प्रभावका जुनियर प्रहरी अधिकृतसँग साँझ परेपछि कुम जोडेर बसेको भेट्नेहरु प्रशस्तै छन् । सम्भवतः उनी पक्राउ नपर्नुको कारण पनि यही भएको बताइन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 579 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रिन्टिङ मेसिन थन्किदा अन्तःशुल्क स्टिकर छपाइमा बिचौलियाको बोलवाला

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जहाँ स्वतन्त्रले जिते