जब ह्वीलचेयरमा फर्किए चौधरी

काठमाडौं । राम्रो कमाइ हुने प्रलोभनमा परेर मलेसिया पुगेका थिए दाङका कालिचरण चौधरी । नेपालमा सम्झौतानुसारको काम र तलब सुविधा नपाएपछि त्यो रोजगारदाता कम्पनी छाडेर गैरकानुनी हैसियतमा मलेसियाको जोहोरबारूस्थित एक सेक्युरिटी कम्पनीमा काम गर्न थाले उनी ।

त्यहाँ काम गर्दागर्दै प्यारालाइसिस रोगले च्यापेर देब्रे हात र खुट्टा नचल्ने अवस्था भयो । गैरकानुनी रूपमा काम गर्न थालेकाले सो घटना भएको हुँदा अस्पतालले भर्ना गरेर उपचार गर्न नमानेपछि मलेसियामै एक कोठामा नेपालीहरूले लुकाएर राख्नुपर्ने बाध्यता आइप¥यो । त्यसपछि उनलाई रोगले च्याप्दै जानथाल्यो र यतिसम्म भयो कि दिसापिसाब पनि सुतेकै ठाउँमा गर्नुपर्ने भयो ।

अब भने यहाँ राख्दा झन् जटिल हुने देखेपछि मलेसियास्थित नेपाली दूतावास, विभिन्न संघसंस्थाको सहयोगमा उनलाई उद्धार गरी सकुशल नेपाल फर्काउने पहल थालियो । उनलाई रोल्पाली सेवा समाज मलेसियाको समन्वय तथा संरक्षणमा प्रवासी नेपाली मञ्च मलेसिया तथा गैरआवासीय नेपाली संघ मलेसियाको सहयोगमा मलिन्डो एयरलाइन्सको उडानबाट नेपाल फर्काइएको हो ।

रोल्पाली सेवा समाज मलेसियाले उनलाई स्वदेश फर्किन आवश्यक पर्ने कागजात बनाउन चाहिने आर्थिक रकमको जोहो गरेको थियो भने एनआरएनए केन्द्रीय समितिका वरिष्ठ युवा उपाध्यक्ष नारायण अधिकारीले हवाई टिकटको व्यवस्था गरेका थिए । उनलाई ह्वीलचेयरमा राखेर स्वदेश फर्काइएको रोल्पाली सेवा समाज मलेसियाले जनाएको छ ।

उनी १४ महिनादेखि मलेसियामा गैरकानुनी रूपमा बस्दै आएका थिए । मलेसिया आउने नेपालीको संख्या बढेसँगै गैरकानुनी रूपमा काम गर्नेको संख्या पनि उच्च रहेको भन्दै गैरकानुनी नबन्न र कम्पनी छोडेर नभाग्न दूतावासले अनुरोध गरेको छ ।

गैरकानुनी रूपमा बसेकाले बिरामी परेमा अस्पतालले भर्ना लिन नमान्ने, सामाजिक सुरक्षा कोष (सोक्सो)ले सहयोग नगर्ने तथा इमिग्रेसनले पक्राउ गरेको अवस्थामा करिब तीन महिनासम्म कैद सजाय हुने र कैद सजायपछि डिपोर्ट गरिदिने व्यवस्था छ ।

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

ज्ञानेन्द्र शाहको स्वाभाविक भुटान यात्रा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा गठबन्धनको प्रतिबद्धतापत्र : विद्युतीय चुलोमा अनुदानदेखि किसानलाई पेन्सनसम्म