प्रस्तावित सगरमाथा विमानस्थल निर्माणका लागि बजेट सुनिश्चितता छैन : मन्त्री पाण्डे

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ र २ स्थित जोगीदहमा निर्माण गरिने भनिएको प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माण नहुँने भएको छ । प्रस्ताबित सगरमाथा आन्तरिक विमानस्थलमा सरकारले बजेट विनियोजन नगरेकामा स्थानीय निराश भएका छन् ।

विमानस्थल निर्माणका लागि भन्दै त्रियुगा नगरपालिका–१ र २ जोगीदहमा निर्माण सुरु गरिएको सो विमानस्थलको रुख कटान गरी १५६ हेक्टर सामुदायिक वनको जग्गा खाली गराएर विमानस्थल निर्माणका लागि प्रव्रिmया अगाडि बढाइएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले उदयपुरको प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थलको स्थलगत अवलोकन गर्दै विमानस्थल निर्माणका लागि आवश्यक बजेट सुनिश्चित नहुँदा निर्माण कार्य रोकिएको बताएका छन् ।

सोमबार प्रस्तावित विमानस्थलको जग्गाको स्थलगत अवलोकन गर्न उदयपुर आएका मन्त्री पाण्डेले सरकारसंग विमानस्थल निर्माणका लागि आवश्यक बजेट नहुँदा विगत लामो समय देखि विमानस्थल निर्माणको काम रोकिएको समेत बताएका हुन् । मन्त्री पाण्डेले उदयपुरको प्रस्तावित सगरमाथा विमानस्थल निर्माणका लागि जग्गाको मुआव्जा समेत तिर्नु नपर्ने अवस्था रहेको, जग्गा प्राधिकरणका नाममा आइ सकेको अवस्थामा समेत सरकारले बजेट सुनिश्चित गर्न नसक्दा निर्माणको कार्य सुचारु गर्न नसकिएको बताउदै अब उदयपुरको प्रस्तावित सगरमाथा विमानस्थल निर्माणका लागि जनस्तरको सहभागीतासंगै स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले लागत स्टमेट तयार गरेर बजेट विनियोजन गर्नु पर्ने जानकारी दिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पाण्डेले नेपालमा पहिले निर्माण भएका विमानस्थल बन्द भएको अवस्थामा नयाँ विमानस्थल पनि सोही हबिगत व्यहोर्नु पर्ने र अर्को तर्फ आर्थिक संकटका कारण पनि नयाँ विमानस्थल निर्माण गर्न सम्भव नरहेको स्पष्ट पारे ।

प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थलको जग्गा अवलोकन निरीक्षणका क्रममा स्थानीय निर्माण समिति र प्रस्तावित सगरमाथा विमानस्थल निर्माण उपभोक्ता समितिद्धारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले विमानस्थल निर्माणका लागि सरकारले आर्थिक दायित्व बहन गर्न नसक्ने भएकाले रोकिएको हो ।

मन्त्री पाण्डेले राज्यसंग अहिले बजेट अभाव भएका कारण पनि सगरमाथा विमानस्थल निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न नसकेको बताउदै सबै पक्ष मिलेर, सबै पक्षको लागत सहभागितामा मात्र विमानस्थल निर्माण गर्न सकिने दाबी गरे । नागरिक उड्यान प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदिप अधिकारी, मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डेय, उदयपुर निर्वाचन क्षेत्र नं. १ का संघिय सांसद डाक्टर नारायण खडका सहित प्रस्तावित सगरमाथा विमानस्थलको स्थलगत अवलोकन गर्न आएका मन्त्रीले बजेट अभाव देखाउँदै जनस्तरको सहभागीतासंगै स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारले लागत स्टमेट तयार गरेर बजेट विनियोजन गरि विमानस्थल निर्माणको कार्य सुरु गर्नु पर्ने बताएपछि सो विमानस्थल निर्माण नहुँने देखिन्छ ।

संघीय सांसद डा. नारायण खड्काले भने हजारौं रुख काट्न लगाएर, यहाँको बातावरण बिगारेर अहिले विमानस्थल निर्माणको कार्य कुनै पनि बहानामा रोकिएमा जनता चुप लागेर नबस्ने टिप्पणी गरे । सांसद खड्काले राज्यले एउटा महत्वपूर्ण काम जग्गा प्राप्ती र प्रस्तावित विमानस्थल भित्रका रुख कट्ने काम सकिसकेको भन्दै अब यो वा त्यो बहानामा विमानस्थल निर्माणको कार्य रोकिए सयौं जनता लिएर आफु मन्त्रालय र नागरिक उड्यान प्राधिकरण घेराउ गर्न काठमाडौँ जाने बताए ।

सांसद डा. नारायण खड्काले आजभन्दा १५ वर्ष अघि देखि यो विमानस्थल निर्माण गर्न पहल भएको तर चुनाबी गफमा मात्र सीमित भएकोले अबका दिनमा काम गरेर देखाउनु पर्ने अवस्था आएको बताए । डा. खडकाले आफूले जुन सरकार आए पनि तत्कालीन अवस्थाका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई भेटेर प्रस्तावित सगरमाथा विमानस्थल निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउन र बजेट व्यवस्थापन गर्न अनुरोध गरेको भए पनि कसैले पनि बजेट व्यवस्थापन गर्न नसकेको बताए ।

नागरिक उड्यान प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदिप अधिकारीले भने उदयपुरको प्रस्तावित सगरमाथा विमानस्थल बातावरण लगायतका सबै प्रकारले उपयुक्त रहेको भन्दै आफुहरुले बजेट पाए तत्काल काम सुरु गर्ने स्पष्ट पारे । यस अघि पनि सरकारले बजेट विनियोजन नगरेको अवस्थामा आफुहरुले प्राधिकरणको तर्फबाट ५ करोड रकम विनियोजन गरेर काम गरेको बताउदै सरकारले बजेट सुनिश्चित नगरी प्राधिकरणले मात्र काम अघि बढाउन नसक्ने स्पष्ट पारे ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १ र २ को सामुदायिक वन क्षेत्रको १५७ हेक्टर वन अधिग्रहण गरि करिब २६ प्रजातिका ३० हजार रुख कटान गरि प्रस्तावित सगरमाथा विमानस्थल निर्माणको कार्य सुरु गरिएको भए पनि पछिल्लो समय करिव १५ हजार रुख कटानपछि विमानस्थल निर्माणको काम पूर्ण रुपले रोकिएको हो ।

तीन अर्ब भन्दा बढी निर्माण लागत लाग्ने विमानस्थलमा सरकारले बजेट विनियोजन गर्न नसक्दा बिमानस्थल निर्माण अनिश्चित भएको हो । त्रियुगा नगरपालिका–१ र २ मा पर्ने कङ्ग र मोतीयाही सामुदायिक वनको १३ हजार ६३७ वटा रुख कटान गरेर घाटगद्दी भएको छ । सामुदायिक वनले सो काठ बिव्रmी गर्न सकिरहेको छैन भने अहिले विमानस्थल निर्माण सम्बन्धी कुनै पनि काम अगाडि बढ्न सकेको छैन ।

निर्वाचनका समयमा मात्र विमानस्थल निर्माणको चर्चा हुने गरेको र अन्य समयमा यसको चर्चा नआउने गरेको स्थानीय वृषबहादुर श्रेष्ठ बताउँछन । २०२९ सालदेखि उदयपुरमा विमानस्थल बनाउने भनेर योजना अघि बढाइएको भए पनि गाईघाटको हवाई फिल्ड साँघुरो हुनुका साथै बस्ती उठाउन नसकिने भएकाले पछि जग्गा खोजी गर्दै जाँदा त्रियुगा नगरपालिका–१ र २ को सामुदायिक वन क्षेत्रको बाँझो जग्गामा सो विमानस्थल निर्माण गर्ने सर्बदलीय निर्णय अनुसार काम अगाडि बढेको हो ।

सात वर्ष अघि त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुख बलदेव चौधरीका पालामा स्थानीय सरकारको योजनाका रूपमा तत्कालीन प्रदेश १ का पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियत मार्फत प्रदेश सरकारबाट स्वीकृति प्राप्त गरी सङ्घीय सरकारमा योजना पेस भएको थियो । हालसम्ममा विमानस्थल निर्माणको काम बजेट व्यवस्थापन हुन नसक्दा विमानस्थल निर्माण अलपत्र परेको हो ।

प्रस्तावित सगरमाथा विमानस्थल निर्माण उपभोक्ता समितिका संयोजक बीरेन्द्र बस्नेतको अध्यक्षतामा र सो समितिका सचिव परमेश्वर घिमिरेले संचालनमा भएको सो कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, स्थानीय निर्माण समितिका सचिव नारायण ढकाल लगायतले विमानस्थलको ’boutमा मैदानमा आ आफ्नो धारण राखेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

मुगुमा चिसो छल्न न्यानो कपडा सहयोग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीमा ६ हजार १ सय १ जनाको उम्मेदवारी दर्ता