अंशुवर्माको शासन र पहिलो जनगणना

छैटौं शताब्दी वा करिब १५ सय वर्षपहिलेको अंशुवर्माको पालामा तत्कालको नेपाल उपत्यका वा हालको काठमाडौं उपत्यका कस्तो थियो ? हामी कल्पनासम्म गर्न सक्दैनौं । त्यसबेला पनि उपत्यकामा बसोबास विस्तार भएको इतिहासले बताउँछ । तत्कालीन नेपाल खाल्डोको बसोबास विस्तार र विकास निर्माणकै ’boutमा पनि इतिहासविद्बीच मतऐक्यता छैन । तथापि अंशुवर्माको पालामा वा ६५०।६० को दशकतिर असन इन्द्रचोकमा मात्र होइन स्वयम्भूदेखि हाँडीगाउँसम्मको क्षेत्रमा पनि बस्ती घना हुँदै गएको इतिहासविद्को मान्यता छ । शासन सञ्चालन गर्न अंशुवर्माले बनाएको कैलाशकुट दरबार पनि अहिलेको हाँडीगाउँ आसपासमा थियो भन्ने मान्यता इतिहासकारहरूको नभएको होइन । तर, यस कुरालाई प्रमाणित गर्ने कुनै आधार प्रमाण अहिलेसम्म फेला परेको छैन । कैलाशकुट भवन आसपासमा अंशवुर्माले बसालेको घना बस्तीलाई पछि विशालनगर भनियो, जुन विशालनगर हाँडीगाउँ उत्तरमा रहेको अहिलेको विशालनगर हो भन्ने मान्यता अधिकांश इतिहासविद्हरूको छ ।

अंशुवर्मा लिच्छवीकालका प्रसिद्ध राजा थिए । उनले मानदेवले निर्माण गरेको मानगृह दरबारबाट शासन नगरी आफ्नो छुट्टै दरबार कैलाशकुट भवन बनाएका थिए । लिच्छवीकालकै स्वर्णयुग मानिने अंशुवर्माकालको शासन व्यवस्था कस्तो थियो ? भन्ने कुराले हामीमा कौतूहल जगाउनु स्वाभाविक हो । प्राप्त ऐतिासिक तथ्यका आधारमा यहाँ यस’boutमा संक्षिप्त चर्चा गरिएको छ । अंशुवर्माले नेपालमा विसं ६५० देखि ६७७ सम्म विभिन्न पदले परिचित हुँदै अविच्छिन्न २७ वर्ष शासन गरेका थिए । प्रारम्भमा अंशुवर्माले सहायक प्रशासकको रूपमा ५ वर्ष, सामन्तको रूपमा ६ वर्ष, महासामन्तको रूपमा ९ वर्ष र महाराजाधिराजको रूपमा ७ वर्ष गरी २७ वर्ष शासन गरेका थिए । ‘महाराजाधिराज’ उपाधि ग्रहण गर्ने अंशुवर्मा नै नेपालको पहिलो राजा हुन् । अंशुवर्माले जनकल्याणका निम्ति नेपालको आर्थिक, सामाजिक, राजनीति, कलासंस्कृति तथा परराष्ट्र क्षेत्रका सम्बन्धमा निम्न सुधार गरेका थिए ।

१. आर्थिक क्षेत्र
अंशुवर्माको शासनकालमा नेपालले आर्थिक क्षेत्रमा उल्लेख्य प्रगति गरेको थियो । हरेक नागरिकको जीवनस्तर सुध्रिनुपर्छ भन्ने मान्यता राख्ने अंशुवर्माले कृषि, पशुपालन, वाणिज्य र उद्योगधन्दालाई पहिलो प्राथमिकता दिई सुधार गरी जनतालाई लाभान्वित बनाएका थिए ।

२. कृषि तथा पशुपालन
कृषि पेसामा सुधार ल्याउन अंशुवर्माले भूमिलाई नै वर्गीकरण गरिदिएका थिए । वर्गीकरणकै आधारमा जोतभोग गर्ने व्यक्तिले भूमिकर बुझाउनुपर्ने व्यवस्था अंशुवर्माले गरेका थिए । लिच्छवीकालकै कतिपय शिलालेखमा यति क्षेत्रफलको भूमिबापत यति ‘मानिका’ कूत लाग्ने कुरा नै उल्लेख भएको पाइन्छ । कृषि उत्पादन बढाउन विभिन्न स्थानमा कुलो, राजकुलो (तिलमक) को व्यवस्था गरेका थिए । यसैगरी, राजा अंशुवर्माले पशुपालन गर्ने कृषकलाई प्रोत्साहित गराउने व्यवस्था मिलाएका थिए । अंशुवर्माले राखेको बुङमतीको अभिलेखमा ‘कुखुरा, सुँगुर, मल्लको बच्चा र माछाको हेरचाहले खुसी भएका हामीबाट महाधिकरणले पस्न नपाउने गरी तिमीहरूलाई निगाह गरिएको छ’ भन्ने वाक्य लेख्न लगाएका थिए । शिलालेखका यी शब्दले अंशुवर्मा पशुपालन र कृषि उत्पादनबाट प्रसन्न थिए भन्ने बताउँछ ।

३. उद्योग तथा वाणिज्य व्यवस्था
अंशुवर्माको पालामा राज्यमा उद्योग वाणिज्यको अवस्था सुदृढ थियो । अंशुवर्माले गाउँबस्तीमा घरेलु तथा कुटिर उद्योग स्थापित गर्न प्रोत्साहित गराउँथे । प्रमुख घरेलु उद्योगमा लत्ताकपडा उद्योग, तेल (तैल्यशाला) उद्योग तथा तामाको भाँडाकुँडा (ताम्रकुटशाला) उद्योग पर्थे । उद्योग वाणिज्यलाई प्रोत्साहन गर्न व्यवसायीहरूलाई अंशुवर्माले फलाम, चमर, ऊन, कस्तूरी र तामाका भाँडाकुँडाबाहेकका अन्य चीजवस्तुमा भन्सार नलाग्ने व्यवस्था गरेको कुरा उनको टिस्टुङको शिलालेखले बताउँछ ।

४. मुद्रा तथा वस्तु विनिमय
अंशुवर्माले आफ्नो कार्यकालमा सुन, चाँदी र तामाका मुद्रा प्रचलनमा ल्याएका थिए । अंशुवर्माको तामाको मुद्रा अझै प्राप्त गर्न सकिन्छ तर सुन र चाँदीका मुद्रा भने अहिले पाइँदैन । अंशुवर्माले प्रचलनमा ल्याएको पशुपति अंकित मुद्रा उनीपछिका राजाहरूले पनि प्रचलनमा ल्याएका थिए । मुद्रालाई वस्तु विनिमय (खरिद बिक्री) को माध्यमको रूपमा प्रयोग गरिन्थ्यो । वस्तु विनिमय गर्ने व्यापारीकै सुरक्षार्थ अंशुवर्माले ठाउँ ठाउँमा सुरक्षा चौकीको व्यवस्था गरेका थिए । सुरक्षा चौकीलाई त्यसबेला गुल्म भनिन्थ्यो । गुल्ममा खटिने सुरक्षा अधिकारीलाई ‘गौल्मिक’ भनिन्थ्यो ।

५. सामाजिक सुधार
अंशुवर्माको समयमा लिच्छवी समाज वर्ण व्यवस्थामा आधारित थियो । वर्णव्यवस्थाअनुसारको आचरण नगरेमा ‘धर्मसंकट’ हुन्थ्यो । धर्मसंकटसम्बन्धी मुद्दा उठेमा त्यसलाई सोझै दरबारमा झिकाई छिनोफानो गरिदिने प्रथा थियो । अंशुवर्मा शैव धर्मावलम्बी थिए । आफू शिवको उपासक भए पनि अन्य धर्ममा पनि उनी उतिकै श्रद्धा राख्थे । उनले वैष्णव र बौद्ध धर्मलाई पनि आदर गर्थे । अंशुवर्माले ‘राजविहार’ नामको बौद्धविहार बनाएका थिए । कतिपय बिहारमा अंशुवर्माले खानेपानी धाराको पनि व्यवस्था गरिदिएका थिए ।

६. शिक्षा र कला
अंशुवर्मा आफैंमा विद्वान् थिए । चिनियाँ यात्री युवान चाङको नेपालमा भएको यात्रा वर्णनमै यो कुरा उल्लेख छ । युवान चाङले अंशुवर्माले ‘शब्द विद्या’ नामको ग्रन्थ रचना गरेको उल्लेख गरेका छन् । आफैं विद्वान् भएकाले अंशुवर्मा विद्वान्हरूको कदर गर्थे । ‘चन्द्रव्याकरण’ का रचनाकार चन्द्रवर्मा गोमीलाई अंशुवर्मा सम्मान गर्थे । लिच्छवीकालको कला संस्कृति अंशुवर्माको पालामा उत्कर्षमा पुगेको कैलाशकुट भवनको निर्माणको झलकले नै पुष्टि गथ्र्याे । कैलाशकुट भवनको बीचमा साततले तामाको छाना भएको बुर्जा थियो । यसका दलिन, डाडली, कठवार, खम्बा आदि सुन्दर किमती पत्थरले बनेका थिए । बुर्जाको चार सुरमा तामाको नल राखिएको थियो । नलका तलतिर सुनौलो गोहीको आकृति थियो । बुर्जामाथि हासिएको पानी नलबाट तल झर्दा छहराकै रूपमा सुनौलो गोहीको मुखबाट बाहिर निस्कन्थ्यो भन्ने वर्णन त्यसताकाका प्रसिद्ध चिनियाँ दूत वाङ हुयुनसेनले गरेका थिए, जुन इतिहासमा यध्यापि छ ।

७. विदेश नीति
अंशुवर्मा सफल कूटनीतिज्ञ थिए । उनको पालामा नेपालको परराष्ट्र नीति सबल थियो । दुईतर्फका दुई ठूला छिमेकी मुलुक भारत र तिब्बत तथा चीनसँग अंशुवर्माले राम्रो सम्बन्ध राखेका थिए । चीनका शक्तिशाली सम्राट्कै रूपमा परिचित ‘स्रङ्चङगम्पो’सँग छोरी भृकुटीको विवाह गरिदिएर चीनसँगको सम्बन्ध अंशुवर्माले अझै घनिष्ठ बनाएका थिए । कुशल राजनीतिज्ञ अंशुवर्माले भारतीय सम्राट् हर्षवद्र्धनसँग पनि उत्तिकै घनिष्ठ सम्बन्ध स्थापित गरी नेपालको सार्वभौमसत्ताको संरक्षण गरेका थिए । दुवै छिमेकीसँगको द्वौत्य सम्बन्ध अंशुवर्माकै दूरदर्शिताको परिणाम थियो । नेपालले पछि अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति अंशुवर्माकै कूटनीतिको उपज ठान्नु अत्युक्ति हुँदैन ।

लिच्छवीकालकै स्वर्णयुग मानिने अंशुवर्माकालको शासन व्यवस्था कस्तो थियो ? भन्ने कुराले हामीमा कौतूहल जगाउनु स्वाभाविक हो । प्राप्त ऐतिासिक तथ्यका आधारमा यहाँ यस’boutमा संक्षिप्त चर्चा गरिएको छ

लिच्छवीकाल वा अंशुवर्माको समयमा सिंगो नेपाल र नेपाल उपत्यकाको जनसंख्या कति थियो ? यो कुरा इतिहासमा कतै उल्लेख छैन । तथापि लिच्छवीकालमा मौलाएको काला र संस्कृतिको विकासले त्यसताकाको जनसंख्या यथेष्ट भएको जनाउँछ । जनगणनाको प्रचलन त्यसताका थिएन । बसोबासको अवस्था प्रस्तुत गर्ने झलक इतिहासमा उल्लेख गरिएका शब्दबाहेक अन्य छैन । अंशुवर्माको समयभन्दा करिब १२५० वर्षपछि नै नेपालमा सर्वप्रथम जनगणना लिने प्रचलन सुरु भएको थियो । जनगणना प्रारम्भ गर्ने पहिलो व्यक्ति राणा प्रधानमन्त्री जंगबहादुर थिए । जनगणनाको प्रवर्तक जंगबहादुर राणाको समयको वा करिब १७० वर्षपहिलेको काठमाडौं उपत्यकाको बस्तीको दृश्य तलको नक्सामा दिएअनुसार थियो भने त्योभन्दा करिब १२५० वर्षपहिलेको नेपाल उपत्यकाको बसोबासको अवस्था कस्तो थियो ? कल्पनासम्म गर्न सकिन्छ । यस’boutमा हाल प्रसारणमा आएका भ्रामक सन्देश’boutको वास्तविकतासहित पहिलो जनगणना’boutमा संक्षिप्त चर्चा गरौं ।

स्मरण रहोस्, सूचना प्रविधिको विकास र विस्तारसँगै प्रसारित हुने भ्रामक सन्देशको प्रभावमा जोसुकै पनि गर्न सक्छ । नयाँ कुरा जानकारी भएको ठानी दंग परिन्छ । तर, प्रसारित सन्देशको तथ्य वा सत्यताका ’boutमा सोच विचार गर्ने जानकार व्यक्तिले प्रसारित सामग्री भ्रामक पनि ठान्न सक्छन् । हामीले विश्वास गरेकै सामग्री गलत भए त्यसको असर आजीवन पर्न सक्ने कुराप्रति हामी सचेत बन्नुपर्छ ।

हामीले स्रोत सामग्री मानेकै कतिपय सूचना सामग्रीहरू गलत र काल्पनिक हुन सक्ने भएकाले थाहा पाउनासाथ नबुझी पत्याइहाल्नु हुँदैन भन्ने स्तम्भकारको मान्यता हो । हामीले देखेकै छौं, मिडियामा आएका हजार वर्ष, पाँच छ सय वर्ष, दुई तीन सय वर्ष पुराना तस्बिर भनी प्रसारण गरिएका सामग्रीहरू । दृष्टान्तका निम्ति आलेखमा दिइएको यही तस्बिरलाई काठमाडौं उपत्यको पाँच सय वर्ष पुरानो तस्बिर भनी प्रसारण गरिएको छ । यो तस्बिर विसं १९१० मा जंगबहादुर राणाले काठमाडौंको पहिलो जनगणना गर्दा खिँचिएको हो । यो तस्बिर स्वयम्भूको थुम्कोबाट खिँचिएको थियो । यो तस्बिर पाँच सय वर्ष पुरानो होइन १७० वर्ष पुरानो मात्रै हो ।

फोटो खिँच्ने क्यमराको आविष्कारै नभएको समयका भनिएका तस्बिर सक्कली होइनन् । त्यसलाई चिनाउन राखिएको क्याप्सन पनि नक्कली वा काल्पनिक हो भन्ने कुरा हामीले बुझ्नुपर्छ । किनकि विश्वमै फोटो खिँच्ने क्यामराको आविष्कार सर्वप्रथम सन् १८२६ वा विसं १८८२ मा भएको थियो । फ्रान्सका जोसेफ नित्सेले क्यामरा आविष्कार गरेका थिए । यसपछि विसं १८९०।९५ तिर केही युरोपियन मुलुकमा क्यामराको प्रयोग हुन थाल्यो । नेपालमा क्यामराको प्रयोग गर्ने पहिलो व्यक्ति जंगबहादुर थिए । जंगबहादुरले विसं १९०६ मा बेलायतको भ्रमणबाट फर्कंदा घरायसी प्रयोगका निम्ति २–३ वटा क्यामरा ल्याएका थिए । विसं १९१५।२० सम्म नै क्यामरा सर्वसाधारणको पहुँचबाहिरै थियो । राणा परिवारका अहिले पाइने तस्बिर सक्कली तस्बिर हुन् । करिब २–३ सय वर्ष पहिलेको भनिएका सबै तस्बिर सक्कली होइनन् । कलाकारले बनाएका तस्बिर हुन् ।

नेपालमा सर्वसाधारण नागरिकको हातमा काठमाडौं उपत्यकाभित्र क्यामरा पर्न थालेको विसं १९३०।३५ बाट मात्रै हो । तथापि फोटो खिँच्ने पेसाको रूपमा क्यामराको प्रयोग हुन थालेको विसं १९४०।५० पछि नै हो । यहाँ दिइएको तस्बिर नेपालको सबैभन्दा पुरानो सक्कली तस्बिरमध्येकै एक हो । यो तस्बिर जंगबहादुरले काठमाडौंको जनगणना गर्न खटाएका कप्तान सताराम खत्री र सुबेदार जगत खत्रीले जनगणना समाप्त गरेपछि स्वयम्भूको थुम्कोबाट खिँचेका थिए ।

स्मरण रहोस्, विसं १९१० मा काठमाडौंको घनाबस्ती विष्णुमती नदी पूर्व, बागमती पश्चिम, ठमेलस्थित चौकीटोल दक्षिण र टेकु कालीमाटी उत्तर यति चारकिल्लाभित्र पथ्र्याे । त्यसबेला काठमाडौंमा जम्मा ७८८२ घर परिवार बस्थे । तस्बिरमा यही क्षेत्रको दृश्यलाई फोकस गरिएको छ । जनगणना गर्न खटिएका कप्तान सताराम खत्री र सुबेदार जगत खत्रीले गणना सम्पन्न गरी विसं १९११ जेठ सुदी २ मा पेस गरेको प्रतिवेदनमा काठमाडौंको जनसंख्या ४६,७५५ थियो । जंगबहादुरले गराएको यो जनगणनालाई राष्ट्रिय महŒव दिइएको छैन । यसो गर्नुको कारण पनि यो जनगणना सिंगो मुलुकको थिएन केवल काठमाडौंको मात्रै थियो । पछि राणा प्रधानमन्त्री चन्द्रशमशेरले विसं १९६८ सालमा नेपालभरकै जनगणना गराएपछि त्यसैलाई पहिलो जनगणना मानिएको हो ।

काठमाडौंको पहिलो जनगणना लिने उल्लिखित गणक सताराम खत्री र जगत खत्रीका सन्ततिहरू अहिले पनि उपत्यकाभित्रै रहेका हुन सक्छन् । पुर्खाले गरेको त्यो ऐतिहासिक कार्य’boutमा उनीहरू जानकार होलान्, नभए पनि उल्लिखित कार्य उनीहरूका निम्ति गर्वको विषय बन्न सक्छ । नक्सामा प्रदर्शित विसं १९१० को दृश्य हेर्दा, यो हालको तराईको खुला फाँटको तस्बिरजस्तो लाग्छ भने करिब १५ सय वर्षपहिलेको अंशुवर्माको पालाको काठमाडौंको दृश्य कस्तो थियो होला ? कल्पना गरौं ।

तपाइको प्रतिक्रिया
(Visited 91 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

मुगुमा चिसो छल्न न्यानो कपडा सहयोग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कलैयामा मनोनयन प्रक्रिया सुरू