सशस्त्र प्रहरीको तालिम: सीमावासी युवालाई आत्मनिर्भर बनाउने पहल

कपिलवस्तु । कपिलवस्तु जिल्लाका सीमावर्ती क्षेत्रका युवालाई रोजगारीका अवसरहरू सिर्जना गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल २८ नम्बर गण कपिलवस्तुले १० दिने कपाल काट्ने तालिम सम्पन्न गरेको छ। सीमावासीहरू सँगको सम्बन्ध र सहकार्यलाई अझ प्रगाढ बनाउँदै, युवा पुस्तालाई स्वरोजगारको क्षेत्रमा आकर्षित गर्ने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको गणपति सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डेले बताए। तालिमको आयोजनाले सीमावासी युवालाई स्वावलम्बी बनाउने तथा रोजगारमूलक अवसर प्रदान गर्ने छ” उनले भने।

यो तालिममा सीमावर्ती ६ पालिकाका २६ वडाका विपन्न समुदायका युवाहरूको सहभागिता रहेको थियो। सहभागीहरूको छनोट सशस्त्र प्रहरी वर्डर आउट पोस्ट र वडा कार्यालयले समन्वय गरी गरेको थियो। सीमा सुरक्षा गुल्म कृष्णनगरका गुल्म पती, सशस्त्र प्रहरी नायव उपरीक्षक अरुण कुमार सिंहका अनुसार, “तालिमका सहभागीलाई कपाल काट्ने सीप सिकाउनका साथै भविष्यमा स्वरोजगार र व्यवसाय सञ्चालन गर्न मद्दत पुर्‍याइनेछ।” यस कार्यक्रमको उद्देश्य सीमावासीहरूको जीवनस्तर सुधार्नु र उनीहरूको भव्य भविष्यका लागि नयाँ अवसरहरू सिर्जना गर्नु हो।

तालिममा सहभागी कृष्णनगर नगरपालिका ५ का रमेश पासीले भने, “यस तालिमले मलाई कपाल काट्ने कला सिकाएको मात्र होइन, यसले मलाई आत्मनिर्भर बन्नका लागि मार्ग प्रशस्त गरेको छ। अब म कपाल काटेर आफ्नै व्यवसाय सञ्चालन गर्न सक्छु।” यसरी, सशस्त्र प्रहरी द्वारा सञ्चालित यस्तो तालिमले युवाहरूको सिपको विकासमा सहयोग पुर्याउदै उनीहरूको आत्मनिर्भरता र आर्थिक समृद्धि तर्फ एक महत्त्वपूर्ण कदम अघि बढाएको छ।

सशस्त्र प्रहरी बलले यस प्रकारका विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै सीमावासीहरूको विकास र सशस्त्र प्रहरीसँगको सहकार्यलाई थप मजबुत बनाउने लक्ष्य राखेको छ। आगामी दिनहरूमा यस्ता अन्य तालिमहरूको आयोजनासँगै सीमावासी युवाहरूलाई जीवनमा थप अवसर र समृद्धि प्राप्त गर्नका लागि प्रेरित गरिने बताइएको छ।

तपाइको प्रतिक्रिया
(Visited 129 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

विपद् प्रतिकार्यका लागि सशस्त्रको ५३ औँ टोली तयार, डीआईजी धौवजीले गरे तालिमको समापन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा हार स्वीकारेर घर पुगेका उम्मेदवार ३ मतले विजयी भएपछि...