तातोपानीमा गाउँसभाको १६ औं अधिवेशनबाट १७ वटा कार्यविधि तथा ऐन पारित

जुम्लाको तातोपानी गाउँपालिकामा गाउँसभाको १६ औं अधिवेशनबाट १७ वटा कार्यविधि तथा ऐन पारित भएका छन्।

आज सम्पन्न अधिवेशनबाट घर बिमा सम्बन्धि कार्यविधि, २०८१, एकल पुरुष भत्ता वितरण सम्बन्धी कार्यविधि, २०८१, लोकसेवा आयोगको निशुल्क कक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८१,अटो रिक्सा सम्बन्धी सञ्चालन तथा व्यवस्थापन सम्बन्धी ऐन, २०८१, तातोपानी गाउँपालिका व्यावसायिक पंक्षी फर्म तथा ह्याचारी सञ्चालन सम्बन्धी कार्यविधि,२०८१,तातोपानी गाउँपालिकाको विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम सम्बन्धी कार्यविधि, २०८१ पास भएका छन्।

यस्तै तातोपानी गाउँपालिका जुम्लाको लागि नर्सरी सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८१, पोषणमैत्री वडा तथा पालिका घोषणा सम्बन्धी कार्यविधि, २०८१,ढुङ्गा गिट्टी बालुवा उत्खनन सम्बन्धी मापदण्ड, २०८१,घर नक्सा पास सम्बन्धी कार्यविधि, २०८० (पहिलो संशोधन),तातोपानी धारा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७९ (पहिलो संशोधन) कन्टिजेन्सी रकम व्यवस्थापन र खर्च सम्बन्धी कार्यविधि, २०८१,छाउपडी प्रथा विरुद्धको कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१,बाल सहभागिता कार्यविधि, २०८१,बालबिवाह निरोत्साहित निर्देशिका, २०८१ र बाल बालिकाहरु माथि हुने सबै प्रकारका हिंसा उजुरी सुनुवाई कार्यविधि, २०८१ पारित भएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायतले नयाँ कर्णालीलाई जानकारी दिएका छन्।

तातोपानी गाउँपालिकामा गाउँ सभाको १६ औं अधिवेशनमा उपाध्यक्ष रेवती रावलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक वित्तीय भाैतिक प्रगति विवरण अनुमाेदन गरिएको प्रमुख प्रशासकीय अधिकृत कठायतले बताए।
भाैतिक प्रगति विवरण अनुसार ९ वटा याेजना अनुगमन समितिबाट अनुगमन गरि अन्तिम भुक्तानी भएका छन्।

पालिका भित्रका २९ वटै सामुदायिक विद्यालयहरुमा स्थानीय कृषि उपजमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम लागु गरिएको छ । जुन कार्यक्रम बाट करिब २८ सय विद्यार्थीहरु स्थानीय अर्गानिक खाजाबाट लाभान्वित भएका छन् । त्यसैगरि १५ वटा सामुदायिक विद्यालयमा भान्सा घरको निर्माण र मर्मत कार्य शुरु भएको छ । विभिन्न गैरसरकारी संघ संस्था संगको समन्वय, सहजीकरण र साझेदारीमा बालमैत्री कक्षाकोठा, खानेपानी धारा, खेलमैदान, घेराबार लगायतका शैक्षिक संरचनाको मर्मत र निर्माण कार्यलाई तिव्रता दिईएको छ । शिक्षकहरुको क्षमता अभिवृद्धि गर्न विभिन्न तालिम सञ्चालन गर्नुका साथै बालविकास देखि कक्षा ३ सम्म का कक्षाकोठाहरु छापामय बनाईएको छ ।

यसका अलवा तातोपानी गाउँपालिकाले गत आर्थिक वर्ष २०८०।०८१ को वार्षिक नीति तथा कार्यक्रममा वैशाख मसान्त भित्र वित्तिय समानिकरण अनुदान अन्तर्गत सञ्चालित सम्पूर्ण योजनाहरुको कार्य सम्पन्न गरि अन्तिम भुक्तानी दिने नीति लिएकोमा सोहि बमोजिम कार्य सम्पादन गर्दै आएको उपाध्यक्ष रेवती रावलले बताइन । हालसम्म ७१ वटा आयोजनाको सम्झौता कार्य सम्पन्न गरिएको छ भने २० वटाको पेश्की रकम उपलब्ध गराईएको र ९ वटा योजनाको अन्तिम भुक्तानी भइसकको छ।

असारे विकासको प्रवृतिलाई अन्त्य गर्नका लागि वैशाख मसान्त भित्र योजनाको कार्यसम्पन्न गरि अन्तिम भुक्तानी दिने लक्ष्य लिईएको अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए । आजको अधिवेशन बाट पारित भएका ऐन तथा कार्यविधिले कार्यसम्पादनमा टेवा पुर्याउने अध्यक्ष चाैंलागाईले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२७ वर्षपछि दिल्लीमा भाजपा सरकार, केजरीवाल पराजित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पर्सा गाउँपालिकामा कांग्रेसकै अध्यक्ष र उपाध्यक्ष निर्वाचित