कवाडमा थन्काइएको एम्बुलेन्स मुगु अस्पतालले सञ्चालनमा ल्याउँदै

मुगु । जिल्ला अस्पाताल मुगुमा रहेको एम्बुलेन्स बिग्रेर कवाड भन्दै थन्काइएको एम्वुुलेन्स पुनः मर्मत गरेर सञ्चालनमा ल्याइन थालिएको छ । उक्त एम्बुलेन्स ४ बर्ष अगाडी बिग्रेर काम लाग्दैन भनेर कवाडमा थन्किएको एम्बुलेन्सलाई मर्मत गरेर पुनः सञ्चालनमा ल्याउन लागिएको हो ।

जिल्ला अस्पाताल विकास समिति मुगुका अध्यक्ष गजेन्द्रबहादुर मल्लको विशेष पहलमा एम्वुलेन्स मर्मत गराई सन्चालनमा ल्याउन थालिएको र सामान्य बिग्रेर कवाड भन्दै ४ बर्ष अगाडीदेखि थन्काइएको हुँदा मर्मत गराइ पुरै नयाँ अबस्थामा ल्याई सन्चालनमा आउने भएको बताइएको छ ।

अस्पातालमा एउटै एम्बुलेन्सले विरामीलाई सेवा दिदै आएकोमा अब केही समयपश्चात दुईवटा एम्बुलेन्सले विरामीको सेवा दिने भएको जिल्ला अस्पाताल ब्यवस्थापक तथा कार्यालय प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी दिए ।

जिल्ला अस्पाताल मुगुमा रहेको उक्त एम्बुलेन्स बिग्रेर कवाडमा थन्काइएपछि पुन नयाँ एम्बुलेन्स खरिद गरिएको थियो । एउटै एम्बुलेन्स सञ्चालनमा रहेको हुँदा विरामीको चाप बढीरहेको अवस्थामा निकट भबिष्यमा जिल्ला अस्पाताल मुगुमा २ वटा एम्वुलेन्सले बिरामी बोकेर सेवा दिने जनाइएको छ ।

राज्यको सम्पत्ती दोहोन गर्नु भनेको भष्ट्रचार हो, त्यसैले संस्थामा रहेको जुन सामाग्रीलाई मर्मत सम्भार र सुरक्षा गरेर उपयोगमा ल्याउनु पर्छ, त्यो नै संस्था र आम मानिसको हित हो भन्दै पुरानो चार बर्षदेखि थन्किएको एम्बुलेन्सलाई मर्मत गरी प्रयोगमा ल्याउन थालिएको अस्पाताल विकास समितिका अध्यक्ष मल्लले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२७ वर्षपछि दिल्लीमा भाजपा सरकार, केजरीवाल पराजित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको बगनासकाली गाउँपालिकामा प्रमुख पदमा चार जना महिला प्रतिस्पर्धामा