इलाम । इलाम फाकफोकथुम गाउँपालिका ३ सल्लेरीकी १९ वर्षीय विमला कट्टेल गाडिएको अवस्थामा शव फेला परेको छ । गर्भवतीसमेत रहेकी उक्त महिला हराएको १५ दिनमा पुरेको अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार शव गाडिएको अवस्थामा आज फेला परेको छ । फाकफोकथुम गाउँपालिका– २ धार्ने खोप दाहाल गोलाई भन्ने स्थानमा महिलाको शव फेला परेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार शव उत्खनन गर्ने कार्य भइरहेको छ । शव उत्खनन गर्ने र कानुनी प्रक्रिया पुरा गरेर थप अनुसन्धान गर्ने प्रहरीको भनाई छ । इलामको देउमाई नगरपालिका जितपुर माइत रहेकी महिला गएको चैत्र १ गतेदेखि बेपत्ता रहेको जनाइएको छ । महिला हराएपछि विमलाका ससुरा कृष्णलाल गिरीले प्रहरीमा बुहारी हराएको उजुरी दिएको उल्लेख छ ।
विमलाका श्रीमान् उमेश गिरीले मारेर गाडेको बयान दिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित समाचार










