इतिहास दोहरिन बेर छैन

समय र परिस्थितिले मानिसलाई कहाँकहाँ पु¥याउँछ भन्ने कुरा सुन्दा अचम्म लाग्ला । जब आफैंले भोग्छ अनि मात्र वास्तविक रहेछ भन्ने विश्वास गर्छ । समयभन्दा बलवान् कोही नहुने रहेछ । अचानक हाम्रो देशको दक्षिणमा पर्ने छिमेकी राष्ट्र चीनको वुहान भन्ने प्रान्तमा सालको अन्तिम महिनाको अन्ततिर कोभिड–१९ भन्ने महामारी रोगले संक्रमित भएको खबर विभिन्न सञ्चारमाध्यमले प्रचारप्रसार गरे । त्यतिबेलासम्म यो रोग’bout हाम्रो देशले कुनै मतलबै गरेन । चीनको संक्रमित स्थानमा लकडाउन गरेको समाचार चिनियाँ राष्ट्रपतिले जनताको नाममा सम्बोधन गरिएको भाषण सुनेर चिनिया डाक्टर, नर्स, सरकारी कर्मचारी, युवा पुस्ता खटिए । राष्ट्रपतिले जसको क्षमता जे छ, स्वयंमसेवकको रूपमा उत्साहित भएर लाग्नू भने । राष्ट्रपतिको शब्दशब्दको ख्याल गर्दै यो एक प्रकारको युद्ध हो, युद्धलाई जित्नु हामी सबैको कर्तव्य हो, चिनियाँले युद्धमा हार्न जानेको छैन भन्दै सबै एक जुट भए ।

सबैले सकेको ठाँउबाट मद्दत गर्नु भनेर सम्बोधन गरेकोलाई मनन गरी उद्यमी, व्यापारी, व्यवसायी, मजदुर, सेना सम्पूर्णको लागि चौबीसै घण्टा के दिन के रात भनी रातारात खती १० हजारको अस्पताल एक सातामा तयार गरेर देखाए । संक्रमितको लागि चाहिने खाना, फलफूल, लुगा, कफी सबै मिलेर घरघरमा सितैमा उपलब्ध गराइदिए । संक्रमित क्षेत्रमा राष्ट्रपति आफैं तीन÷चारपटक पुगेको, टिभीमा बिरामीहरूले लकडाउनमा घरमै बसिरहेको, ज्येष्ठ नागरिक होस् या युवा खुसी भएर हात हल्लाएर सम्बोधन गरेको खुसीले आँसु झारेको देखाए । यसरी सबै अनुशासित भएर चीनमा ४०÷४५ दिनमा लकडाउन खुकुलो गरिएको खबर आए । बिस्तारै एकपछि अर्को उद्योग, व्यवसाय खुला गरी साधारण जीवनयापन गर्ने वातावरण बनाए ।

त्यस्तैगरी, हाम्रो देशको उत्तरी भागमा पर्ने खुला सिमानाले जोडिएको छिमेकी राष्ट्र भारतमा कोभिड–१९ संक्रमितको संख्या र मृत्यु हुनेको संख्याको तथ्यांक विभिन्न सञ्चार माध्यामबाट प्रचारप्रसार गरिरहे । सिमानासँगै जोडिएको जिल्लाजिल्लामा मानिसहरू दैनिक ओहोरदोहोर हुनु स्वाभाविक हो । झन्डै २९ नाकाबाट दैनिक नेपाली मजदुरहरू हजारौं संक्रमित भएको नभएको परीक्षण नै नगरी गाडीमा राखी भेडा बाख्रालाई छोडेझैं छोड्न ल्याएको टिभीमा देखाइरहे । यसलाई कसरी रोक्नुपर्ला भनी राज्य सञ्चालकहरूले सोचै राखेनन् । बरु हाम्रा प्रधानमन्त्रीज्यू उखानटुक्का भन्दै ठट्टाकै रूपमा बेसारपानी कोरोनाको औषधि र नेपालीको क्षमतालाई कोरोनाले नभ्याउने र पशुपतिनाथले हामी सबैलाई रक्षा गर्ने भनाइ राख्दै सम्बोधन गर्नुभयो ।

स्थानीय सरकार र प्रदेश सरकारलाई ध्यानमा राखी स्वयंसेवक तयार गर्नू भनी निर्देशन दिनुका साथै बिना हतियार युद्धभूमिमा खटिएका डाक्टर, नर्स र स्वयंसेवकहरूलाई निर्धकसँग सेवा गर्ने वातावरण बनाउनुपथ्र्यो ।

राज्य सञ्चालकहरूले समयमै खुला सिमाना जहाँजहाँ छ, त्यस क्षेत्रमा आवतजावतमा कडाइ गर्नुपथ्र्यो । मजदुरका रूपमा भारतबाट फर्किएकालाई राज्यको नियमानुसार १४ दिन क्वारेन्टाइनमा राख्ने बन्दोबस्त गर्नुपथ्र्यो । प्रत्येक प्रदेशमा कम्तीमा ४÷४ हजार अटिने दुई÷दुईवटा संक्रमितका लागि अस्पतालको बन्दोबस्त गर्ने, प्रत्येक प्रदेशका स्वास्थ्यकर्मीहरूलाई राष्ट्रभक्तिको भावनाबाट प्रेरित बन्ने भावनात्मक सम्बोधनमा आउनु उपयुक्त हुन्थ्यो । स्वास्थ्यकर्मीहरूलाई निर्धक्कसँग सेवा गर्ने वातावरण र निजी अस्पतालहरूलाई संक्रमित परेको समयमा सबैलाई हातमा हात राखेर अगाडि बढ्ने वातावरण बनाउन अनुरोध गर्नुपथ्र्यो । यी उपाय अवलम्बन गर्ने र कार्यान्वयनका लागि स्थानीय सरकार र प्रदेश सरकारलाई पूर्ण रूपमा जिम्मेवारी दिने र त्यसको निरीक्षण केन्द्रीय सरकारले गरिए प्रभावकारी हुने थियो । राज्य सञ्चालकहरूले देशका मजदुरी गरी खाने, सर्वसाधारण जनता व्यवसायीहरूको स्थिति के होला नसोची विदेशीले कोरोनासम्बन्धी अपनाएका सहज बाटो लकडाउन, सटडाउन र निषेधाज्ञा जारी गरी खाली कुर्सी जोगाउने काम मात्र गरे ।

११ चैत २०७६ बाट लागू गरिएको लकडाउनको समयमा (राज्यसम्बन्धी) विशेष ध्यान दिएर खुला सिमाना पूर्ण रूपमा नाका बन्द गरिएको भए अहिले जनताले यति दुःख भोग्नुपर्ने थिएन । राज्य सञ्चालकहरू खाली कमिसन कहाँ आउछ, त्यस्तै मात्र ध्यान केन्द्रित भएको पाइन्छ । असार मसान्तसम्म खर्च गर्न नसकी बाँकी भएको बजेट कहाँकहाँ छ, आफ्नो नजिकको सांसदको जिम्मा लगाउने, जसमा १ लाख खर्च गरेर १ करोडको बिल पेस गरे पुग्ने र सबै जिल्लाजिल्लामै खर्च भएको देखाएर बिल पास गर्नेलाई थर्काएर हुन्छ कि केही प्रतिशत दिएर आफ्नो मान्छेलाई भोलि निर्वाचनका लागि विकासप्रेमीको नारा दिलाउने वातावरण तयार गरेको पाइन्छ ।

नेपाल सरकारले वनाएको आइसोलेसन’bout संक्रमित भएर आइसोलेसनबाट फर्केका सञ्चारकर्मीले नयाँ पत्रिकामा मिति १२ भदौ २०७७ मा जनकपुरका सञ्जय शाहको भनाइअनुसार संक्रमित व्यक्तिले पौष्टिक खाना खानुपर्छ भनिन्छ तर आइसोलेसनको खाना कुनै दृष्टिले पनि गुणस्तर युक्त थिएन । ७०÷७५ वर्षका वृद्ध मधुमेहका रोगी पनि संक्रमित थिए । उनीहरूलाई आलु र भात खान परेपछि स्वास्थ्य झन् बिग्रियो । सुगर लेभल बद्दा ती वृद्धले दुई दिन त खाना नै खाएनन् । उनको स्वास्थ्य अवस्थाको ’boutमा जानकारी गराउँदा पनि कसैले कुनै चासो देखाएनन् । दारुण अवस्थाका आइसोलेसनहरूमा संक्रमित व्यवस्थापन निकै कर्मकाण्डी र अमानवीय छ । त्यसमा सुधार गर्न नसकिए ती मानव बधशाला बन्न बेर छैन ।

जताततै फोहर भरिएको आइसोलेसन सँुगुरको खोरजस्तो थियो । खानेपानीको व्यवस्था र सरसफाइका लागि साबुनसमेत थिएन । एक दिन आएका चिकित्सक पनि ब्याट्री नभएको थर्मलगन लिएर आएका थिए । त्यसपछि चिकित्सक कहिल्ये देखिएनन् । स्वास्थ्य अवस्था नियमित जाँच गर्नुपर्छ भनेर हामीले माग गरेपछि सरसफाई कर्मी (स्विपर)को हातमा थर्मलगन थमाएर पठाइयो । पीपीई लगाएका व्यक्तिले मेरो तापक्रम जाँच गरेपछि मैले तापक्रम कति छ भनेर सोधें । जवाफमा ती व्यक्तिले भने मलाई के थाहा ? ‘म त सरसफाइ गर्ने मान्छे हुँ ।’ स्विपरलाई तापक्रम जाँच गर्न लगाएर हाम्रो स्वास्थ्यलाई मूल्यहीन मज्जाक बनाइयो । महामारीको संक्रमण भएका मानिसको स्वास्थ्यमाथि यति हदसम्मको लापर्बाही हुन्छ भन्ने कल्पनातित थियो । तर, म अनि त्यो भोगेर फर्किएको छु ।

यदि राज्य सञ्चालकहरूले खराब आचरणका व्यक्तिहरूलाई कारबाही नगरी यस्तै औपचारिकतामा सीमित गरिएमा भोलि भयावह स्थिति आउनेछ र परिवारले परिवारको लास हेर्ने शिवाय अरू विकल्प नहोला । राज्यमा नेपाल सरकारले चार महिना (चैत, वैशाख, जेठ र असार)मा स्वास्थ्यकर्मी नर्स, डाक्टर सबैलाई कोरोनासम्बन्धी प्रशिक्षण, पीसीआर र पीसीआर परीक्षणसम्बन्धी तालिम दिनुको साथै नयाँ अस्पतालको भवन बन्दोबस्त गर्नुपथ्र्यो । स्थानीय सरकार र प्रदेश सरकारलाई ध्यानमा राखी स्वयंसेवक तयार गर्नू भनी निर्देशन दिनुका साथै बिना हतियार युद्धभूमिमा खटिएका डाक्टर, नर्स र स्वयंसेवकहरूलाई निर्धकसँग सेवा गर्ने वातावरण बनाउनुपथ्र्यो । बरु यस्तो समयमा सरकारले जनताको स्वास्थ्यभन्दा कर उठाउने वातावरणमा ध्यान केन्द्रित बनाई ५ श्रावण २०७७ मा मन्त्रिपरिषद्को बैठक बसी ६ श्रावणको रातिदेखिलाई हुनेगरी बन्दाबन्दी हटाएको घोषणा गरी पूर्व मेचीदेखि पश्चिमसम्मका संक्रमित हो÷होइन परीक्षण नै नगरी कर तिर्ने चालक अनुमतिपत्र लिने ठाउँ, विदेश जाने वातावरण मिलाउने स्थानमा ठेलमठेल गर्ने कार्यले गर्दा आज १ भदौमा चार महिनायता संक्रमित र मृत संख्या वृद्धि भई यो परिस्थिति आपरेको हो ।

लकडाउन, सटडाउन र निशेधाज्ञा लागू गरेर संक्रमित निर्मूल गर्ने होइन । यसले त मानिसमा अल्छीपन ल्याउने, मानसिक रोगी वृद्धि, आत्माहत्या वृद्धि गर्ने, विलासी जीवन बिताउने, गरिबी उत्पादन गर्ने, हिंसा बढाउने, उद्यमी व्यवसायमा निरुत्साहित बनाउने आदि निम्त्याउनेछ । त्यसकारण राज्यले यो विषयमा विकल्प खोज्न नितान्त आवश्यक भइसकेको छ । विकल्पका रूपमा तत्कालै सामाजिक दूरी कायम गरी उद्योग, व्यवसाय, अफिस, अड्डाअदालत सञ्चालन गर्ने । जसले नियम पालना गर्दैन, त्यस्तोलाई कडा कारबाही गर्ने ।

यसरी कोरोना संक्रमितको महामारी पैmली जीवन निर्वाह गर्न असहज भइरहेको समयमा ६÷७ महिना कुर्सी झगडा गरी जनतालाई दुई तिहाइको दम्भ देखाएर बसेका छन् । जनताले मूल्यांकन गरिरहेका छन् र राज्य सञ्चालकका निम्ति पनि र यो प्रजातन्त्रका निम्ति पनि राम्रो लक्षण होइन । इतिहास दोहोरिन लामो समय नलाग्न सक्छ ।

तपाइको प्रतिक्रिया
(Visited 390 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दैलेखकाे भगवतिमाईमा माओवादीका थापा अध्यक्षमा,उपाध्यक्ष काँग्रेसकी खड्का विजयी