ओलीको भ्याकेटले एमाले एकतामा अन्यौल

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता थप संकटमा परेको छ । सर्वोच्च अदालतको फैसलाले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली गर्दै १० औं महाधिवेशन आयोजक कमिटको ’boutमा अन्तरिम आदेश दिएपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चको सो फैसला बिरुद्ध पुनरावेदनका लागि निबेदन दिएसंगै पार्टी एकतामा संकट देखिएको हो ।

२७ जेठमा सर्वोच्च अदालतले एमाले कर्णाली प्रदेशका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अमरबहादुर थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो । एमालेको १० औं महाधिवेशन आयोजक कमिटीले कारवाही गर्न नसक्ने भन्दै चार सांसदले अदालतमा उजुरी दिएपछि सर्वोच्चले महाधिवेशन आयोजक कमिटीलाई अवैध ठहर गरेको थियो ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासबाट भएको अन्तरिम आदेश बदर गर्न माग गर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतमा सोमबार निबेदन दिएका छन् । निवेदनमा नेकपा एमालेको केन्द्रीय कमिटी नै महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण भएकाले केन्द्रीय कमिटीको अधिकार प्रयोग गर्न बाधा नपर्ने दाबी गरिएको छ ।

पार्टी अध्यक्ष ओली समुह ‘भ्याकेट’मा गएपछि एकता संकटमा परेको बिश्लेषण वरिष्ठ नेता माधवकुमार नेपाल समुहको रहेको छ । अदालतले २ जेठ २०७५ मा एमालेलाई फर्काएपछि पार्टीभित्रको विवाद समाधान गर्दै सोही अनुसार अगाडी बढदा सबैको माग अनुसार नै हुने नेपाल निकटका एक नेताले बताए ।

पार्टी एकताका लागि दुवै समूहका दोस्रो तहका नेताहरूबीच सहमति खोज्ने प्रयास भईरहेको बेला सर्वोच्चको आदेशविरुद्ध पुनरावलोकनका लागि जानुले सहमतिको वातावरण बिथोलिएको वार्तामा सहभागि एक नेताले बताए ।

तर ओली समुहका नेताहरुले भ्याकेटमा गएकै आधारमा सहमतिको वातावरण नबिग्रिने बताउँदै आएका छन् । पार्टी एकताका लागि छलफल चलिरहेको बताउँदै ओली निकट एक नेताले यसले एकतामा कुनै प्रभाव नपार्ने बताए ।

पार्टी एकता ओलीले भाँडे–नेपाल

यसैबीच एमाले वरिष्ठ नेता नेपालले पार्टी एकता अध्यक्ष ओलीले भाँडेको आरोप लगाएका छन् । पार्टी एकताका लागि नेपाल समुहबाट छलफलमा रहेका नेताहरुसंग छलफल गर्दै उनले यस्तो आरोप लगाएका हुन् । ओलीले पार्टी एकता नचाहेको नेपालको विश्लेषण रहेको छ ।

ओली समुहका नेताहरुसंग पार्टी एकताका लागि छलफलमा रहेका नेपाल समुहका नेताहरु सोमबार नेपाल निवास कोटेश्वरमा नेपालसंग छलफल गरेका छन् । सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्यले ओली समुहका नेताहरुले आफूहरुलाई भ्याकेटमा नजाने बताएको व्रिफिङ नेता नेपालसंग गरेका छन् ।

२ जेठ २०७५ मा फर्किन वातावरण बन्दै गएको भए पनि भ्याकेटले एकता बिथोलिएको निष्कर्ष उनीहरुको छ । गत शनिबार ति नेताहरु छलफल गरेका थिए । एकीकरणका लागि सक्रिय नेताहरू समेत अनेपेक्षित रुपमा आएको उक्त निवेदनले आफूहरु चकित पारेको बताएका छन् ।

भ्याकेट निवेदनमा नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई मान्यता दिन भनिएको छ । जुन २ जेठ २०७५ मा फर्किनुपर्ने नेपाल समुहको माग र ३ जेठ पूर्व फर्किने ओलीको आफ्नै प्रस्ताव विपरीत हो । एमाले उपाध्यक्ष वामदेव गौतमले समेत २ जेठको स्थायी कमिटी बैठक बसेर पार्टीभित्रको समस्या समाधान गर्न सुझाव दिदै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ललितपुरमा कांग्रेसबाट धोका भएको माओवादी केन्द्रको निष्कर्ष