गीताञ्जली श्रीः बुकर पुरस्कार जित्ने पहिलो भारतीय


नयाँ दिल्ली । गीताञ्जली श्री अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्ने पहिलो भारतीय लेखिका बनेकी छन् । उनको उपन्यास टम्ब अफ स्यान्ड भारतको विभाजनको छायाँमा लेखिएको हो । पुस्तकमा एक ८० वर्षीय बृद्धाले आफ्नो पतिको मृत्युपछि पछ्याएको पारिवारिक गाथालाई समेटिएको छ ।

५० हजार पाउन्ड धनराशी पुरस्कारका लागि छनोट भएको यो पहिलो हिन्दी भाषाको पुस्तक हो । ‘मैले कहिल्यै बुकरको सपना देखेकी थिइनँ । म चकित, हर्षित, सम्मानित र नम्र महशुस गरेकी छु ’, पुरस्किृत भएपछि उनले भनिन् ।

पुरस्कारको रकम गीताञ्जली र पुस्तकको अनुवादक अमेरिकास्थित डेजी रकवेलबीच बाँडिनेछ । उत्तर प्रदेश राज्यको मैनपुरी सहरमा जन्मेकी ६४ वर्षीय गीताञ्जलीले तीन ओटा उपन्यास लेखेकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 362 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजनीतिक नेतृत्वले जोखिम मोल्ने समय आयो: अर्थमन्त्री पुन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सत्ता गठबन्धनमा बागी उम्मेदवारको लर्को