मोडलिङबाट फिल्म अभिनयमा प्रतिशाको फड्को

काठमाडाैं । यसअघि विभिन्न म्युजिक भिडियो र -याम्प फेसन सोमा काम गर्दै आएकी प्रतिशा रिजाल पछिल्लो समय मह सञ्चारको ब्यानरसँग नजिक भएकी छन् । पछिल्लो ६ महिनामा उनी वेभ सिरिज र फिल्ममा व्यस्त हुन थालेकी छन् ।

मह सञ्चारको टिमसँग प्रतिशाले अभिनय गरेको लघु फिल्म ‘अनुष्का’ हालै मात्र रिलिज भएको थियो । जसमा उनी अग्रज हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठको छोरीको भूमिकामा थिइन् ।

यो फिल्म रिलिज भएपछि आपूmले निकै राम्रो प्रशंसा पाएको उनले बताइन्, ‘यसअघि म्युजिक भिडियोमा काम गर्दा अभिनयसँगै लिपसिंगमा ध्यान दिने गरेका थिएँ । तर, यसपटक अनुष्कामा काम गर्दा आफ्नो चरित्रमाथि कसरी न्याय गर्ने भन्ने’bout धेरै कुरा सिक्ने अवसर पाएँ ।’

उनले अभिनय गरेको अर्को वेभ सिरिज ‘तीज इज डिभोर्स’ दुई दिनअघि मात्र रिलिज भएको छ । जसमा उनले घरेलु हिंसाबाट पीडित पत्नीको भूमिका निर्वाह गरेकी छन् । यो भूमिकामा पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएको प्रतिशाको कथन छ ।

यसरी अनुष्का रिलिज भएपछि अभिनेत्री प्रतिशाले वेभ रिलिज, चलचित्र तथा लघु चलचित्रमा लगातार काम पाइरहेकी छन् । आफ्नो अभिनय करिअरमाथि उठाउन वरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको ठूलो देन रहेको यी अभिनेत्रीले बताएकी छन् ।

उनको अभिनय दर्शकले रुचाएपछि मह जोडीले नै प्रतिशालाई कन्सल्टेन्सीको ठगीसम्बन्धी अर्को वेभ सिरिजमा मुख्य भूमिकामा उतारेका छन् । चाँडै प्रसारण हुने यो वेभ रिलिजप्रति पनि आफू निकै आशावादी रहेको अभिनेत्री प्रतिशाले बताइन् ।

हुन पनि अनुष्कापछि उनले यो तीन महिनामा उनले वेभ सिरिज, चलचित्र र सर्ट फिल्ममा काम गरिसकेकी छन् । चाँडै प्रसारण हुने अर्को उनको महत्वपूर्ण वेभ सिरिज हो ‘सरकारको सर ।’ ६ भागसम्म खिचिएको यो वेभ सिरिजमा प्रतिशासँगै रविन्द्र झा, दीपक आचार्य, सीपी पुडासैनी (धतुरेबा) लगायतको कलाकारको मुख्य भूमिका रहेको छ । यो सिलिजमा आफूले धतुरेबाको श्रीमती भएर काम गरेको उनले बताइन् । आफूहरूले यो सिरिजबाट खाने पानीको महत्व र सदुपयोग’bout सन्देश दिने खोजेको उनको कथन छ ।

यस्तै, प्रतिशाले अभिनय गरेको अर्को चलचित्र ‘निरमाया’ चाँडै रिलिज हुँदै छ । जातीय विभेदसम्बन्धी रमेश कोइरालाको निर्देशनमा तयार भएको यो फिल्ममा मुख्य चरित्रमा प्रतिशाले काम गरेकी छन् । यो फिल्मले पनि आफूलाई अभियनमा अझ स्थापित गर्ने विश्वास उनको छ ।

तपाइको प्रतिक्रिया
(Visited 656 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बैतडीका ५ पत्रकार चुनाव लड्दै, महासंघका निवर्तमान अध्यक्ष वडा सदस्यमा