आलु महोत्सवको औचित्य

पोखराको हेमजामा अब एक सातासम्म आलु’bout व्यापक चर्चा हुने भएको छ । आलुका अतिरिक्त बन्दा, काउली गोलभेडा, खुर्सानीलगायत तरकारीमा प्रयोग हुने वस्तुको बृहत् प्रदर्शनीले किसान उत्साहित छन् । स्थानीयले बनाएको ‘आलुको पहाड’ आगन्तुकका लागि पनि आकर्षणको केन्द्र बनेको छ । कृषिप्रधान मुलुकमा पछिल्लो समय खेतीयोग्य जमिन बाँझिँदै गएका बेला हेमजाको आलु महोत्सव आमकिसानका लागि एउटा प्रेरणा पनि हो । उत्कृष्ट आलु उत्पादन हुने यस क्षेत्रमा यसरी महोत्सव गरिँदा किसानको आय आर्जन मात्रै बढेको छैन किसानले आत्मसम्मान बढेको पनि महसुस गरेका छन् ।

‘सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं आलु एक परिकार अनेक’ भन्ने नारासहित सुरु भएको आलु महोत्सव यसकारण पनि महत्वपूर्ण छ । जहाँ किसान ‘सेलीब्रेटी’का रूपमा प्रस्तुत हुने अवसर पाउँछन् । किसान माटोमा श्रम र पसिना बगाएर मुलुककै अर्थतन्त्रमा योगदान गरेका पात्र भए पनि नेपाली समाजले उनीहरूलाई दिनुपर्ने जति प्रतिष्ठा दिएको छैन । अब केही दिनकै लागि भए पनि हेमजाका किसानका कुरा आममान्छेले सुन्नेछन् । पोखराको उत्तरी क्षेत्रमा रहेको हेमजा गाउँ आलु गाउँका रूपमा परिचित छ । १२ हजार ५ सय हेक्टरमध्ये ५ सय ९० हेक्टरमा आलु खेती हुन्छ । ५ सय बढी किसानले व्यावसायिक कृषि पेसा अंगालेका छन् । जसले कृषिलाई नै मुख्य पेसा बनाएका छन् उनीहरूलाई यस किसिमको महोत्सवले उत्साहित बनाउँछ नै कृषि पेसा नअपनाएका तर केही गरौं भन्ने सोचमा रहेका युवापुस्तालाई पनि प्रेरणा दिन्छ । २०६८ सालमा सुरु भएको महोत्सव कोरोना कालमा रोकिए पनि फेरि सुरु भएको छ । स्थानीय क्लब र किसान स्वयंको पहलमा सुरु भएको यो महोत्सवको निरन्तरता यसकारण पनि महत्वपूर्ण छ महोत्सवमा केबल सामान किनबेच मात्रै गरिँदैन । किसानलाई मल, बीउ, उत्पादन, बजारीकरणलगायतका विषयमा जानकारी दिइने यो महोत्सवमा माटो परीक्षणसमेतको व्यवस्था गरिएको छ ।

आर्थिक चहल पहल बढाउन पनि विभिन्न जिल्लामा महोत्सव आयोजना गर्ने चलन बढेको छ अचेल । हेमजामा सुरु भएको ‘आलु महोत्सव’ विभिन्न जिल्लामा भइरहेका जस्तै एउटा महोत्सव हो । यहाँ पनि उत्पादित वस्तु प्रदर्शनसँगै विभिन्न कलाकारले हरेक दिन प्रस्तुति दिएर कार्यक्रमलाई आकर्षक बनाउनेछन् । यो महोत्सवमा उद्यमी किसानको सहभागिता अत्यधिक भएकाले आयोजकले कलाकारको प्रस्तुतिसँगै सफल किसानका सफलता र संघर्षका कथा सुनाउने कार्यक्रम पनि राख्ने हो भने महोत्सवको गरिमा अझै बढेर जानेछ । सफल किसानका सुखका कथा र संघर्षरत किसानका प्रेरणादायी अभिव्यक्ति सुनेर युवापुस्ता आधुनिक खेती किसानीप्रति आकर्षित भए भने ‘आलु महोत्सव’को सान्दर्भिकता अझै उँचो हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 98 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रिन्टिङ मेसिन थन्किदा अन्तःशुल्क स्टिकर छपाइमा बिचौलियाको बोलवाला

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा नेपाली कांग्रेस बन्यो पहिलो शक्ति