‘रुसमा बिद्रोह अन्त्य त भयो तर अवस्था सहज छैन्’

वासिंगटन । रुसी ‘सैन्य बिद्रोह’लाई लिएर अमेरिकाले मुख खोलेको छ।   अमेरिकी विदेश मन्त्रालयले सोमबार रुसमा जारी विद्रोहको ’boutमा आफनो प्रतिक्रिया दिएको हो । 

अमेरिकी विदेश विभागका प्रवक्ता मैथ्यू मिलरले रुसी राष्ट्रपति पुटिनको नेतृत्वलाई प्रत्यक्ष चुनौती दिएको देख्नु पक्कै पनि नयाँ कुरा भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । सागै, अमेरिकाले वाग्नर समूहका प्रमुख येभजेनी प्रिगोजिनको अवस्था’bout आफूलाई कुनै जानकारी नभएको पनि बताएका छन् ।

राज्य विभागका प्रवक्ता म्याथ्यू मिलरले युक्रेन र वाग्नर समूहको ’boutमा पत्रकारहरूसँग कुरा गर्ने क्रममा उनले सो कुरा जानकारी दिएका हुन । उनले रुसी राष्ट्रपति पुटिनको नेतृत्वलाई प्रत्यक्ष चुनौती दिएको देख्नु पक्कै पनि नयाँ कुरा भएको बताए । यति मात्र होइन, आफ्नै येभजेनी प्रिगोजिनले रुस–युक्रेन युद्धको औचित्यमाथि सीधै प्रश्न उठाएको देख्नु पनि नौलो कुरा लागेको उनले बताएका छन् ।

मिलरले भने कि, ‘हामीले पहिले नै उनको झूटको ’boutमा कुरा गरिसकेका छौं। यद्यपी रुसी अधिकारीहरूले यस’boutमा केही भनेका छैनन् । उनले रुसमा विद्रोहको अन्त्य भइसकेको तर अवस्था ठिक नभएको बताए ।

रुसमा डेढ दिनदेखि चलेको विद्रोहको अन्त्य रहस्यमयी तरिकाले भएको थियो, जुन विद्रोह रुसको निजी सेना वाग्नरले गरेको थियो । वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले आफ्ना सेनाहरूलाई मस्कोतर्फको मार्च रोक्न र युक्रेनमा रहेको आफ्नो फिल्ड क्याम्पहरूमा फर्कन आदेश दिएर बेलारुसतर्फ गईसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 163 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचन महत्वपूर्ण चरणमा