गत साता नेप्सेमा देखियो सकारात्मक माहोल

काकाठमाडौं । सेयर बजारमा गतसाता सुधार देखिएको छ । विगत केही साताको कारोबारमा समग्रमा गिरावट भोगेको नेप्से सूचकले गत साता भने सुधार हुँदै पुनः २००० को मनोवैज्ञानिक विन्दुमाथि उक्लिएको हो । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनि भएयता निरन्तरजसो घट्दै आएको सेयर बजारले यस साता केही सम्हालिने संकेत देखाएको छ ।

विशेषगरी अर्थ मन्त्रालयले स्थानीय निकायको सञ्चित कोषमा रहेको ६० प्रतिशत रकम बैंकहरुले निक्षेपमा गणना गर्न पाउने सुविधा दिएपछि तरलता सहज हुने र ब्याजदर पनि केही घट्न सक्ने लगानीकर्ता अनुमान गरेका छन् । यस सुविधाबाट बैंकहरुमा झन्डै ६० अर्ब रुपैयाँ निक्षेप थपिने अनुमान गरिएको छ । 

अर्कोतर्फ, सेयर बजारमा लाभांशको सिजन पनि सुरु भएको छ । हालसम्म ४ वटा सूचीकृत बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट लाभाश घोषणा गरिसकेका छन् । यी कारणहरुले सेयर बजारमा विस्तारै सकारात्मक माहोल ल्याउन सक्ने लगानीकर्ताले आशा गरेका छन् । यता, निरन्तरजसो बजार घट्दा सूचीकृत कम्पनीहरुको भाउ निकै सस्तो भइसकेको छ । 

सस्तो बजारमा खरिदकर्ताहरु उत्साहित हुनसक्ने र बजार चलायमान बन्न सक्ने अनुमान गरिएको छ । अहिले सेयर खरिद गर्नेहरुका लागि छोटो समयमै लाभांश हात पर्ने मौका रहेको छ । यी कारणहरुले गर्दा बजार केही सम्हालिनसक्ने लगानीकर्ताहरुले आशा गरेका छन् । विगतका वर्षहरुलाई हेर्ने हो भने पनि लाभांशको सिजनामा सेयर बजार केही सुधार भएको देखिन्छ ।

नेप्से सूचक यस साता ३.८६ प्रतिशतले बढेर २००७.०६ विन्दुमा बन्द भएको छ । अघिल्लो साता भने नेप्से सूचक १९३२.४५ विन्दुमा बन्द भएको थियो । बुधबार १ अर्ब ४९ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ भने बजार पुँजीकरण ३० खर्ब रुपैयाँ भन्दा बढी कायम भएको छ ।

सोमबार साताकै उच्च १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो भने आइतबार साताकै न्यून १ अर्ब ७ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । यस साता औसतमा दैनिक १ अर्ब ३० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

यस साता सूचीकृत सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी ट्रेडिङ समूह ६.६५प्रतिशतले बढेको छ । त्यसपछि, फाइनान्स समूह ५.९७ प्रतिशत र होटल तथा पर्यटन समूह ५.६४ प्रतिशतले बढेको छ ।

गत साता शुभम् पावर सबैभन्दा धेरै २९.६७ प्रतिशतले बढेको छ । त्यसपछि, मेन्छेयाम हाइड्रोपावर २९.६४प्रतिशत  र वरुण हाइड्रोपावरको भाउ १८.७४प्रतिशतले बढेको छ ।

हिमाल दोलखा हाइड्रोपावरको भाउमा साताकै उच्च ४.१४प्रतिशत गिरावट आएको छ । त्यसपछि, सपोर्ट लघुवित्तको भाउ ३.८७प्रतिशत  घटेको छ ।

यस साता कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा आएको छ । यसको २१ करोड ९ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

त्यसपछि, एभरेष्ट बैंकको १९ कारोड ७७ लाख रुपैयाँ र सोल्टी होटल्सको १८ करोड ४१ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 135 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्धक्क भएर मतदान गर्नुस् : प्रधानमन्त्री