एकीकरणका लागि नाम परिवर्तन गर्न माओवादी तयार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) विभिन्न कम्युनिस्ट पार्टीसँग पार्टी एकताका लागि आफ्नो नाम परिवर्तन गर्न तयार भएको छ । नेकपालाई परिवर्तन नगरी पुच्छारमा रहेको ‘माओवादी केन्द्र’ हटाउन सो पार्टी तयार भएको हो ।

माओवादी केन्द्रले अगाडिको नेकपा राख्दै अन्य कम्युनिस्ट पार्टीसँग एकताका लागि पुच्छारमा रहेको ‘माओवादी केन्द्र’ हटाउने’bout पार्टीभित्र छलफल थालेको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा राख्दै पुच्छारमा रहेको ‘माओवादी केन्द्र’ हटाएर भए पनि अन्य कम्युनिस्ट पार्टीसँग एकता गर्न सकिन्छ भन्ने’bout पार्टीभित्र छलफल भइरहेको बताए ।

‘विभिन्न पार्टीसँग एकीकरण’bout कुराकानी भइरहेको छ । ती छलफल सकारात्मक रहेका छन् । छिट्टै नै केही कम्युनिस्ट पार्टीसँग एकता हुन सक्छ,’ महासचिव गुरुङले राजधानीसँग भने, ‘हामीले व्भििन्न समयमा नेकपा राख्दै कहिल्यै मसाल त कहिले एकिकृत माओवादी राख्दै फेर्दै अहिले माओवादी केन्द्र राखेको छौं । नेकपा राख्दै पुच्छारमा रहेको माओवादी केन्द्र हटाएर केही कम्युनिस्ट पार्टीसँग एकता गर्न सकिन्छ कि भन्ने’bout छलफल भइरहेको छ ।’

माओवादी केन्द्रको अहिले तीन महिने अभियान चलिरहेको छ । सो अभियान सकिए पछि मंसिरमा विधान महाधिवेशन र त्यसपछि विचार केन्द्रित विशेष महाधिवेशन गर्ने यसअघि नै निर्णय भइसकेको छ । गत १७ देखि २१ साउनसम्म काठमाडौंमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले यस सम्बन्धमा निर्णय गरिसकेको छ । सोही निर्णयका आधारमा पार्टी एकताका लागि विभिन्न चरणमा विभिन्न पार्टीसँग छलफल पनि बैठक अघि र पछि भएको महसचिव गुरुङले बताए ।

माधव नेपाल, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द ‘विप्लव’सहितका कम्युनिस्ट पार्टीहरूबिच पार्टी एकीकरणका लागि नेकपा राख्दै पुच्छारमा रहेको माओवादी केन्द्र हटाउन पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरू तयार

माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पार्टी एकता’bout वार्ता गर्ने समिति समेत सोही बैठकबाट बनेको थियो । त्यसअघि पदाधिकारी बैठकले दिएको जिम्मेवारीअनुसार पार्टी एकीकरणका लागि महराले नै संयोजन गरिरहेका थिए । माओवादी केन्द्र समेत सहभागी भएको समाजवादी मोर्चा पार्टीबाट महराले नै समन्वयकारी भूमिका निर्वाह गर्दै आएका छन् ।

तीनमहिने विशेष अभियान जारी रहेकै बेला गत २५ भदौमा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक बसेको थियो । सो बैठकले समेत छलफलमा रहेका अन्य पार्टीसँगको एकीकरणलाई सफल पार्नका लागि नेकपा पछाडि कोष्ठमा रहेको (माओवादी केन्द्र)’bout आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय लिन सकिने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरी तल्ला कमिटीमा पठाएको एक सर्कुलरसमेत माओवादी केन्द्रले यस विषयमा स्पष्ट उल्लेख गरेको छ ।

‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिस्ट घटकसँग पार्टी एकताको विषयमा गम्भीर ढंगले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउन नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्र’bout आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ’ जारी सर्कुलरमा माओवादी केन्द्रले उल्लेख गरेको छ ।

पार्टीद्वारा जारी रूपान्तरणको तीनमहिने अभियानमा रहेको माओवादी केन्द्रले यसलाई तल्ला कमिटीमा पनि छलफल गर्दै तल्लो तहका नेता कार्यकर्ताको समेत भावना बुभ्mन खोजेको छ । सबै नेता कार्यकर्ताबाट पार्टीको नाम परिवर्तन गरी अन्य पार्टीसँगको एकतालाई सफल बनाउन यस्तो सर्कुलर जारी गरिएको हो ।

माओवादी केन्द्रले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पार्टी एकताका लागि विभिन्न चरणमा छलफल गरिसकेको छ । नेसपा र नेकपा दुवैको विभिन्न सर्तमध्ये पुच्छारमा रहेको ‘माओवादी केन्द्र’ हटाउनुपर्ने पनि रहेको छ ।

यस्तै, समाजवादी मोर्चामा रहेका नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा)सँग समेत पार्टी एकताका लागि छलफल भएको थियो । एकीकृत समाजवादी र जसपाबिच समेत छुट्टाछुट्टै पार्टी एकताका लागि छलफल भएको थियो । उता माओवादी केन्द्र र जसपाबिच समेत एकीकरण’bout छलफल भएको थियो । यद्यपि, छलफल भए पनि कुनै पार्टीबिच एकीकरण हुन नसकी समाजवादी मोर्चा नामको गठबन्धन निर्माण भयो ।

अहिले आएर यही पार्टीबिच पुन एकीकरणको बहस सुरु भएको छ । जसपा कम्युनिस्ट शब्द राख्दा एकीकरण नगर्ने सर्त राख्दै आएको छ । जसपाबाहेक माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, डा. बाबुराम भट्टराई र विप्लवबिच एकीकरण गर्न माओवादी केन्द्रले पुच्छारको माओवादी केन्द्र हटाउने’bout छलफल थालेको हो ।

एकीकृत समाजवादी र जसपाको वार्ता समितिबिच दुवै पार्टीले एकले अर्काको दस्ताबेजसमेत अदानप्रदान गर्दै अध्ययन गरेका थिए । अन्य पार्टीबिच छलफल भएको थियो । तर, कुनै पार्टीबिच एकीकरण गर्ने भन्ने अन्तिम टुंगो लाग्न नसकेका बेला फेरि एकीकरणको बहस सुरु भएको छ ।

पार्टी एकतालाई निष्कर्षमा पु¥याउनकै लागि प्रचण्डले एकतासम्बन्धी वार्ताको जिम्मेवारी दिएका महराले यसबिच डा. भट्टराई र विप्लवसँग वार्तासमेत गरिसकेको माओवादी स्रोतले जनाएको छ ।

माओवादी केन्द्रबिच प्रचण्डले विप्लवलाई पार्टी एकतापछि महासचिव दिन सक्ने विश्लेषण भइरहेका बेला यस अघि महासचिवका दावेदार रहेका उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले बाबुरामलाई समेत पार्टी एकता गर्नुपर्नेमा प्रचण्डलाई दबाब दिँदै आएका छन् ।

विप्लवलाई पार्टी महासचिव दिने तयारी प्रचण्ड र महराले गरेपछि पार्टीभित्रै पुन र शर्माले बाबुरामसँग समेत एकता गर्नुपर्ने भन्दै बहस छेडेका छन् । हुन त पुन र शर्माको माओवादीभित्र छुट्टाछुट्टै शक्तिशाली उपगुट रहेको छ । उनीहरूले छुट्टाछुट्टै गुट सञ्चालन गर्दै आएको भए पनि बाबुरामलाई भिœयाउने विषयमा एकजुट भएको देखिन्छ । पुन शर्मालाई यस विषयमा अर्का उपमहासचिव शक्ति बस्नेतले समेत साथ दिँदै आएको माओवादी स्रोतको दाबी छ ।

अर्कातर्फ विप्लवको जति चर्चा छ त्यहीअनुसार पार्टी संगठनसमेत नभएको निष्कर्ष पुन र शर्माको छ । विप्लवलाई महासचिव बन्नबाट रोक्ने सहमत भएका पुन र शर्माले बाबुरामलाई भिœयाएर आफ्नो शक्ति थप बढाउँदै अघि बढ्ने रणनीतिमा रहेका छन् ।

पुन र शर्माले अध्यक्षमा प्रचण्डको विकल्प नसोचेको तर महासचिव नै विप्लवलाई स्वीकार्न नसकिने आफूनिकट नेतासँग बताउँदै आएका छन् । शर्मा निकट एक नेताका अनुसार विप्लवलाई कुनै पनि हालतमा महासचिव स्वीकार गर्न नसकिने निकर्षमा उनीहरू अडिग छन् । बरू विशेष महाधिवेशनमा मिलेर प्रतिस्पर्धाबाटै विप्लवलाई पराजित गर्नेसम्मको आन्तरिक सहमति पुन र शर्माले गरेका छन् ।

‘हिजोका दिनमा विप्लवले छोडेर जाँदा प्रचण्डको रक्षा गर्ने त वर्षमान र जनार्दन नै हुन् । उहाँहरूले त प्रचण्ड, वर्षमानलाई मार्न बम हानेकै हुन् । अनि, कसरी अहिले नै महासचिव स्वीकार्न सकिन्छ विप्लवलाई ?’ माओवादीका एक केन्द्रीय सदस्यले भने ।

ती नेताका अनुसार पुन र शर्मामध्ये पुन उपाध्यक्ष हुने र शर्मालाई महासचिव बनाउन दुवै नेता तयार भएका छन् । २०५५ भदौको चौथो बिस्तारित बैठकबाट पुन माओवादीको केन्द्रीय सदस्य भएका थिए । शर्मा २०५६ सालमा केन्द्रीय सदस्य भए । माओवादीमा विप्लवभन्दा पुन सिनियर नेता भएको बताइन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 389 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

वेस्ट इन्डिज ए सँग नेपाल १० रनले पराजित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चन्द्रपुर नगरपालिकाको नगर प्रमुखमा कांग्रेसका काफ्ले र उप प्रमुखमा चौधरी बिजयी