एमाले रौतहट अधिवेशन, मतदान जारी

रौतहट २९ माघ । नेकपा एमाले रौतहटको १० औं जिल्ला अधिवेशनमा जिल्ला अध्यक्ष लगायतका पदको लागि चुनावी प्रक्रियाअन्तर्गत मतदान जारी छ। अन्तिम प्रयास गर्दासम्म सहमति नभएपछि जिल्लाको मध्यभाग गरुडा स्थित तुलसीलाल स्मृति भवनमा सोमबार बिहान साढे ९ बजेदेखि मतदान सुरु भएको हो।

जिल्ला अध्यक्ष पदको लागि अखिलेश्वर चौधरी, सचिवानन्द साह उमेदवार रहेका छन्। उपाध्यक्ष पदका लागि चन्दन कुशवाहा,रुपेश कुमार पटेल, सुरेश कुमार राय यादव, मणिलाल सहनी लगायत ६ जना उम्मेदवार रहेका छन्।

त्यसैगरी  जिल्ला सचिव पदमा बाबुराम दाहाल, शिवप्रसाद आचार्य उमेदवार रहेका छन्। यस अघि महिला उपसचिवमा मुन्ना लामिछाने, लेखा आयोगको अध्यक्षमा पवन पटेल, उपाध्यक्षमा रमेश तिमल्सिना लगायत सदस्यहरू सर्वसहमतिमा चुनिएका छन्।

अहिले भईरहेको निर्वाचनमा ४२६ जना मतदाता रहेको निर्वाचन मण्डलका सदस्य बालाबिक्रम कार्कीले बताएका छन। आजै बिलुकीसम्म मतगणना सकेपछि परिणाम आउने अनुमान गरिएको छ।  गत २५ गते नेकपा एमाले रौतहटको दशौं जिल्ला अधिवेसनको उदघाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सन्दीपको मुद्धा 'हेर्न नमिल्ने' मा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जित सुनिश्चित भएपछि बालेनले भने : हाम्रो अभियानको वास्तविक परीक्षा अब सुरु हुनेछ