इन्टरनेटको संसारमा लापरबाही !

बेलाबेलामा इन्टरनेट अवरुद्ध हुन्छ । यसले मानिसको जीवन नै डामाडोल पारिदिन्छ । मानिसको जीवन इन्टरनेट बनिसकेको छ । मानिसको ‘रियल लाइफ’ एकातिर र ‘भर्चुअल लाइफ’ अर्कोतिर छ । इन्टरनेट अवरुद्ध भयो कि त जीवन अवरुद्ध भइहाल्छ ।

गत साता वल्र्डलिंक, सुबिसु, भायनेट आदि इनटरनेट सेवा अवरुद्ध हुँदा सेवा प्रदायक मात्र होइन, सेवाग्राही झन् चर्को मारमा परे । पछि यसको समस्या समाधान भयो । इन्टरनेट सेवा पुनस्र्थापित भएपछि मानिसको जीवन पुनः पलायो । इन्टरनेट सेवा सुचारु भएको सूचना पृथ्वीमा फेरि मानिसको जीवन सम्भव भयो भने जत्तिकै जीवन्त समाचारका रूपमा आयो । तर, इन्टरनेट सेवा प्रदायकले वास्तविक सूचनाबाट सेवाग्राहीलाई गुमराहमा राखेका छन् । यो समस्या दीर्घकालीन हो कि अल्पकालीन ? हाल हल भएको समस्या दीर्घकालीन रूपमा हल भयो वा अल्पकालीन ? यो दीर्घजीवी हल हो कि अल्पजीवी ? सेवाग्राहीबाट पैसा असुल गर्ने तर आफूले तिर्नुपर्ने ठाउँमा नतिर्ने समस्याका कारण सेवाग्राहीले यस्तो समस्या भोग्नुपरेको थियो । भारतीय ब्यान्डविथ विक्रेतालाई नेपालका आईएसपीहरूले शुल्क नबुझाएका कारण यो समस्या बल्झिएको थियो । इन्टरनेट सेवा प्रभावित सबै आईएसपीहरूले रोकिएको भुक्तानी दिने भन्दै प्रतिबद्धता जनाएपछि पुनः सेवा सुचारु भयो ।

कुरा यतिसम्म गहिरिएको थियो कि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गरी नियमानुसार शुल्क तथा रोयल्टी बुझाउन र इन्टरनेटजस्तो अत्यावश्यक सेवा अवरुद्ध नगर्न सेवा प्रदायकलाई पत्र प्रेषित गर्नुपरेको थियो । नेपालमा चलिरहेका ब्यान्डविथ सेवा प्रदायकले एयरटेल, टाटा, रिलायन्सलगायत कम्पनीबाट ब्यान्डविथ आयात गरी नेपालमा इन्टरनेट सेवा उपलब्ध गराउँदै आएका छन् ।

सरकार र इन्टरनेट सेवा प्रदायकबीचको यही विवादका कारण अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रदायकले भुक्तानी पाएका छैनन् । नेपालका इन्टरनेट सेवा प्रदायकहरूले भारतको एयरटेलबाट लिएको ब्यान्डविथको एक वर्षदेखि पैसा तिर्न नपाएकाले उसले ताकेता गरिरहेको र जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुनसक्ने बताउँदै आएको थियो । यसमा नेपाल सरकार यो समस्या हल गर्नका लागि चनाखो देखिनुपर्छ ।

अबका दिन इन्टरनेटका दिन हुन् । त्यसैले कुवाको भ्यागुता भएर होइन, संसार विचरण गरेर जीवन जिउन सबै बानी परिसकेका छन् । यसका ’boutमा सरकार झन् सतर्क हुनुपर्छ । यस समस्याको गाँठो दीर्घकालीन समस्या समाधानसहित फुकाउन सक्नुपर्छ ।
(पत्रपत्रिका तथा एजेन्सीको सहयोगमा)

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तुलसीपुरमा गठबन्धनलाई हराउदै एमाले उम्मेदवार निर्वाचित